Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एथरको क्यासब्याक अफर

एथरको क्यासब्याक अफर

Share:WhatsAppFacebookX (Twitter)Telegram
एथरको क्यासब्याक अफर

काठमाडौं । एथर स्कुटरको आधिकारिक बिक्रेता वैद्य इनर्जी प्रालिले विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ घोषणा गरेको छ । कम्पनीले कात्तिक १५ देखि २२ गतेसम्म देशभर सञ्चालन हुने उक्त अभियानअन्तर्गत एथरका नयाँ विद्युतीय स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक उपलब्ध गराउने जनाएको छ । अभियानमार्फत ग्राहकले आफ्नो पुरानो सवारी साधनबाट आधुनिक विद्युतीय स्कुटरमा अपग्रेड गर्ने अवसर पाउनेछन् । चाडपर्वको उल्लासलाई निरन्तरता दिँदै आयोजना गरिने फेस्टिभलले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । एथरले आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र आरामदायी यात्रालाई प्राथमिकता दिँदै स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका स्कुटरमा गुगल म्याप्स नेभिगेसन, टचस्क्रिन ड्यासबोर्ड, क्रुज कन्ट्रोल तथा म्याजिक ट्विस्ट जस्ता सुविधा रहेका छन् भने ब्याट्रीमा आठ वर्षसम्मको वारेन्टी उपलब्ध हुने बताइएको छ । कम्पनीका अनुसार एथर अपग्रेड फेस्टिभल देशभरका सहभागी एथर एक्सपिरियन्स सेन्टरहरूमा सञ्चालन हुनेछ । काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रमुख सहरमा रहेका सेन्टरमार्फत ग्राहकले स्कुटरका मोडल, प्रविधि तथा उपलब्ध अफरबारे जानकारी लिन सक्नेछन् । नक्साल, भक्तपुर, टेकु, झम्सिखेल, बौद्ध, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगञ्ज, धरान, विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढीमा रहेका एथर एक्सपिरियन्स सेन्टरहरूमा अभियान सञ्चालन हुने बताइएको छ । ग्राहकले आफ्नो नजिकको एथर एक्सपिरियन्स सेन्टरमा पुगेर उपलब्ध मोडल तथा आफूले प्राप्त गर्नसक्ने क्यासब्याक सुविधाबारे जानकारी लिन सक्नेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
ताजा खबरJust now

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ । चालु आव २०८३/८४ का... ...

रातोपाटी
दुई पार्टीबिच कडा प्रतिस्पर्धा
ताजा खबरJust now

दुई पार्टीबिच कडा प्रतिस्पर्धा

अमेरिका, कात्तिक १५ गते । आउँदो मङ्गलबार अर्थात् नोभेम्बर ३ मा अमेरिकामा तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ र माथिल्लो सदन सिनेटको मध्यावधि निर्वाचन हुँदै छ । राष्ट्रपति निर्वाचनको... ...

गोरखापत्र
अर्नब चक्रवातको प्रभाव कमजोर, आज कस्तो होला देशभरको मौसम?
ताजा खबरJust now

अर्नब चक्रवातको प्रभाव कमजोर, आज कस्तो होला देशभरको मौसम?

अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको मौसम पूर्वाचनुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै छ। हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play