काठमाडौं । सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘शुभ विवाह’को डबिङ कार्य भइरहेको छ । चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र सनीशा भट्टराईलगायतका कलाकार डबिङमा व्यस्त हुनुहुन्छ । सुपरहिट चलचित्र ‘प्रेम गीत’पछि निर्देशक थापा र अभिनेता खड्काबीच लामो समयपछि यस चलचित्रमार्फत सहकार्य भएको हो । प्रियदर्शन फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, विशाल पहारीलगायत कलाकारको अभिनय छ । साम भुजेल कार्यकारी निर्माता रहेको चलचित्रको कथा प्रदीप श्रीवास्तवले लेख्नुभएको हो भने पटकथा तथा संवाद रामशरण पाठकको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत छ । यो चलचित्र आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
डबिङमा ‘शुभ विवाह’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






