चीनका प्रयोगशालामा उत्पादित हिरा निर्माण कम्पनीको ध्यान एआई र चिप उद्योगतर्फ

फेङ चानजुनको कारखानामा वार्षिक रूपमा उत्पादन हुने २० लाख क्यारेट प्रयोगशालामा उत्पादित हिरामध्ये हाल करिब ७० प्रतिशत गहनाका रूपमा प्रयोग हुने गरेको छ। यी उद्यमीले चीनको कृत्रिम हिरा उद्योगको भविष्य सेमिकन्डक्टर, एआई सर्भर तथा अन्य उच्च प्रविधिमा प्रयोग हुने सामग्रीको आपूर्तिमा रहेको विश्वास गरेका छन्। फेङले भने, ‘सन् २०३० सम्ममा कार्यात्मक सामग्रीका रूपमा प्रयोग हुने मेरा उत्पादनको हिस्सा ५० प्रतिशतभन्दा बढी पुर्याउने लक्ष्य रहेको छ भने गहना क्षेत्रमा प्रयोग हुने उत्पादनको हिस्सा अधिकतम ३० प्रतिशतमा सीमित गर्ने योजना छ।’ विश्वभर आपूर्ति हुने प्रयोगशालामा उत्पादित हिरामध्ये करिब आधा हिस्सा चीनका उत्पादकहरूले आपूर्ति गदर्छन्। प्रतिस्पर्धा तीव्र बन्दै जाँदा र मूल्यमा दबाब बढ्दा चीनका उत्पादकहरूले गहनाभन्दा बाहिरका बजारमा अवसर खोजिरहेका छन्। सेमिकन्डक्टर र एआई पूर्वाधारमा ताप व्यवस्थापनका लागि कृत्रिम हिराको प्रयोग व्यापक भयो भने यसको उत्पादनमा चीनको प्रभाव अमेरिकाका लागि अर्को आपूर्ति जोखिम बन्न सक्नेछ। केन रिसर्चका इन्गेजमेन्ट म्यानेजर मनन गोएन्काले भने, ‘यो परिवर्तन अहिले हिरा उद्योगको संरचनागत रूपान्तरणको प्रमुख विषय बनेको छ। यसले विश्वव्यापी प्रविधि आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्नेछ।’ कम्पनी र विश्लेषकहरूका अनुसार चिप, ताप व्यवस्थापन र क्वान्टम प्रविधिलगायतका क्षेत्रबाट आउने माग यस उद्योगको आगामी प्रमुख वृद्धिको आधार बन्न सक्छ। इलेक्ट्रोनिक उपकरण तथा कम्प्युटिङ प्रणालीको कार्यक्षमता सुधार गर्न सक्ने विशेष गुणका कारण कृत्रिम हिरालाई महत्त्वपूर्ण सामग्रीका रूपमा हेरिएको छ। रोयटर्सका अनुसार, एआईको विकाससँगै डाटा सेन्टरको क्षमता विस्तार गर्ने माग तीव्र रूपमा बढिरहेका बेला यो परिवर्तन आएको हो। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०२५ मा प्रकाशित प्रतिवेदनमा सन् २०३० सम्ममा डाटा सेन्टरको विद्युत् खपत दोब्बरभन्दा बढी हुँदै करिब ९४५ टेरावाट घण्टा पुग्ने अनुमान गरेको थियो। यो जापानको वार्षिक विद्युत् खपतको लगभग बराबर हो। प्रतिवेदनअनुसार यस वृद्धिको प्रमुख कारक एआई हुनेछ। The post चीनका प्रयोगशालामा उत्पादित हिरा निर्माण कम्पनीको ध्यान एआई र चिप उद्योगतर्फ appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

दूरसञ्चार बजारमा हस्तक्षेप गर्ने अधिकार बढाउने बेलायत सरकारको चाहना
बेलायतकी डिजिटल, संस्कृति, सञ्चारमाध्यम तथा खेलकुदमन्त्री लिसा न्यान्डीले दूरसञ्चार सेवाको निरन्तरता सुनिश्चित गर्न आफूलाई थप अधिकार दिने गरी कानुन परिवर्तन गर्न चाहेको बताएकी छन्। बेलायतकी डिजिटल, संस्कृति, सञ्चारमाध्यम तथा खेलकुदमन्त्री लिसा न्यान्डीले समस्यामा परेको इन्टरनेट सेवा प्रदायक कम्पनी टकटक लाई बीटीले अधिग्रहण गर्ने विषयमा प्रतिस्पर्धासम्बन्धी स्पष्ट चिन्ताभन्दा सार्वजनिक हितका अन्य पक्षलाई प्राथमिकता दिनुपर्ने संकेत गरेकी छन्। यस महिनाको सुरुवातमा घोषणा गरिएको उक्त ...

गुगलले तपाईको फोन नम्बर एकाउन्टसँग जोड्दै, कसरी बन्द गर्ने यो विकल्प?
एन्ड्रोइड डिभाइसमा गुगलले फोन नम्बर प्रमाणीकरण गरी प्रयोगकर्ताका गुगल अकाउन्टसँग जोड्ने सुविधा उपलब्ध गराएको छ। तर यस सुविधाले प्रयोगकर्ताको गोपनीयतासम्बन्धी समस्या बढाउन सक्ने देखिएको छ। रिपोर्टअनुसार, सन् २०२५ सेप्टेम्बरदेखि यो सक्रिय गरिएको छ। यसले सिमकार्डमा रहेको फोन नम्बर प्रमाणीकरण गरी उक्त डिभाइसमा लगइन गरिएका गुगल अकाउन्टसँग जोड्न अनुमति दिन्छ। यसमा कार्यालयसम्बन्धी अकाउन्टसमेत समावेश हुन सक्छन्। गुगलका अनुसार, अकाउन्ट पुन प्राप्त गर्ने, प्रयोगकर्ताको ...

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिमको सहज जित
१२ कात्तिक, काठमाडौं। एनपीएल: दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान दीपेन्द्रसिंह ऐरीको ५१ रन र इशान पाण्डेको ३७ रनको योगदानमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। पोखराले प्रस्तुत गरेको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। बलिङतर्फ अनिल खरेलले ३ विकेट लिएका […] The post दीपेन्द्रसिंह ऐरीको ...

नेपाल प्रिमियर लिग: डेभिड मलानपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा दोस्रो अर्धशतक
१२ कात्तिक, काठमाडौं। एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पोखरा एभेन्जर्स विरुद्ध ३६ बलमै ४ चौका र २ छक्काको मद्दतमा प्रतियोगिताको दोस्रो अर्धशतक प्रहार गरेका छन्। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीकाे नाममा दर्ज भएको […] The post नेपाल प्रिमियर ...


