Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा लिन विश्व समुदायसमक्ष आग्रह गरेकी छन् । चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको अवस्था दर्शाएको उनको सचिवालयले जनाएको छ । पूर्वराष्ट्रपति भण्डारीले विश्वव्यापी शासन जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिएको प्रसङ्ग उल्लेख गर्दै हिमालय क्षेत्रीय जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग जोडिएको साझा प्राकृतिक सम्पदा रहेको बताइन् । ‘यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न आवश्यक छ,’ उनले भनिन् । उनले संयुक्त राष्ट्रसङ्घीय तथा अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूको दीर्घकालीन र भरपर्दो सहयोग सुनिश्चित गर्दै जलवायु जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तरराष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिइन् । ‘नेपाल यस्तो विश्वव्यवस्थाको पक्षमा छ, जहाँ शक्ति होइन अन्तरराष्ट्रिय कानुनले सम्बन्धलाई निर्देशित गरोस्, सबै राष्ट्रको आवाजको सम्मान होस्,’ उनले भनिन्, ‘कमजोर तथा जोखिममा रहेका मुलुकका सरोकारले उचित स्थान पाउन् यसका लागि संयुक्त राष्ट्रसङ्घलाई समकालीन विश्वको विविधता र आकाङ्क्षा प्रतिविम्बित गर्ने प्रभावकारी संस्थाका रूपमा सुदृढ बनाउनु आवश्यक छ ।’ शान्ति र विकास एकअर्काका परिपूरक भएको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले गरिबी र भोकमरीको अन्त्य, मानव कल्याणको प्रवर्द्धन तथा हतियारको होडमा खर्च हुने स्रोतसाधनलाई विकासमा परिचालन गर्नु अन्तरराष्ट्रिय समुदायको साझा दायित्व भएको पनि स्पष्ट पारिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
ताजा खबरJust now

बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने

काठमाडौं । बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले... ...

सिंहदरबार न्युज
चीनमा विद्याको सम्बोधन : मतभेदको समाधान हतियारबाट नभई वार्ता र कूटनीतिमार्फत हुनुपर्छ (पूर्णपाठ)
ताजा खबरJust now

चीनमा विद्याको सम्बोधन : मतभेदको समाधान हतियारबाट नभई वार्ता र कूटनीतिमार्फत हुनुपर्छ (पूर्णपाठ)

काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारीले विश्वव्यापी शासन प्रणाली (ग्लोबल गभर्नेन्स) लाई निष्पक्ष, समावेशी र प्रभावकारी बनाउन सबै राष्ट्रको समान सहभागिता तथा निर्णयहरू जनकेन्द्रित हुनुपर्नेमा जोड... ...

रातोपाटी
मन्त्री पुनद्वारा फापरखेतको पहिरोको स्थलगत निरिक्षण
ताजा खबरJust now

मन्त्री पुनद्वारा फापरखेतको पहिरोको स्थलगत निरिक्षण

म्याग्दी । पश्चिम म्याग्दीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग बेनी-दरबाङ सडकको फापरखेत पहिरो समस्या अझै चुनौतीपूर्ण बनेको छ । वर्षा र हिउँद दुवै समयमा पहिरो खस्ने क्रम नरोकिएपछि यात्रु तथा सवारीसाधनले भोग्दै आएको सास्ती अन्त्य गर्न विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले स्थायी समाधानको पहल तीव्र बनाउनुभएको छ । मन्त्री पुनले शनिबार पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै भइरहेको कार्य, प्राविधिक ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play