फ्रान्समा सरकारविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

काठमाडौं। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको नीति, बढ्दो महँगी र आर्थिक असमानताको विरोध गर्दै शनिबार देशभरका सयभन्दा बढी स्थानमा दशौँ हजार नागरिक सडकमा उत्रिएका छन्। गत साता भएका हिंसात्मक घटनापछि सरकारले सुरक्षा व्यवस्था कडा पारे पनि प्रदर्शन रोकिएको छैन। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार देशभरबाट अशान्ति मच्चाएको आरोपमा १३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसोसम्म करिब ३५ हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। पेरिस, मार्सेली, लियोन, बोर्डो र स्ट्रासबर्गलगायतका सहरमा ठूलो संख्यामा नागरिकले र्याली निकालेका छन्। पेरिसमा प्रदर्शन शान्तिपूर्ण रहे पनि नान्टेस र लियोनमा प्रदर्शनकारीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ। पेरिसमा प्रहरीले केही प्रदर्शनकारीबाट ग्यास मास्क र घरेलु हतियार बरामद गरेको जनाएको छ। प्रदर्शनकारीले सरकारले जनताको आवाज नसुनेको, अत्यधिक कर लगाएको र धनी वर्गलाई मात्रै प्राथमिकता दिएको आरोप लगाएका छन्। प्रदर्शनमा वामपन्थी नेता तथा राष्ट्रपतिका पूर्वउम्मेदवार जिन-लुक मेलेनचोन पनि सहभागी भएका छन्। उनले राष्ट्रपति म्याक्रोनलाई जनताको माग सम्बोधन गर्न आग्रह गरेका छन्। गत साता भएका हिंसात्मक प्रदर्शनका क्रममा ऐतिहासिक भवन र पसलमा आगजनी भएको थियो भने दुई हजार सात सयभन्दा बढी मानिस पक्राउ परेका थिए। फ्रान्समा जारी यो आन्दोलनको प्रभाव अन्य युरोपेली मुलुकमा पनि देखिन थालेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला
काठमाडौँ । रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेको पदमार्ग... ...

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी
वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने प्रयास उल्लेखनीय रूपमा बढाएको अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले शुक्रबार चेतावनी दिएका छन् । यो चेतावनी यमनका हूथीहरूबाट बढ्दो आक्रमणपछि वासिङ्टनले यस हप्ता साउदी अरबबाट गैरआवश्यक अमेरिकी दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाएको केही दिनपछि आएको हो । यो महिना साउदी अरबमा इरान […] ...

राजनीतिमा सक्रिय व्यक्तिले समाजका समस्या बुझ्छ: बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्त्व हुने बताएका छन्। राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ। भक्तपुरमा शनिबार सम्पन्न दुई दिने ४६औँ नेपालभाषा साहित्य तःमुंज्याको समापन समारोहमा उनले राजनीतिक क्षेत्रमा ... ...

यु–१९ एसिया कप: पोखरामा हुने बन्द प्रशिक्षणका लागि २८ खेलाडी छनोट
आगामी यु–१९ एसिया कपको तयारीलाई तीव्र पार्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले शनिबार टोली सार्वजनिक गर्दै खेलाडीहरूलाई पोखरामा सञ्चालन हुने बन्द प्रशिक्षणमा बोलाएको छ। युवा टोलीको बन्द प्रशिक्षण सोमबारदेखि पर्यटकीय सहर पोखरामा सुरु हुनेछ। क्यानका अनुसार बन्द प्रशिक्षणका क्रममा खेलाडीको मैदानभित्रको प्रदर्शन, अनुशासन र क्षमतालाई सुक्ष्म रूपमा […] ...


