चीनमा भूकम्प : १६ जनाको मृत्यु, ३३९ वटा घर भत्किए, उद्धार टोली सक्रिय

एजेन्सी । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको भूकम्प प्रभावित गाउँमा शुक्रबार बिहानै अग्नि नियन्त्रण तथा उद्धार टोलीहरू पुगेका छन्। उक्त क्षेत्रमा बिहीबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको केही घण्टापछि उद्धार टोलीहरू त्यहाँ पुगेका हुन्। चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार बिहीबार राति २२ः३३ बजे नाग्छु सहरको बाकेन काउन्टीमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु उत्तरी अक्षांश ३२.४० डिग्री र पूर्वी देशान्तर ९३.७९ डिग्रीमा रहेको थियो। भूकम्पको केन्द्रबिन्दु नजिकै र सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक मानिने गाङ्छे नगरमा ११० जना अग्नि नियन्त्रक, २५ वटा सवारीसाधन र खोज तथा उद्धारका लागि तालिमप्राप्त चारवटा कुकुरसहितको टोली पुगेको छ। उक्त टोलीले भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी गर्नुका साथै घरहरूमा भएको क्षतिको आकलन गरिरहेको छ। उद्धार कार्य जारी रहँदा थप उद्धार टोलीहरू पनि विपद् प्रभावित क्षेत्रमा पुग्ने क्रममा रहेका छन्। भूकम्पका कारण कम्तीमा १६ जनाको मृत्यु भएपछि शुक्रबार बिहानैदेखि उद्धार टोलीहरू परिचालन भएका हुन् । सिजाङको आपत्कालीन कमान्डबाट प्राप्त विवरणअनुसार शुक्रबार बिहान ७ बजेसम्म भूकम्पका कारण ५४ जना घाइते भएका छन् भने ३३९ वटा घर भत्किएका छन्। भूकम्पपछि चीनको भूकम्प प्रशासनले दोस्रो तहको आपत्कालीन प्रतिकार्य सुरु गरेको हो । (सीसीटीभीप्लस)
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास
लुसर्न (स्विट्जरल्यान्ड) । जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिरहेका बेला त्यहाँ वर्षौंदेखि बरफभित्र दबिएका पुराना वस्तु, ऐतिहासिक सामग्री र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन् । यस्ता सामग्री समेटेर लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुष, मेयोनेजको खाली ट्युब, फ्याँकिएको वाइनको बोतल, पर्वतारोहीको फुटेको ...

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास
लुसर्न । जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिरहेका बेला त्यहाँ वर्षौंदेखि बरफभित्र दबिएका पुराना वस्तु, ऐतिहासिक सामग्री र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन् । यस्ता सामग्री समेटेर लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुष, मेयोनेजको खाली ट्युब, […] ...

सख्या नाच
दाङको घोराही उपमहानगरपालिका–१० स्थित लमडरुवा गाउँमा थारु समुदयमा नाचिने परम्परागत सख्या नाच प्रस्तुत गर्दै थारू समुदायका महिला । ...

घमाइलो मौसममा रमाइलो दसैं
काठमाडौं।दसैं आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ? दसैं आउनुअघिका सातामा लगातार परेको पानीले उनको मनमा आशंका उब्जाएको थियो। कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि ! विगतका दसैंमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने यात्रा सहज होला भन्नेमा उनी ढुक्क हुन सकेकी थिइनन्। दसैं ...


