चीनले सन् २०३० सम्ममा राष्ट्रिय ब्लकचेन नेटवर्क बनाउने

एजेन्सी । चीनले आगामी पाँच वर्षको डिजिटल विकास खाका सार्वजनिक गर्दै सन् २०३० सम्ममा राष्ट्रिय ब्लकचेन नेटवर्कको निर्माण आधारभूत रूपमा पूरा गर्ने र बौद्धिक इन्टरनेट (इन्टेलिजेन्ट इन्टरनेट) को विस्तारलाई तीव्र पार्ने लक्ष्य राखेको छ । चीनको ‘सेन्ट्रल साइबरस्पेस अफेयर्स कमिसन’ द्वारा जारी गरिएको उक्त दस्तावेजमा उपयुक्त समयमा छैटौँ पुस्ताको (६जी) मोबाइल सेवाको व्यावसायिक सुरुवात गर्ने प्रस्तावसमेत गरिएको छ । दस्तावेज अनुसार सन् २०३० सम्ममा सूचना प्रविधि (इन्फोर्मेटाइजेसन) को क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्ने र चिनियाँ आधुनिकिकरणलाई अघि बढाउन डिजिटल प्रविधिको भूमिकालाई अझ बढाउने बृहत् लक्ष्य तय गरिएको छ । यस योजना अन्तर्गत चीनको इन्टरनेट पहुँच दर सन् २०२५ को ८०.१ प्रतिशतबाट बढेर सन् २०३० सम्ममा ८५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । साथै, प्रति १० हजार मानिस बराबर ५जी बेस स्टेसनको सङ्ख्या ३४ बाट बढाएर ५० पुर्याउने प्रक्षेपण गरिएको छ । डिजिटल पूर्वाधारका साथै यस योजनाले कम्प्युटेशनल गणित, सञ्चार नेटवर्क र डेटा साइन्समा आधारभूत अनुसन्धानलाई मजबुत बनाउनुका साथै सञ्चालन प्रणाली र सफ्टवेयर विकास टुलचेइनसँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को गहिरो एकीकरण जस्ता प्रमुख क्षेत्रहरूमा कोर प्रविधिको विकास गर्ने लक्ष्य राखेको छ । एआई प्रविधिको द्रुत विकासलाई ध्यानमा राख्दै विद्यालयका सबै तहहरूमा एआई शिक्षाको विस्तार गर्ने, समाजमा एआई साक्षरता प्रवर्द्धन गर्ने र डिजिटल प्रतिभाका लागि व्यावसायिक शिक्षा प्रणालीलाई तीव्र बनाउने विषयलाई पनि प्राथमिकता दिइएको छ । दूरसञ्चार तथा इन्टरनेट क्षेत्रलाई क्रमशः खुला गर्दै लैजाने नीति समेत योजनामा समावेश छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सन् २०३० सम्ममा देशको सूचना तथा सञ्चार उद्योगको कुल राजस्व करिब ६१५ अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । यसका साथै, डिजिटल प्रणालीको सुदृढीकरणका लागि तथ्याङ्क सुरक्षा र व्यक्तिगत विवरणको सुरक्षालाई कडाइका साथ लागू गर्ने कुरामा जोड दिइएको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

तनहुँको जामुनेमा तीनवटा सवारी साधन ठोक्किए
तनहुँं। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए । ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेको र पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ज ...

यु–१९ एसिया कप : नेपालको प्रारम्भिक टोली घोषणा
काठमाडौँ । आगामी यु–१९ एसिया कपलाई लक्षित गर्दै नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रतियोगिताको... ...

फ्रान्समा सरकारविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ
काठमाडौं। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको नीति, बढ्दो महँगी र आर्थिक असमानताको विरोध गर्दै शनिबार देशभरका सयभन्दा बढी स्थानमा दशौँ हजार नागरिक सडकमा उत्रिएका छन्। गत साता भएका हिंसात्मक घटनापछि सरकारले सुरक्षा व्यवस्था कडा पारे पनि प्रदर्शन रोकिएको छैन। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार देशभरबाट अशान्ति मच्चाएको आरोपमा १३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसोसम्म करिब ३५ हजार मानिस प्रदर्शनमा सहभागी ...

यू–१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
आगामी यू–१९ एसिया कपलाई लक्षित गर्दै नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सञ्चालन हुनेछ । प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ । नेपालको प्रारम्भिक टोलीमा नितेश पटेल, चन्दन राम, वंश ...


