तुइन र जिपलाइनको जोखिम हट्यो, ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल सञ्चालनमा

गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि सास्ती खेपिरहेका स्थानीयवासीका लागि ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा ल्याइएको छ। पुलको पूर्ण निर्माण सम्पन्न हुन केही काम बाँकी रहे पनि स्थानीयको आवतजावत र दसैँ तिहारजस्ता चाडपर्वलाई दृष्टिगत गर्दै सञ्चालनमा ल्याइएको हो। पक्की पुल बगेपछि सर्वसाधारणले तुइन र जिपलाइनको जोखिमपूर्ण सहारा लिँदै आएका थिए। नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलका अनुसार पुलको मुख्य वारपार गर्ने संरचना र लट्ठा जडानको काम सकिएकाले सञ्चालन गरिएको हो। दुवैतर्फका चार स्थानमा सहायक लट्ठा बाँध्नेलगायतका केही प्राविधिक काम भने क्रमशः पूरा गरिनेछ। पुल सञ्चालनमा आएसँगै विदुर नगरपालिकाका विभिन्न वडाका साथै किस्पाङ, म्यागङ गाउँपालिका, रसुवा र धादिङतर्फ आवतजावत गर्ने यात्रुलाई राहत मिलेको छ। साथै, त्रिशूली अस्पताल, नेपाल विद्युत् प्राधिकरण र स्थानीय विद्यालय पुग्न सहज हुनुका साथै बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका काममा तीव्रता आउने अपेक्षा गरिएको छ। ३ करोड १८ लाख रुपैयाँ अनुमानित लागत रहेको उक्त पुल निर्माणका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ भने अपुग रकम नुवाकोट निर्माण व्यवसायी सङ्घले व्यहोर्ने जनाएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कुन बजार जाने, कस्ता लुगा किन्ने ?
चाहे तपाईं भिडभाड छिचोल्दै असन-न्युरोडमा गएर बार्गेनिङ गर्दै लुगा किन्नुस् वा मोबाइलमा एक क्लिक गरेर अफरमा घरमै मगाउनुस्, बजारमा ‘छानिछानि’ र अनलाइनमा ‘जानीजानी’ किनमेल गर्नुभयो भने तपाईंको दसैं गजबकै बन्ने छ । ...

दशैंमा पूर्वी नेपालका घुम्नुपर्ने पर्यटकीय गन्तव्यहरू
दशैं पारिवारिक भेटघाट र रमाइलोमा सीमित नभई प्रकृति, संस्कृति र नयाँ ठाउँको अनुभव लिने अवसर पनि हो । यही अवसरमा पूर्वी नेपालका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका पर्यटकीय स्थलको भ्रमणले बिदालाई थप अविस्मरणीय बनाउन सक्छ । ...

प्रिमियर लिगको सर्वाधिक उपाधि म्यान्चेस्टर युनाइटेडको नाममा, अरूको कति ?
इंग्लिस प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर युनाइटेड सर्वाधिक उपाधि जित्ने क्लब हो । सन् १९९२–९३ मा प्रतियोगिता सुरु भएयता युनाइटेडले १३ पटक उपाधि जितेको छ । म्यान्चेस्टर सिटी आठ उपाधिसहित दोस्रो स्थानमा छ भने चेल्सीले पाँचपटक उपाधि जितेको छ । आर्सनल चार र लिभरपुल दुई उपाधिसहित शीर्ष पाँचमा छन् । सन् २०२५–२६ को सिजनमा आर्सनल च्याम्पियन… ...

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने
विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो । ...


