जनता र पार्टीलाई जोड्न मंसिरभरि देशव्यापी अभियान चलाउने गगन थापाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। नयाँ कार्यसमिति सदस्यहरूको शपथग्रहणपछि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा सभापति थापाले ‘हामी तयार छौँ’ भन्ने सन्देशसहित अभियान सञ्चालन गरिने बताएका हुन्। उनले छिट्टै पार्टीको पूर्ण बैठक बसेर सबैको धारणा सुन्ने र त्यसका आधारमा आगामी चार वर्षका लागि कार्यतालिका बनाएर अनुशासित ढंगले काम अघि बढाउने बताए। प्रतिपक्षको प्रमुख जिम्मेवारी सरकारका कामको निगरानी गर्नु भएकाले कानुनी शासनको उल्लंघनविरुद्ध कांग्रेस सशक्त रूपमा उभिने उनको भनाइ छ। थापाले तिहार र छठलगत्तै लिडरसिप एकेडेमी, इलेक्सन ब्युरो र गभर्नन्स इन्स्टिच्युटले काम सुरु गर्ने जानकारी पनि दिए। नेता तथा कार्यकर्ताको रुचिअनुसार जिम्मेवारी बाँडफाँट गरिने र सहमहामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनासहित जिम्मेवारी तोकिने उनले बताए। सभापति थापाले पार्टीका परम्परागत कार्यक्रमको शैली परिवर्तन गर्ने संकेतसमेत गरेका छन्। हलभित्र सोफामा बसेर ताली बजाउने र औपचारिक शुभकामना आदानप्रदान गर्ने कार्यक्रम नगर्ने घोषणा गर्दै उनले सरसफाइ, विपन्नलाई सहयोग तथा समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रम भएमा मात्रै सहभागी हुन निर्देशन दिएका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटर
कम्पनीका अनुसार नयाँ हिटरमा प्रभावकारी तताउने प्रविधि, सुरक्षा प्रणाली, टिकाउपन र प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधा समेटिएका छन्। ...

प्रहरी नेतृत्वबारेका भ्रामक हल्लाप्रति मुख्यालयको गम्भीर ध्यानाकर्षण
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १२ गते । प्रहरी नेतृत्वबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भ्रामक हल्लाप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको ज... ...

हसिना भागेको भिडिओ खिचेका वायुसेना अधिकारीको रहस्यमय मृत्यु
बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागेका बेला भिडिओ रेकर्ड गरेका तत्कालीन वायुसेना अधिकारी केएम तौसिफ सौरी मृत फेला परेका छन्। उनको शव बिहीबार ढाकाको तुराग नदीमा भेटिएको हो। २८ वर्षीय फ्लाइट लेफ्टिनेन्ट सौरी अक्टोबर २७ देखि बेपत्ता थिए। पीडित परिवारले हसिनाको भिडिओ सार्वजनिक गरेका कारण उनको हत्या गरिएको आरोप लग... ...

कर्णालीको दोस्रो जित, विराटनगर ४ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ४ विकेटको रोमाञ्चक जित रेकर्ड गरेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । यो जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ भने विराटनगरले लगातार दोस्रो ...


