Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

च्याम्पियन्स लिग : इस्तानबुलमा लिभरपुललाई ठूलो झट्का, सिटी र डर्टमन्डको रोमाञ्चक जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
च्याम्पियन्स लिग : इस्तानबुलमा लिभरपुललाई ठूलो झट्का, सिटी र डर्टमन्डको रोमाञ्चक जित
Photo / Coverage: हिमालय टाइम्स

लण्डन । युरोपेली फुटबलमा इस्तानबुलको नाम लिँदा लिभरपुलको ऐतिहासिक पुनरागमन अर्थात् सन् २००५ को ‘मिराकल अफ इस्तानबुल’ सम्झनामा आउँछ । तर यसपटक भने इस्तानबुलमै लिभरपुलले त्यस्तै चमत्कारको उल्टो अनुभव गर्नुपरेको छ । च्याम्पियन्स लिगअन्तर्गत फेनरबाचेसँगको खेलमा दुई पटक अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा लिभरपुल ३-२ गोलले पराजित भयो । उता म्यानचेस्टर सिटी, बोरुसिया डर्टमन्ड र पोर्टोले भने महत्वपूर्ण जित दर्ता गरे । इस्तानबुलस्थित सुक्रु साराचोग्लु रंगशालामा भएको खेलमा एन्डोनी इराओलाको टोली लिभरपुल जितको नजिक पुगेर पनि निराश बन्न पुग्यो । खेलको सुरुवातमै युवा खेलाडी ट्रे न्योनीले गोल गर्दै लिभरपुललाई अग्रता दिलाउनुभएको थियो । तर त्यसको चार मिनेटपछि नै पूर्वम्यानचेस्टर युनाइटेडका फरवार्ड मेसन ग्रिनवुडको फ्रिकिक लिभरपुलका जेरेमी ज्याक्वेटलाई लागेर गोलमा परिणत भएपछि फेनरबाचेले खेल बराबरीमा ल्यायो । दोस्रो हाफमा दुवै टोलीबीच प्रतिस्पर्धा थप रोमाञ्चक बन्यो । खेलको ६९औँ मिनेटमा एलेक्जान्डर इसाकले हेडमार्फत गोल गरेपछि लिभरपुलले २-१ को अग्रता बनाएको थियो । त्यससँगै लगातार चौथो जिततर्फ अघि बढिरहेको लिभरपुलले खेल आफ्नो नियन्त्रणमा राख्ने अपेक्षा गरिएको थियो । तर घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्‍यो । ब्राउनले सहजै गोल गर्दै ७३औँ मिनेटतिर खेल २-२ को बराबरीमा ल्याउनुभयो । त्यसको ६ मिनेटपछि ब्राउनको लामो बल नियन्त्रण गर्न लिभरपुलका डिफेन्डरहरू असफल भएपछि वेदात मुरिकीले हेडमार्फत निर्णायक गोल गर्नुभयो । यता म्यानचेस्टर सिटीले जर्मनीमा आरबी लाइपजिगलाई पराजित गर्दै च्याम्पियन्स लिगमा पुनरागमन गरेको छ । पछिल्ला दुई प्रिमियर लिग खेलमा लगातार पराजित भएको तथा काराबाओ कपमा ब्राइटनविरुद्ध पेनाल्टीबाट अघि बढेको सिटीले यसपटक ३-२ को रोमाञ्चक जित निकाल्यो । घरेलु टोलीले सुरुवातमा राम्रो अवसर सिर्जना गरे पनि कास्टेलो लुकेबाको आत्मघाती गोलबाट सिटीले अग्रता पाएको थियो । दोस्रो हाफको सुरुवातमै गोलरक्षक जियानलुइजी डोनारुम्माको कमजोरीको फाइदा उठाउँदै रिडल बाकुले लाइपजिगलाई बराबरीमा ल्याउनुभयो । तर ५७औँ मिनेटमा एन्जो फर्नान्डेजले हेडमार्फत गोल गर्नुभयो । त्यसको तीन मिनेटपछि एन्टोनियो नुसाले उत्कृष्ट गोल गर्दै खेल फेरि बराबरीमा पुर्‍याउनुभयो । अन्ततः ७८औँ मिनेटमा कप्तान एर्लिङ हालान्डले इलियट एन्डरसनको पासमा निर्णायक गोल गर्नुभयो । त्यसैगरी बोरुसिया डर्टमन्डले स्पेनिस क्लब रियल बेटिसलाई २-१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगमा घरेलु जित हासिल गर्‍यो । प्रतियोगिताका सुरुवाती तीन खेल जितेको बेटिसले यसपटक भने लगातार जितको यात्रा कायम राख्न सकेन । दोस्रो हाफ सुरु भएको चार मिनेटमै जोब बेलिङ्घमको प्रहार गोलरक्षक अल्भारो भालेसले रोके पनि रिबाउन्डमा फाबियो सिल्भाले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाउनुभयो । ६७औँ मिनेटमा वैकल्पिक खेलाडी आइटोर रुइबालले गोल गर्दै बेटिसलाई बराबरीमा ल्याउनुभयो । तर ७२औँ मिनेटमा १८ वर्षीय कोन्स्टान्टिनोस कारेत्सासले च्याम्पियन्स लिगमा आफ्नो पहिलो गोल गर्दै डर्टमन्डलाई जित दिलाउनुभयो । डर्टमन्डले नोभेम्बर २४ मा आर्सनलसँग खेल्नेछ भने बेटिसले स्लोभान ब्राटिस्लाभाको सामना गर्नेछ । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी डलरको मूल्य निरन्तर ओरालो
Latest NewsJust now

अमेरिकी डलरको मूल्य निरन्तर ओरालो

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।  हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारको मूल्य घट्दा युरो, पाउन्डसहित केही मुद्रा महँगिएका थिए।  आज अमेरिकी डलर १ को खर... ...

नेपालखबर
स्रष्टा र साधकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई राष्ट्रिय गीतसंगीत पुरस्कार
Latest NewsJust now

स्रष्टा र साधकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई राष्ट्रिय गीतसंगीत पुरस्कार

काठमाडौं । नेपाली कला, साहित्य, गीतसंगीत, पत्रकारिता, चलचित्र तथा सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका स्रष्टा, साधक र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू एउटै मञ्चमा सम्मानित भएका छन् । मिलाप मासिकको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा बडादशैँ, तिहार, छठ तथा नेपाल संवत्-११४७ को शुभकामना आदान-प्रदानसँगै ‘टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’सहित विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । नेपाली कला क्षेत्रका ...

हिमालय टाइम्स
बहिष्कार र प्रदर्शन रोक्ने चेतावनीबीच आजदेखि प्रदर्शनमा ‘पाँच पाण्डव’
Latest NewsJust now

बहिष्कार र प्रदर्शन रोक्ने चेतावनीबीच आजदेखि प्रदर्शनमा ‘पाँच पाण्डव’

काठमाडौं । विभिन्न विवाद तथा प्रदर्शन रोकिनसक्ने चर्चाबीच चलचित्र ‘पाँच पाण्डव’ आज (शुक्रबार)देखि प्रदर्शनमा आएको छ । निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै आज (शुक्रबार)देखि देशभरका सिनेमा हलमा चलचित्र प्रदर्शनमा आएको हो । पछिल्लो समय चलचित्रलाई लिएर विभिन्न टीका-टिप्पणी तथा विवादका समाचार सार्वजनिक भइरहेका बेला निर्माण पक्षले प्रदर्शनबारे फैलिएको अन्योल चिर्दै निर्धारित मितिमै चलचित्र रिलिज हुने जनाएको हो । निर्माण ...

हिमालय टाइम्स
‘बाटुलो जून’को ट्रेलरमा अनमोल र प्रिन्सीको प्रेमकथा
Latest NewsJust now

‘बाटुलो जून’को ट्रेलरमा अनमोल र प्रिन्सीको प्रेमकथा

काठमाडौं । भाइटीकाको भोलिपल्ट अर्थात् यही कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले ३०-४० को दशकको ग्रामीण परिवेशमा आधारित प्रेमकथालाई प्रस्तुत गरेको छ । भुवन केसीको निर्देशनमा बनेको यस चलचित्रमा अनमोल केसी र प्रिन्सी खतिवडा मुख्य भूमिकामा हुनुहुन्छ । गाउँमा शिक्षकका रूपमा कार्यरत काजी (अनमोल) र प्रिन्सीबीचको ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play