चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

काठमाडौं- चीनले शुक्रबार शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ । ‘याओगान-५० ०३’ नामक उक्त स्याटेलाइटलाई परिमार्जित ‘लङ मार्च-६’ रकेटमार्फत अन्तरिक्षमा पठाइएको हो । प्रक्षेपणपछि स्याटेलाइट निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ अधिकारीहरूका अनुसार उक्त प्रक्षेपण अभियान पूर्ण रूपमा सफल भएको छ । स्याटेलाइटलाई मुख्यतः भू-सर्वेक्षण, बाली उत्पादनको अनुमान तथा विपद् रोकथाम र राहतसम्बन्धी कार्यमा प्रयोग गरिनेछ । रिमोट सेन्सिङ स्याटेलाइटले अन्तरिक्षबाट पृथ्वीको सतहसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न सक्छन् । यस्ता उपग्रहबाट प्राप्त जानकारी भूमि व्यवस्थापन, कृषि अनुगमन, प्राकृतिक विपद्को आकलन तथा राहत कार्यको योजना बनाउन उपयोगी हुन्छ । यो प्रक्षेपण चीनको ‘लङ मार्च’ रकेट शृङ्खलाको ६७२औँ उडान अभियान हो ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु, ७६ घाइते
उत्तरी तिब्बतको नाग्छु क्षेत्रमा गएको शक्तिशाली भूकम्पले ३३९ घर र २० पशु गोठ भत्काएको छ । भूकम्पपछि उद्धार तथा राहत कार्य जारी छ । ...

बेँसीसहर-चामे सडक ६ दिनमा सञ्चालन
मनाङ। अविरल वर्षाका कारण अवरुद्ध बेँसीसहर: चामे सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा छ दिनभित्रै सो सडक मर्मत गरी यातायात सेवा सुचारु गरिएको हो। गत असोजमा चार दिनसम्म परेको भारी वर्षाले सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो। बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन ...

पोखरा-दुबई उडानबाट एक महिनामा ६ हजार बढी यात्रु लाभान्वित
काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले एक महिना पूरा गरेको छ। गत असोज ७ गतेदेखि सुरु भएको उक्त सेवाबाट हालसम्म ६ हजार ३६२ यात्रुले सेवा लिएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाको अवधिमा कुल ३० वटा उडान भएका छन्। जसमा दुबईबाट पोखरा आउने चार हजार ५२१ र पोखराबाट दुबई ...

नवलपुरमा अटो दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । नवलपुरको देवचुली नगरपालिका: ६ मा भएको अटो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुनेमा ८ जना बालबालिका, ५ महिला र एक पुरुष रहेका छन् । नवलपुर प्रहरीका अनुसार देवचुलीको कीर्तिपुरबाट दलदलेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ००४००१ स ००५१ नम्बरको सामान बोक्ने अटो ओरालो बाटोमा ब्रेक फेल भई अनियन्त्रित भएर पल्टिएको थियो । घाइतेमध्ये ८ वर्षीया नम्रता लम्सालको ...


