जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जलवायु परिवर्तनका असर अनुकूलन गर्ने क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनवटै परियोजना अनुकूलन कोषको ४७औँ बैठकबाट स्वीकृत भएका छन् । विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस उपलब्धिले पर्यावरण क्षेत्रमा परेको आर्थिक भार व्यवस्थापन गर्न सहयोग पुग्ने बताएकी छन् । उनका अनुसार स्वीकृत परियोजनाले नेपालमा पछिल्लो समय देखिएका प्राकृतिक विपद्का जोखिम तथा समस्या न्यूनीकरण गर्न र जलवायु परिवर्तनका कारण हुने क्षति कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । स्वीकृत परियोजनामध्ये ‘ग्रिन कोशी’ परियोजना पनि एक हो। प्रकृतिमा आधारित समाधानमार्फत कोशी क्षेत्रमा पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्य राखिएको यस परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलर वित्तीय सहयोग प्रस्ताव गरिएको छ। यस परियोजनाको कार्यान्वयन निकाय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) रहेको छ । त्यसैगरी, हिमालय क्षेत्रमा बाढी तथा पहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्दै जलवायु अनुकूलन क्षमता बढाउने उद्देश्यसहित ‘स्ट्रेन्थेनिङ एडप्टेसन एन्ड फ्लड एन्ड ल्यान्डस्लाइड अर्ली वार्निङ फर द हिन्दुकुश हिमालय ’ परियोजना स्वीकृत भएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र कार्यान्वयन निकाय रहेको यस परियोजनाका लागि ३ करोड अमेरिकी डलर वित्तीय सहयोग प्रस्ताव गरिएको थियो । तेस्रो परियोजना लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा आधारित प्रकृतिमैत्री जलवायु कार्यमार्फत उत्थानशील समुदाय निर्माण गर्ने उद्देश्यमा केन्द्रित छ। यस परियोजनाका लागि ४९ लाख ९८ हजार ७०७ अमेरिकी डलर वित्तीय सहयोग प्रस्ताव गरिएको छ। यसको कार्यान्वयन निकाय युएन ह्याबिटाट रहेको छ । उक्त तीनवटै परियोजनाले पारिस्थितिक प्रणालीको संरक्षण, बाढी तथा पहिरोको पूर्वसूचना प्रणालीको सुदृढीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा रहेको छ । The post जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियानको औपचारिक सुरुआत गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक उद्घाटन गरिएको हो । पत्रकार सम्मेलनमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् । नेकपाको गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले देशव्यापी रूपमा दुईमहिने ...
_8GKH9mFcCy.jpg)
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
काठमाडौँ। बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म... ...

युक्रेनले भन्याे- स्टारलिङ्क सेवामा पुनः सुधार आयाे
किएभ । युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल स्टारलिङ्कको सम्पर्क युक्रेनमा पुनः स्थिर भएको जनाएको छ । स्टारलिङ्क सेवाको विषयलाई लिएर केही दिनयता वासिङ्टनसँग तनाव बढिरहेका बेला युक्रेन सरकारको यस्तो भनाइ आएको हो । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट आफ्नो रक्षा गर्न सङ्घर्ष गरिरहेको युक्रेनले नागरिक प्रयोजनको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीका साथै सैन्य प्रयोजनको स्टारशिल्ड संस्करणमा निर्भर रहँदै ...
![धार्मिक आस्था, प्रकृति र नेपाली पहिचानको संगम बिटार पार्क [भिडियो]](https://hamrakura.com/uploads/news/images/bittar-park-08-07.jpg)
धार्मिक आस्था, प्रकृति र नेपाली पहिचानको संगम बिटार पार्क [भिडियो]
बिटार पार्क रामेछापको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । ...


