गुगलले तपाईको फोन नम्बर एकाउन्टसँग जोड्दै, कसरी बन्द गर्ने यो विकल्प?

एन्ड्रोइड डिभाइसमा गुगलले फोन नम्बर प्रमाणीकरण गरी प्रयोगकर्ताका गुगल अकाउन्टसँग जोड्ने सुविधा उपलब्ध गराएको छ। तर यस सुविधाले प्रयोगकर्ताको गोपनीयतासम्बन्धी समस्या बढाउन सक्ने देखिएको छ। रिपोर्टअनुसार, सन् २०२५ सेप्टेम्बरदेखि यो सक्रिय गरिएको छ। यसले सिमकार्डमा रहेको फोन नम्बर प्रमाणीकरण गरी उक्त डिभाइसमा लगइन गरिएका गुगल अकाउन्टसँग जोड्न अनुमति दिन्छ। यसमा कार्यालयसम्बन्धी अकाउन्टसमेत समावेश हुन सक्छन्। गुगलका अनुसार, अकाउन्ट पुन प्राप्त गर्ने, प्रयोगकर्ताको पहिचान गर्ने तथा आरसीएस म्यासेज सेवा प्रयोग गर्नेलगायत विभिन्न सुविधा सहज बनाउन यो सुविधा ल्याइएको हो। एउटै फोन नम्बर विभिन्न अकाउन्टसँग जोडिने प्रक्रियाले आफ्नो व्यक्तिगत डेटामाथि बढी नियन्त्रण राख्न चाहने प्रयोगकर्ताका लागि समस्या सिर्जना गर्न सक्छ। फोन नम्बर प्रमाणीकरण गर्दा सामग्री सेयर गर्ने, भिडियो कल गर्ने तथा फोन नम्बरसँग सम्बन्धित सूचना प्राप्त गर्नेजस्ता गुगलका अन्य सुविधा पनि सक्रिय हुन सक्छन्। फोन नम्बर समय समयमा प्रमाणीकरण हुन सक्छ। त्यस्तै, सिमकार्ड परिवर्तन गर्दा नयाँ नम्बरसमेत उक्त डिभाइसमा लगइन गरिएका गुगल अकाउन्टसँग जोडिन सक्छ। कसरी बन्द गर्ने यो विकल्प? एन्ड्रोइड प्रयोगकर्ताले फोनको सेटिङमा गएर फोन नम्बर प्रमाणीकरण हुने सुविधा बन्द गर्न सक्छन्। त्यसका लागि निम्न प्रक्रिया अपनाउनुपर्छ। १. फोनको सेटिङ खोल्नुहोस्। २. गुगलमा गएर अल सर्भिसेज छान्नुहोस्। ३. प्राइभेसी एन्ड सेक्युरिटीमा जानुहोस्। ४. फोन नम्बर भेरिफिकेसन छान्नुहोस्। ५.भेरिफाइ फोन नम्बर्स अटोमेटिकली भन्ने विकल्प बन्द गर्नुहोस्। टेलिग्राफका अनुसार, यो सुविधा बन्द गर्दैमा गुगल अकाउन्टसँग पहिले नै जोडिएका फोन नम्बर हट्दैनन्। ती नम्बर हटाउन प्रयोगकर्ताले प्रत्येक गुगल अकाउन्टमा छुट्टाछुट्टै लगइन गर्नुपर्छ। त्यसपछि पर्सनल इन्फो भित्र रहेको सेक्सनको फोनमा गएर हटाउन चाहेको नम्बर डिलिट गर्न सकिन्छ। तर, यो सुविधा बन्द गर्दा आरसीएस म्यासेज सेवा तथा अकाउन्ट पुन प्राप्तिका लागि फोन नम्बर प्रयोग गर्ने क्षमतासहित केही सेवामा असर पर्न सक्छ। The post गुगलले तपाईको फोन नम्बर एकाउन्टसँग जोड्दै, कसरी बन्द गर्ने यो विकल्प? appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

दूरसञ्चार बजारमा हस्तक्षेप गर्ने अधिकार बढाउने बेलायत सरकारको चाहना
बेलायतकी डिजिटल, संस्कृति, सञ्चारमाध्यम तथा खेलकुदमन्त्री लिसा न्यान्डीले दूरसञ्चार सेवाको निरन्तरता सुनिश्चित गर्न आफूलाई थप अधिकार दिने गरी कानुन परिवर्तन गर्न चाहेको बताएकी छन्। बेलायतकी डिजिटल, संस्कृति, सञ्चारमाध्यम तथा खेलकुदमन्त्री लिसा न्यान्डीले समस्यामा परेको इन्टरनेट सेवा प्रदायक कम्पनी टकटक लाई बीटीले अधिग्रहण गर्ने विषयमा प्रतिस्पर्धासम्बन्धी स्पष्ट चिन्ताभन्दा सार्वजनिक हितका अन्य पक्षलाई प्राथमिकता दिनुपर्ने संकेत गरेकी छन्। यस महिनाको सुरुवातमा घोषणा गरिएको उक्त ...

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिमको सहज जित
१२ कात्तिक, काठमाडौं। एनपीएल: दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान दीपेन्द्रसिंह ऐरीको ५१ रन र इशान पाण्डेको ३७ रनको योगदानमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। पोखराले प्रस्तुत गरेको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। बलिङतर्फ अनिल खरेलले ३ विकेट लिएका […] The post दीपेन्द्रसिंह ऐरीको ...

नेपाल प्रिमियर लिग: डेभिड मलानपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा दोस्रो अर्धशतक
१२ कात्तिक, काठमाडौं। एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पोखरा एभेन्जर्स विरुद्ध ३६ बलमै ४ चौका र २ छक्काको मद्दतमा प्रतियोगिताको दोस्रो अर्धशतक प्रहार गरेका छन्। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीकाे नाममा दर्ज भएको […] The post नेपाल प्रिमियर ...


