Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जनकपुर बोल्ट्सको पहिलो खेलमै छात्राको शिक्षाका लागि २८ हजार संकलन

जनकपुर बोल्ट्सको पहिलो खेलमै छात्राको शिक्षाका लागि २८ हजार संकलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुर बोल्ट्सको पहिलो खेलमै छात्राको शिक्षाका लागि २८ हजार संकलन

काठमाडौं । क्रिकेटको मैदानमा हासिल हुने सफलतालाई छात्राहरूको शैक्षिक भविष्यसँग जोड्ने उद्देश्यले सुरु गरिएको ‘सिक्सेस फर हर फ्युचर’ अभियानले जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार रुपैयाँ संकलन गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) मा टोलीले लिएका विकेट र प्रहार गरेका छक्काका आधारमा उक्त रकम संकलन भएको हो । जनकपुर बोल्ट्सकी युवा एम्बेसडर डा. सरिशा श्रेष्ठको नेतृत्वमा अघि बढाइएको अभियानमा एआरकेएसएच ग्रुप सहयोगी प्रायोजकका रूपमा जोडिएको छ । ग्रुपले अभियानका लागि प्रारम्भिकरूपमा एक लाख ५० हजार रुपैयाँको शैक्षिक सहयोग कोष स्थापना गरेको छ ।अभियानअन्तर्गत सहमतिमा तोकिएका एनपिएल खेलमा जनकपुर बोल्ट्सले लिने प्रत्येक विकेट र प्रहार गर्ने प्रत्येक छक्काबापत दुई हजार रुपैयाँ छात्राहरूको शिक्षाका लागि योगदान गरिने व्यवस्था छ । टोलीले पहिलो खेलमा नौ विकेट लिनुका साथै पाँच छक्का प्रहार गरेको थियो । यसअनुसार विकेटबाट १८ हजार र छक्काबाट १० हजार गरी कुल २८ हजार रुपैयाँ संकलन भएको हो । ‘हरेक छक्काले उनको भविष्यलाई अगाडि बढाउँछ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले मधेस प्रदेशका आर्थिकरूपमा विपन्न छात्राहरूलाई शिक्षामा पहुँच बढाउन र विद्यालय शिक्षालाई निरन्तरता दिन सहयोग गर्ने लक्ष्य राखेको छ । अभियानमार्फत् कम्तीमा १० जना मधेसी छात्रालाई शैक्षिक सहयोग उपलब्ध गराउने योजना छ । संकलित रकमबाट विद्यालय पोशाक, पुस्तक तथा अन्य शैक्षिक सामग्री, परीक्षा शुल्क र यातायात खर्चलगायतका आवश्यकतामा सहयोग गरिनेछ । आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने जोखिममा रहेका छात्राहरूलाई प्राथमिकता दिई लाभग्राही छनोट गरिने अभियानले जनाएको छ । यसका लागि स्थानीय विद्यालय तथा शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थासँग सहकार्य गर्ने योजना छ । त्यस्तो सहकार्यबाट छात्राहरूको आवश्यकता पहिचान, सहयोग वितरण र उनीहरूको शैक्षिक निरन्तरताको अनुगमन गरिनेछ । ‘सिक्सेस फर हर फ्युचर’ अभियानले क्रिकेटलाई प्रतियोगिता र मनोरञ्जनमा मात्र सीमित नराखी शिक्षा तथा सामाजिक विकाससँग जोड्ने प्रयास गरेको छ । मैदानमा खेलाडीले गर्ने प्रदर्शनबाट संकलित रकमले आर्थिकरूपमा विपन्न छात्राहरूलाई विद्यालय शिक्षामा टिकिरहन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रारम्भिक एक लाख ५० हजार रुपैयाँको शैक्षिक कोषसँगै खेलमा आधारित योगदानमार्फत् छात्राहरूको भविष्यमा लगानी गर्ने अभियानको उद्देश्य छ । जनकपुर बोल्ट्सका आगामी खेलमा टोलीले लिने विकेट र प्रहार गर्ने छक्कासँगै सहयोग रकम थपिँदै जाने अपेक्षा गरिएको छ । क्रिकेटको हरेक विकेट र छक्कालाई छात्राहरूको शिक्षामा सहयोग पुर्‍याउने माध्यम बनाउँदै अघि बढाइएको यस अभियानले खेलकुदको उपलब्धिलाई सामाजिक परिवर्तनसँग जोड्ने लक्ष्य राखेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

आजदेखि ‘काठमाडौं चलचित्र महोत्सव’
ताजा खबरJust now

आजदेखि ‘काठमाडौं चलचित्र महोत्सव’

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने ‘काठमाडौं चलचित्र महोत्सव’ आज (शुक्रबार)देखि सुरु हुँदैछ । महोत्सवमा भारतीय अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमी तथा फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डिकुन्हासहित स्वदेशी तथा विदेशी चलचित्रकर्मी सहभागी हुनुहुने भएको छ । महानगरपालिकाले पत्रकार सम्मेलन गरी महोत्सवको उद्देश्य, ...

हिमालय टाइम्स
चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान
ताजा खबरJust now

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके । नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई सस्तो दरमा धान बेच्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन... ...

रातोपाटी
‘मिसेस नेपाल वर्ल्ड’का प्रतियोगिको प्रतिभा प्रस्तुत, २२ महिला प्रतिस्पर्धामा
ताजा खबरJust now

‘मिसेस नेपाल वर्ल्ड’का प्रतियोगिको प्रतिभा प्रस्तुत, २२ महिला प्रतिस्पर्धामा

काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२६ को ट्यालेन्ट शो सम्पन्न भएको छ । उपाधिका लागि अन्तिम प्रतिस्पर्धामा रहेका २२ महिलाले नृत्य, अभिनय र कविता वाचनलगायतका प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । रिवन इन्टरटेनमेन्टको आयोजनामा भएको ट्यालेन्ट राउण्डबाट मिसेस ट्यालेन्ट छनोट गरिनेछ । आयोजकका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले उक्त उपाधि अन्तिम स्पर्धाकै दिन घोषणा गरिने जानकारी दिनुभयो । प्रतियोगिताको मूल्यांकन ...

हिमालय टाइम्स
स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा
ताजा खबरJust now

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाईंकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् । स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play