मन्त्री पुनद्वारा फापरखेतको पहिरोको स्थलगत निरिक्षण

म्याग्दी । पश्चिम म्याग्दीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग बेनी-दरबाङ सडकको फापरखेत पहिरो समस्या अझै चुनौतीपूर्ण बनेको छ । वर्षा र हिउँद दुवै समयमा पहिरो खस्ने क्रम नरोकिएपछि यात्रु तथा सवारीसाधनले भोग्दै आएको सास्ती अन्त्य गर्न विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले स्थायी समाधानको पहल तीव्र बनाउनुभएको छ । मन्त्री पुनले शनिबार पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै भइरहेको कार्य, प्राविधिक अवस्था र दीर्घकालीन व्यवस्थापनका योजनाबारे जानकारी लिनुभएको हो । बर्खा सुरु हुनुअघि नै समस्या समाधानका लागि आवश्यक पहल भइरहेको उहाँले बताउनुभएको छ । बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा पटकपटक पहिरो खस्दा सडक सञ्चालनमा समस्या हुँदै आएको छ । गत शनिबार खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक मर्मत गरेर खुलाइए पनि माथिल्लो क्षेत्रबाट ढुङ्गामाटो खस्ने क्रम जारी रहेकाले यातायात सहज हुन सकेको छैन । निर्वाचित भएपछि तेस्रोपटक पहिरोस्थलको निरीक्षण गर्नुभएका मन्त्री पुनले यसअघि एक वर्षभित्र पहिरोको स्थायी समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । पछिल्लो निरीक्षणमा पनि उहाँले छिटो सम्पन्न गर्न सकिने र बर्खाको समयमा समेत प्रभावकारी हुने विकल्पमा चासो दिनुभएको स्थानीयले बताएका छन् । यसअघि मन्त्री पुनको आग्रहमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालसहितको टोलीले बिहीबार पहिरोस्थलको अनुगमन गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीका सभापति युवराज रोकाका अनुसार मन्त्री पुनसहितको टोलीले प्राविधिकहरूसँग अहिले भइरहेको काम र आगामी योजनाबारे छलफल गरिरहेको छ । चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारबाट चार करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, प्रदेश सरकारबाट पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । तर, फापरखेतको पहिरो नियन्त्रणको चुनौती बजेट र मर्मतमा मात्र सीमित छैन । प्राविधिकहरूको भनाइमा हालको सडकखण्डबाटै पहिरोको स्थायी समाधान खोज्ने सम्भावना न्यून रहेकाले वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने देखिएको छ । उक्त मार्गसमेत करिब पाँच महिनाभित्र निर्माण सम्पन्न गर्न नसकिए आगामी बर्खामा यात्रुले थप सास्ती खेप्नुपर्ने जोखिम छ । २०५८ सालमा सडकको मार्ग खोल्नुअघिदेखि नै पहिरो रोकथामका लागि करोडौँ रुपैयाँ खर्च भइसकेको फापरखेतमा अबको मुख्य चुनौती विगतका प्रयासलाई प्रभावकारी समाधानमा बदल्नु हो । मन्त्री पुनको प्रतिबद्धता कार्यान्वयनमा आएमा पश्चिम म्याग्दीको यातायात सहज बनाउन महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

हिमाली–पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने जनाएको छ। महाशाखाले देशको तराई भू–भागमा मौसम मुख्यतया सफा हुने जनाएको छ। त्यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ...

यू-१९ एसिया कपको तयारीका लागि २८ खेलाडीको प्रारम्भिक टोली घोषणा
काठमाडौं । यू–१९ एसिया कपको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक गरेको छ । क्यानले आज सार्वजनिक गरेको टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं रहेका […] ...

नेपालमा फेरि मौसमी बदलीको संकेत : मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव
काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ । विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ । हाललाई देशको मौसम स्थिर रहे ...

जेनजी आन्दोलनको १४ महिनाः सरकारी र निजी सम्पत्ति जलाउनेहरु छुट्दै, जलेका संरचनाहरु जस्ताको त्यस्तै !
देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतसहित अन्य अदालत, प्रहरी कार्यालय, भैंसेपाटीस्थित मुख्यमन्त्रीहरुको निवासलगायत सरकारी संरचना जलेको १४... ...


