चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन्।उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने संकत गरेका छन्। ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको टिप्पणी गरेका छन्। यसले वासिङ्टन र किएभबीचको मतभेद थप उजागर गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चीनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा त्रिपक्षीय बैठकको सम्भावनाबारे चर्चा भए पनि कुनै ठोस सहमति नभएको बताएका छन्। नोभेम्बर १८ र १९ मा सेन्जेनमा हुने सम्मेलनमा तीनै देश सहभागी हुँदैछन् । चिनियाँ विदेश मन्त्रालयले भने सम्भावित भेटबारे जानकारी नभएको जनाएको छ। युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले किएभको सहभागिता बिना हुने बैठकले पुटिनलाई युद्ध जारी राख्न प्रोत्साहित गर्ने चेतावनी दिएका छन्। पेस्कोभले पनि अन्तिम शान्ति सम्झौताका लागि युक्रेनी प्रतिनिधिको सहभागिता आवश्यक रहेको बताएका छन्। यसैबीच, रुसले युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ। सोमबार खार्किभ क्षेत्रमा रुसी ड्रोन प्रहार हुँदा बालबालिकासहित ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। युक्रेनले अमेरिकामाथि महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध नगराएको आरोप समेत लगाएको छ। –रासस /एएफपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

१२ गाउँ-२ : एक्सनको पुनरावृत्ति, कथामा रिक्तता
'१२ गाउँ'ले एक्सन विधालाई एकपटक ब्युँताए पनि डेढ दशकयता रूपान्तरणको बाटोमा हिँडिरहेको नेपाली फिल्म क्षेत्रमा विराजचाहिँ कहिले ब्युँझने हुन्, त्यो भने हेर्न बाँकी छ । ...

पानीमा बिलाएको एउटा गाउँ जहाँ 'कोहिनूर हीरा भेटिन्थ्यो', अहिले पनि खोजिन्छ
BBC ऐतिहासिक अभिलेखका अनुसार कम्तीमा ८०० वर्ष पहिले कोल्लूर गाउँ विश्व प्रसिद्ध कोहिनूर हीरा खानीको लागि परिचित थियो जब सडकमा हीराको थुप्रो लगाएर बेचबिखनको प्रसङ्ग आउँछ, दक्षिण भारतस्थित विजयनगर साम्राज्यको नाम मानिसहरूको ...

खानामा स्वादसँगै संस्कृति
काठमाडौं।खाना जिब्रोको स्वादका लागि मात्र नभई शारीरिक स्वास्थ्यका लागि पनि खानुपर्छ। जिब्रोलाई मिठो लाग्ने सबै खानाले स्वास्थ्यमा राम्रो गर्छ भन्ने हुँदैन। त्यसैले स्वादसँगै खानाको पोषण र स्वास्थ्यमा पर्ने असरबारे पनि ध्यान दिनुपर्छ। नेपालका कतिपय परिकार संस्कार र संस्कृतिसँग जोडिएका छन्। कुन पर्व वा उत्सवमा के खाने भन्ने परम्परा नै बनेको छ। तर, बजारमा नयाँनयाँ परिकारको प्रचलन बढ्दै जाँदा परम्परागत र रैथाने ...

मुन्दुममा डुबेको मिङमार मन्दुमी
गाउँमा आयोजना हुने विवाह होस् वा अन्य मुन्दुमी उत्सवहरु । सानो उमेरका मिङमार खालिङ पाको उमेरका पूर्खाहरुसँग चुलाको छेउमा मुन्दुमी कार्य गरिरहेका हुन्थे । उनका दौंतरीहरु आँगनमा रमाइलो गर्दै नाचिरहँदा... ...


