Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती
Photo / Coverage: टेक्नोलोजी खबर

अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको चीनले अमेरिकी अन्तरिक्ष प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) को प्रतिवेदनले जनाएको छ। चीनले भूउपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेको र यसबाट अमेरिका तथा उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा खतरा बढ्न सक्ने प्रतिवेदनको मूल्याङ्कन छ। अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनले चीन, रुस, इरान र उत्तर कोरियालाई अमेरिकी अन्तरिक्ष सुरक्षाका प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ । यी देशले भूउपग्रह प्रणाली अवरुद्ध गर्ने, क्षति पुर्याउने वा नष्ट गर्न सक्ने प्रविधि विकास गरिरहेको उल्लेख गर्दै प्रतिवेदनले विशेषगरी चीन र रुसको जामिङ, साइबर आक्रमण तथा प्रत्यक्ष विनाशकारी हतियारको क्षमताबारे ध्यानाकर्षण गराएको छ। चीनले अन्तरिक्ष क्षेत्रमा अग्रणी शक्ति बन्ने, अन्तर्राष्ट्रिय मापदण्डमा प्रभाव बढाउने र अन्य देशको अन्तरिक्ष प्रणालीमाथिको निर्भरतालाई रणनीतिक लाभका रूपमा उपयोग गर्ने लक्ष्य राखेको डिआइएको आकलन छ। सन् २०१६ मा २२ ओटा अन्तरिक्ष प्रक्षेपण गरेको चीनले सन् २०२५ मा ९३ वटा गरेको थियो । त्यस्तै, सन् २०१६ मा ४० ओटा भूउपग्रह प्रक्षेपण गरेको चीनले गत वर्ष ३८४ वटा प्रक्षेपण गरेको प्रतिवेदनमा उल्लेख छ। सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) भूउपग्रह रहेको प्रतिवेदनमा जनाइएको छ । यी भूउपग्रहबाट प्राप्त सूचनाले सैन्य गतिविधि, हतियारको लक्ष्य निर्धारण, मौसम, समुद्री अवस्था र सञ्चारमा सहयोग पुर्याउन सक्छ। नागरिक तथा व्यावसायिक प्रयोजनका उपग्रहबाट प्राप्त तथ्याङ्कसमेत चिनियाँ जनमुक्ति सेनाले उपयोग गर्न सक्ने प्रतिवेदनको भनाइ छ। चिनियाँ स्याटेलाइट प्रणालीले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी तथा सहयोगी सेनाको गतिविधि निगरानी गर्न र विमानवाहक युद्धपोतको अवस्थिति पहिचान गर्न सहयोग गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ। चीनले पृथ्वीको सतहबाट तुलनात्मक रूपमा नजिक रहने कक्षमा ठूलो सङ्ख्यामा उपग्रह राखेर सञ्जाल विस्तार गरिरहेको छ । यसबाट विश्वका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र प्राप्त गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। चीनको बेइडोउ नेभिगेसन प्रणालीमा ४९ भूउपग्रह छन् र यसका दुई अर्बभन्दा बढी प्रयोगकर्ता रहेको प्रतिवेदनमा उल्लेख छ। चिनियाँ सेनाले निर्देशित हतियारको लक्ष्य निर्धारणमा समेत यसको प्रयोग गर्ने गरेको छ। अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशमा भूउपग्रह निर्माण, प्रक्षेपण, तालिम तथा बेइडोउ सेवामार्फत चीनले अन्तरिक्ष सहकार्य विस्तार गरिरहेको छ। चीनका ४०० भन्दा बढी व्यावसायिक अन्तरिक्ष कम्पनीले स्वदेशी तथा विदेशी ग्राहकलाई सेवा दिन सक्ने प्रतिवेदनमा जनाइएको छ। डिआइएका अनुसार चीनले भूउपग्रह नष्ट गर्न सक्ने भूमिमा आधारित प्रतिउपग्रह क्षेप्यास्त्रसहित जामिङ, साइबर आक्रमण र शक्तिशाली लेजर प्रविधि विकास गरिरहेको छ। चीनले सन् २००७ मा क्षेप्यास्त्र प्रहार गरी मौसम भूउपग्रह नष्ट गरेको थियो भने सन् २०१३ मा ३० हजार किलोमिटर उचाइसम्म वस्तु प्रक्षेपण गरेको थियो। यस क्षमताबाट पृथ्वीबाट धेरै टाढा अन्तरिक्षमा रहेका भूउपग्रहलाई समेत निशाना बनाउन सकिने अनुमान गरिएको छ। त्यस्तै, आफ्ना भूउपग्रहबाट अन्य देशका अन्तरिक्षयानको निगरानी र गतिविधिमा हस्तक्षेप गर्न सक्ने क्षमता पनि चीनले विस्तार गरिरहेको प्रतिवेदनमा उल्लेख छ। ‘टोङ्क्सिन जिशु शियान’ शृङ्खलाका २७ भूउपग्रहलाई सम्भावित हस्तक्षेपकारी प्रणालीका रूपमा उल्लेख गर्दै तीमध्ये केही विदेशी अन्तरिक्षयानको १० किलोमिटर नजिक पुगेको जनाइएको छ। ताइवानलाई लिएर क्षेत्रीय द्वन्द्व भएमा अमेरिकी हस्तक्षेप रोक्न चीनले प्रतिअन्तरिक्ष क्षमता प्रयोग गर्न सक्ने डिआइएको आकलन छ। अन्तरिक्षमा हतियार तैनाथ नगर्ने प्रतिबद्धता अघि सार्दै आएको चीनले भने प्रतिअन्तरिक्ष हतियार विकास जारी राखेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२४ अप्रिलमा राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनाको रणनीतिक सहयोग बल विघटन गरेपछि अन्तरिक्षसम्बन्धी क्षमता नयाँ एरोस्पेस फोर्समा समावेश गरिएको थियो, जुन केन्द्रीय सैन्य आयोगअन्तर्गत रहन्छ। प्रतिवेदनले रुसले युक्रेन युद्धमा व्यावसायिक भूउपग्रह तथा सञ्चार प्रणालीलाई निशाना बनाएको र चीनले रुसी सैन्य कारबाहीलाई आवश्यक अन्तरिक्षसम्बन्धी सहयोग बढाउँदै लगेको पनि उल्लेख गरेको छ। आगामी दशकमा चीन र रुसले पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष प्रणाली तथा अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) प्रविधि विकास गरे अन्तरिक्ष सुरक्षाको चुनौती थप बढ्न सक्ने डिआइएको चेतावनी छ। रासस/एएनआई The post चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गुगलका कार्यकारी डोनाल्ड ह्यारिसनले किन छाडे स्पेसएक्सको सञ्चालक समिति?
TechnologyJust now

गुगलका कार्यकारी डोनाल्ड ह्यारिसनले किन छाडे स्पेसएक्सको सञ्चालक समिति?

गुगलका वरिष्ठ कार्यकारी डोनाल्ड ह्यारिसनले एक दशकभन्दा बढी समयपछि स्पेसएक्सको सञ्चालक समिति (बोर्ड) बाट राजीनामा दिएका छन्। रोयटर्सका अनुसार ह्यारिसनले नोभेम्बर ४ मा स्पेसएक्सलाई राजीनामाबारे जानकारी गराएका थिए। उनको राजीनामा तत्कालै लागू भएको थियो। एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सले ह्यारिसनको राजीनामा कम्पनीको सञ्चालन, नीति वा कार्यशैलीसँग सम्बन्धित कुनै असहमतिका कारण नभएको जनाएको छ। रोयटर्सका अनुसार ह्यारिसन गुगलमा लामो समयदेखि कार्यरत छन्। उनी हाल ...

टेक्नोलोजी खबर
बिक्रीमा कमी आएका कारण टेस्लाले सन् २०२७ को मध्यदेखि साइबरट्रक उत्पादन बन्द गर्ने
TechnologyJust now

बिक्रीमा कमी आएका कारण टेस्लाले सन् २०२७ को मध्यदेखि साइबरट्रक उत्पादन बन्द गर्ने

टेस्लाले टेक्सासस्थित आफ्नो गिगाफ्याक्ट्रीमा सन् २०२७ को मध्यतिरदेखि साइबरट्रकको उत्पादन बन्द गर्ने भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले शुक्रबार यस्तो बताएका हुन्। भविष्यको पिकअप ट्रकका रूपमा प्रचार गरिएको यो मोडलको बिक्री वर्षौंदेखि कमजोर रहँदै आएको छ। यसको भारी र कोणीय डिजाइनका कारण यो सीमित बजारमा मात्रै बिक्री हुन सकेको छ। मस्कले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा साइबरट्रकको उत्पादन घटाएर ...

टेक्नोलोजी खबर
छ लाख ६२ हजार रुपैयाँ बराबरका मोबाइलका सामग्री बरामद
Technology1h ago

छ लाख ६२ हजार रुपैयाँ बराबरका मोबाइलका सामग्री बरामद

रुपन्देही प्रहरीले भन्सार छली गरी ल्याइएका रु छ लाखभन्दा बढी मूल्यका मोबाइलका विभिन्न पार्टपुर्जा तथा अन्य सामग्रीसहित मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट आइतबार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा ती सामग्री बरामद गरेको हो । प्रहरीले एक हजार ३१ थान मोबाइल टेम्पर्ड ग्लास, २४० थान ग्लुसहितको कभर्ड ...

टेक्नोलोजी खबर
विश्व दूरसञ्चार नीति निर्माणमा नेपालको सहभागिता, सञ्चारमन्त्री तिमिल्सिना दोहामा
Technology1h ago

विश्व दूरसञ्चार नीति निर्माणमा नेपालको सहभागिता, सञ्चारमन्त्री तिमिल्सिना दोहामा

काठमाडौं । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) को महासम्मेलन (Plenipotentiary Conference 2026, PP-26) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतारको राजधानी दोहा पुग्नुभएको छ ।नोभेम्बर ९ देखि २७ सम्म दोहास्थित Doha Exhibition and Convention Center (DECC) मा आयोजना हुने महासम्मेलनमा सहभागी हुन नोभेम्बर ७ मा दोहा पुग्नुभएका मन्त्री तिमिल्सिनालाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारस्थित नेपाली राजदूतावासका कार्यवाहक ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play