नेपालमा फेरि मौसमी बदलीको संकेत : मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ । विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ । हाललाई देशको मौसम स्थिर रहे पनि कात्तिक १० गतेदेखि १५ गतेसम्म मौसमी प्रणालीमा फेरबदल आउने संकेत देखिएको छ । मौसमविद् रोजन लामिछानेकाअनुसार उक्त न्युन चापीय प्रणालीका कारण देशका अधिकांश भूभागमा प्रभाव पर्न सक्ने सम्भावना छ । यद्यपि, वर्षाको मात्रा र प्रभावको यकिन अवस्थाबारे अहिले नै भन्न सकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ । यो मौसमी फेरबदलले विशेष गरी कृषि र पर्यटन क्षेत्रलाई प्रभावित पार्नसक्ने आँकलन गरिएको छ । हाल धान भित्र्याउने समय भएकाले किसानलाई मंगलवारसम्मको अनुकूल मौसमको सदुपयोग गर्दै बाली भित्र्याइसक्न विभागले विशेष आग्रह गरेको छ । कात्तिक ८ गतेपछि कुनैपनि वाह्य कार्यक्रम, भ्रमण वा कृषि कार्यको योजना बनाउँदा मौसमी अवस्थालाई ध्यानमा राख्न र पछिल्ला अद्यावधिक सूचनाहरू नियमित रूपमा लिन सचेत गराइएको छ । उहाँले भन्नुभयो, ‘आगामी कार्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्य भूभागमा वर्षाको सम्भावना न्युन छ । कार्तिक १० देखि १५ गतेसम्म बंगालको खाडीमा विकसित भइरहेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्नसक्ने देखिन्छ । वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन । यसबाट कृषि, पर्यटन तथा खेलकुद गतिविधि प्रभावित हुनसक्ने भएकाले मौसमको अवस्था बुझेर मात्र योजना बनाउन अनुरोध छ । धान काट्ने तथा बाली भित्र्याउने काम सम्भव भएसम्म कार्तिक ७ गतेभित्रै सम्पन्न गर्नुहोला ।’ उक्त प्रणालीका कारण सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगिताहरूमा समेत असर पर्नसक्ने देखिएको छ । आम नागरिकलाई आधिकारिक मौसमी सूचनाका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू नियमित हेर्न वा ११५५ मा फोन गरेर जानकारी लिन अनुरोध गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६... ...

बाँसका सामग्री बनाएर जीविका चलाउने डोम समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
सप्तरी । तराई मधेसमा विवाह तथा चाडपर्वका बेला प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की र चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ । परिश्रम धेरै... ...

काठमाडौँमा २४ घण्टामा ३३६ सवारी चालकमाथि कारबाही
काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनका चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सीसी... ...

हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने
काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने जनाएको छ । महाशाखाले देशको तराई भू–भागमा मौसम मुख्यतया सफा हुने जनाएको... ...


