‘मिसेस नेपाल वर्ल्ड’का प्रतियोगिको प्रतिभा प्रस्तुत, २२ महिला प्रतिस्पर्धामा

काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२६ को ट्यालेन्ट शो सम्पन्न भएको छ । उपाधिका लागि अन्तिम प्रतिस्पर्धामा रहेका २२ महिलाले नृत्य, अभिनय र कविता वाचनलगायतका प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । रिवन इन्टरटेनमेन्टको आयोजनामा भएको ट्यालेन्ट राउण्डबाट मिसेस ट्यालेन्ट छनोट गरिनेछ । आयोजकका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले उक्त उपाधि अन्तिम स्पर्धाकै दिन घोषणा गरिने जानकारी दिनुभयो । प्रतियोगिताको मूल्यांकन संगीतकार राजु सिंह, नृत्य निर्देशक जोगेन्द्र केसी, अभिनेता तथा मोडल यसराज गराच र शिक्षाविद् ज्ञानेन्द्र लामाले गर्नुभएको थियो । यही शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुने अन्तिम स्पर्धामा विभिन्न पेशामा आबद्ध २२ महिला प्रतिस्पर्धा गर्दैछन् । गृहिणीदेखि चिकित्सक, इञ्जिनियर, बैंकर, व्यवसायी, नर्स र फेशन डिजाइनरसम्मको सहभागिता रहेको प्रतियोगितामा प्रतिभा, आत्मविश्वास र व्यक्तित्वलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ । प्रतियोगिताकी विजेताले अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । साथै, प्रतियोगिताबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेतासमेत छनोट गरिनेछ । ती उपाधिका विजेताले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजक शिला बास्तोलाले जानकारी दिनुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सामूहिक प्रयासमा फूलखेती
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने र आम्दानी गर्ने उद्देश्यले उनीहरूले पाँच... ...

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ । पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने नेपाने, गिवाङ,... ...

नेतन्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटले थाले सरकार गठनको प्रयास
इजरायलमा चुनावपछि विपक्षी नेता गादी आइजेनकोटले सरकार गठनको प्रयास सुरु गरेका छन्। यस क्रममा उनले डेमोक्र्याट पार्टीका नेता यायर गोलान, बियाचादका प्रमुख नाफ्ताली बेनेट र विपक्षी नेता यायर लापिडसँग भेट गरेका छन्। आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको लिकुड पार्टीले चुनावी नतिजालाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगा... ...

नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने
बाँके । बाँकेको दुर्गम ग्रामीण क्षेत्र नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्र स्थापना भएको छ । गाउँपालिकामै सेवा केन्द्र स्थापना भएपछि स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई करसम्बन्धी कामका लागि सदरमुकाम नेपालगन्ज धाउनुपर्ने... ...


