Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ

जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ

10/18/2026, 9:21:10 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ

जानकी मन्दिरका लागि प्रसिद्ध जनकपुरको राजदेवी मन्दिर पनि निकै प्रख्यात छ। दशैंका बेला यो मन्दिरको महत्त्व झनै बढ्ने गर्छ। यतिबेला दशैंको अवसर छ। यहाँका राजदेवीलगायत थुप्रै देवी मन्दिर अहिले सिँगारिएका छन्। जनकपुर पूरै झकिझकाउ छ।

जनकपुरकी राजदेवीलाई राजा जनककी कुलदेवी पनि मानिन्छ। शारदीय नवरात्रको अष्टमीको साँझ मन्दिरमा ठूलो संख्यामा बोका बलि प्रदान गरिने प्रचलन छ। यहाँ वर्षको एक दिन मात्र बलि चढाउने गरिन्छ। दशैंका अवसरमा सम्भवतः नेपालमै सबैभन्दा बढी बलि प्रदान गरिने मन्दिरका रूपमा पनि यो चिनिएको छ।

जनकपुरमा कम्तीमा तीनवटा राजदेवी मन्दिर छन्— एउटा कुवामा, दोस्रो देवी चोकमा र तेस्रो राम मन्दिरको प्राङ्गणमा। राम मन्दिर परिसरको राजदेवी मन्दिर बढी चर्चित मानिन्छ। यो मन्दिर प्रसिद्ध जानकी मन्दिरको उत्तर दिशामा अवस्थित छ।

मन्दिरमा विराजमान देवीलाई राजा जनककी कुलदेवी पनि भनिन्छ। मन्दिरको द्वारमा पनि यो कुरा उल्लेख गरिएको छ। विशेषगरी त्रेतायुग र मिथिलाको इतिहाससँग यस मन्दिरको सम्बन्ध जोड्ने प्रयास गरिएको छ।

तर, मैथिली विषयका प्राध्यापक तथा पत्रकार श्यामसुन्दर शशि यो कुरामा सहमत छैनन्। उनको भनाइ छ, ‘ऐतिहासिक प्रमाणहरूले स्पष्ट रूपमा भनिरहेका छन् कि राजा जनककी कुलदेवी गिरिजा हुन्, जो फुलहर गिरिजास्थानमा विराजित छिन्।’

अर्का पत्रकार तथा अनुसन्धानकर्मी वीरेन्द्र रमणले कुलदेवी र इष्टदेवीमा भिन्नता हुनुपर्ने कुरा बताएका छन्। उनले भने, ‘कुनै पनि रूपमा सही, राजदेवीको सम्बन्ध जनकवंशसँग हुन सक्छ।’

उनी पुरातत्व विभागको एक प्रतिवेदन उल्लेख गर्छन्। उनका अनुसार विभागद्वारा २०६६/६७ मा प्रकाशित ’धनुषा जिल्लाको सांस्कृतिक सम्पदाहरूको सर्वेक्षणः एक अध्ययन’ प्रतिवेदनको पृष्ठ ४६ मा राजदेवी मन्दिरलाई जनक वंशकी इष्टदेवी

मानिएको कुरा उल्लेख छ। पत्रकार तथा अनुसन्धानकर्मी रमणको मतानुसार इष्टदेवी र कुलदेवी दुई फरक विषय हुन्। कुलदेवी वंश परम्परामा आधारित हुन्छिन् भने इष्टदेवी व्यक्तिको आफ्नो आन्तरिक आस्था, गुरुको सल्लाह र विशेष आध्यात्मिक झुकावमा आधारित हुन्छिन्।

तर, एउटा कुरा निश्चित छ— आम जनकपुरवासीको मनमा यो कुरा गडेको छ कि राजदेवी राजा जनककी कुलदेवी हुन् र यिनी यहाँ युगौंदेखि विराजमान छिन्।

राम मन्दिरमा रहेको राजदेवी मन्दिरको इतिहासबारे यथेष्ट अध्ययन हुन सकेको छैन। राम मन्दिरका पहिलो निर्माणकर्ता चतुर्भुज गिरीभन्दा पहिले पनि राजदेवी यहाँ विराजित हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो? सायद यो प्रश्नको उत्तरले धेरै कुरा स्पष्ट पार्नेछ। के मकवानपुरी सेन राजवंशको कालमा पनि यस मन्दिरको अस्तित्व थियो? यस सम्बन्धमा एउटा तर्क यो पनि गर्न सकिन्छ— धेरैको मान्यता छ कि काठमाडौंमा बसी शासन गर्ने शाहवंशीय राजाहरूको समयमा बडाकाजी अमरसिंह थापा (त्यसबेला काजीको हैसियत मन्त्रीसरह हुन्थ्यो) ले राम मन्दिरको जीर्णोद्धार गराए र यहाँ कोत (हतियार भण्डारण कक्ष) बनाउन लगाए। सोही सन्दर्भमा यहाँ एक देवीको स्थापना गरिएको हो। अर्थात्, यस मन्दिरको इतिहास अमरसिंह थापादेखि सुरु हुन्छ । तर मकवानपुरी सेन राजवंशको समय अमरसिंहभन्दा पुरानो हो।

पत्रकार शशिले भने, ‘यहाँ निर्मित कोतमा राखिएको हतियारको पूजाअर्चनाको सन्दर्भमा देवीको मन्दिर स्थापना गराइएको हुन सक्छ र तिनै देवी नेपाल राज्यको देवी— राजदेवीको रूपमा कालान्तरमा चर्चित भएको हुन सक्छ।’

तर्क अर्को पनि छ। केही जानकारहरूको भनाइ अनुसार मकवानपुरका सेनवंशी राजासँग पनि जनकपुरको राम मन्दिर र राजदेवी मन्दिरको सम्बन्ध छ। मकवानपुरी सेन राजाले यी मन्दिरको सञ्चालनका लागि गुठीको व्यवस्था गरेका थिए भन्ने तर्क पनि प्रस्तुत गरिएको छ। त्यसैगरी, अर्को तर्क यो पनि छ कि रणबहादुर शाहकी मैथिल ब्राह्मण रानीबाट जन्मिएका गीर्वाणयुद्ध विक्रम शाहले आफ्नो कार्यकालमा तत्कालीन नेपालको भूगोलअन्तर्गत रहेको मिथिलाको भ्रमण गरेका थिए र सोही समयमा राजदेवीलगायत विभिन्न मन्दिरको सञ्चालन व्यवस्थापनका लागि सहजीकरण गरेका थिए।

त्रिभुवन विश्वविद्यालय इतिहास विभागअन्तर्गत अध्यापन गराउँदै आएका हीराकान्त कर्णको भनाइ छ, ‘राजदेवी राजा जनककी कुलदेवी थिइन् वा थिइनन् भन्ने सम्बन्धमा अध्ययन हुनु जरुरी छ, तर एउटा कुरा निश्चित छ कि राजा जनक स्वयं र उनका राज्यका जनतामा देवीप्रति अनन्त आस्था थियो।’

राजदेवी नै राजा जनककी कुलदेवी रहेको स्थानीय जनताको विश्वास दृढ छ । केहीले यस सन्दर्भमा इष्टदेवी भनेर अर्थ्याउने गरेका छन् । अहिले जनकपुरको गौरवका रूपमा स्थापित यी देवीको महत्त्वको थप प्रवद्र्धन गरिनुपर्ने स्थानीयको धारणा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कर्णालीमा साढे पाँच लाख पर्यटक, पूर्वाधारमा करोडौँ लगानीको प्रतिफलको खोजी
OthersJust now

कर्णालीमा साढे पाँच लाख पर्यटक, पूर्वाधारमा करोडौँ लगानीको प्रतिफलको खोजी

कर्णालीमा पर्यटकीय गन्तव्यको विविधता र सम्भावना भए पनि पर्यटनलाई प्रदेशको अर्थतन्त्रसँग जोड्न पूर्वाधार विकास, सम्पदा संरक्षण र व्यावसायिक व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ । ...

अनलाइन खबर
बाढीबाट विस्थापित बस्ती ‘विषाक्त मदिरा’को जोखिममा
OthersJust now

बाढीबाट विस्थापित बस्ती ‘विषाक्त मदिरा’को जोखिममा

विस्थापित बस्ती र आसपासका क्षेत्रमा अखाद्य वस्तु प्रयोग गरेर बनाइएको अवैध मदिराको बिक्रीवितरण बढेपछि प्रहरीले नियन्त्रण अभियान चलाएको छ । ...

अनलाइन खबर
तुइन र जिपलाइनको जोखिम हट्यो, ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल सञ्चालनमा
OthersJust now

तुइन र जिपलाइनको जोखिम हट्यो, ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल सञ्चालनमा

गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि सास्ती खेपिरहेका स्थानीयवासीका लागि ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा ल्याइएको छ। पुलको पूर्ण निर्माण सम्पन्न हुन केही काम बाँकी रहे पनि स्थानीयको आवतजावत र दसैँ तिहारजस्ता चाडपर्वलाई दृष्टिगत गर्दै सञ्चालनमा ल्याइएको हो। पक्की पुल बगेपछि सर्वसाधारणले तुइन र जिपलाइनको जोखिमपूर्ण सहारा लिँदै आएका थिए। नुवाकोट निर्माण ...

पर्दाफास
भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ
OthersJust now

भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ

विद्युत् उत्पादन र सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम २०८५ असार सम्मा पुरा हुने गरेर कामलाई तिब्रता दिइएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माण सुरु भएको १५ वर्ष बितिसक्दा भौतिक प्रगति ७० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ६७ प्रतिशत रहेको आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर (सिडिई) भरत ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play