Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

गुगलका कार्यकारी डोनाल्ड ह्यारिसनले किन छाडे स्पेसएक्सको सञ्चालक समिति?

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुगलका कार्यकारी डोनाल्ड ह्यारिसनले किन छाडे स्पेसएक्सको सञ्चालक समिति?
Photo / Coverage: टेक्नोलोजी खबर

गुगलका वरिष्ठ कार्यकारी डोनाल्ड ह्यारिसनले एक दशकभन्दा बढी समयपछि स्पेसएक्सको सञ्चालक समिति (बोर्ड) बाट राजीनामा दिएका छन्। रोयटर्सका अनुसार ह्यारिसनले नोभेम्बर ४ मा स्पेसएक्सलाई राजीनामाबारे जानकारी गराएका थिए। उनको राजीनामा तत्कालै लागू भएको थियो। एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सले ह्यारिसनको राजीनामा कम्पनीको सञ्चालन, नीति वा कार्यशैलीसँग सम्बन्धित कुनै असहमतिका कारण नभएको जनाएको छ। रोयटर्सका अनुसार ह्यारिसन गुगलमा लामो समयदेखि कार्यरत छन्। उनी हाल गुगलको विश्वव्यापी साझेदारी तथा कर्पोरेट विकास विभागका अध्यक्ष छन्। गुगलको मातृ कम्पनी अल्फाबेट स्पेसएक्सको सबैभन्दा ठूलो एकल संस्थागत सेयरधनी रहेको एलएसईजीको तथ्यांकमा उल्लेख छ। तर, स्पेसएक्सका प्रमुख कार्यकारी एलन मस्कले भने अल्फाबेटसँग स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) बढेका कारण ह्यारिसनले बोर्ड छाडेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल एक्समा मस्कले ह्यारिसनलाई राम्रो बोर्ड सदस्य भन्दै कम्पनीमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका थिए। उनले अल्फाबेटसँग धेरै विषयमा स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था बनेकाले ह्यारिसनले पद छाडेको बताएका हुन्। यसैबीच, गुगलले शुक्रबार स्पेसएक्समा आफ्नो सेयर स्वामित्व केही बढेको विवरण सार्वजनिक गरेको छ। यसअघि ५५ करोड १२ लाख कित्ता रहेको सेयर संख्या बढेर करिब ५५ करोड ५० लाख कित्ता पुगेको छ। गुगल र स्पेसएक्स दुवै एआई पूर्वाधार तथा प्रविधि विकासका क्षेत्रमा सक्रिय रहेका बेला ह्यारिसनको राजीनामालाई दुई कम्पनीबीचको संस्थागत सम्बन्धका दृष्टिले पनि चासोका साथ हेरिएको छ। The post गुगलका कार्यकारी डोनाल्ड ह्यारिसनले किन छाडे स्पेसएक्सको सञ्चालक समिति? appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बिक्रीमा कमी आएका कारण टेस्लाले सन् २०२७ को मध्यदेखि साइबरट्रक उत्पादन बन्द गर्ने
TechnologyJust now

बिक्रीमा कमी आएका कारण टेस्लाले सन् २०२७ को मध्यदेखि साइबरट्रक उत्पादन बन्द गर्ने

टेस्लाले टेक्सासस्थित आफ्नो गिगाफ्याक्ट्रीमा सन् २०२७ को मध्यतिरदेखि साइबरट्रकको उत्पादन बन्द गर्ने भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले शुक्रबार यस्तो बताएका हुन्। भविष्यको पिकअप ट्रकका रूपमा प्रचार गरिएको यो मोडलको बिक्री वर्षौंदेखि कमजोर रहँदै आएको छ। यसको भारी र कोणीय डिजाइनका कारण यो सीमित बजारमा मात्रै बिक्री हुन सकेको छ। मस्कले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा साइबरट्रकको उत्पादन घटाएर ...

टेक्नोलोजी खबर
छ लाख ६२ हजार रुपैयाँ बराबरका मोबाइलका सामग्री बरामद
TechnologyJust now

छ लाख ६२ हजार रुपैयाँ बराबरका मोबाइलका सामग्री बरामद

रुपन्देही प्रहरीले भन्सार छली गरी ल्याइएका रु छ लाखभन्दा बढी मूल्यका मोबाइलका विभिन्न पार्टपुर्जा तथा अन्य सामग्रीसहित मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट आइतबार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा ती सामग्री बरामद गरेको हो । प्रहरीले एक हजार ३१ थान मोबाइल टेम्पर्ड ग्लास, २४० थान ग्लुसहितको कभर्ड ...

टेक्नोलोजी खबर
विश्व दूरसञ्चार नीति निर्माणमा नेपालको सहभागिता, सञ्चारमन्त्री तिमिल्सिना दोहामा
TechnologyJust now

विश्व दूरसञ्चार नीति निर्माणमा नेपालको सहभागिता, सञ्चारमन्त्री तिमिल्सिना दोहामा

काठमाडौं । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) को महासम्मेलन (Plenipotentiary Conference 2026, PP-26) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतारको राजधानी दोहा पुग्नुभएको छ ।नोभेम्बर ९ देखि २७ सम्म दोहास्थित Doha Exhibition and Convention Center (DECC) मा आयोजना हुने महासम्मेलनमा सहभागी हुन नोभेम्बर ७ मा दोहा पुग्नुभएका मन्त्री तिमिल्सिनालाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारस्थित नेपाली राजदूतावासका कार्यवाहक ...

आइसिटी समाचार
विदेशबाट ग्याजेट मगाउँदै हुनुहुन्छ ? यी कुरा नबुझी नकिन्नुहोस्, हुन सक्छ यस्तो समस्या
Technology37m ago

विदेशबाट ग्याजेट मगाउँदै हुनुहुन्छ ? यी कुरा नबुझी नकिन्नुहोस्, हुन सक्छ यस्तो समस्या

काठमाडौं । विदेशमा रहेका आफन्तमार्फत मोबाइल, ल्यापटप, स्मार्टवाचलगायतका विद्युतीय उपकरण मगाउने चलन बढ्दो छ । कतिपयले विदेश भ्रमणका क्रममा आफैं यस्ता सामान किनेर ल्याउँछन् भने केहीले अन्तर्राष्ट्रिय अनलाइन बजारबाट अर्डर गर्छन् । नेपालमा उपलब्ध नभएका वा स्वदेशको बजारभन्दा सस्तो पर्ने उत्पादनप्रति उपभोक्ताको आकर्षण हुनु स्वाभाविक पनि हो ।तर विदेशबाट ग्याजेट खरिद गर्दा मूल्य सस्तो हुनु मात्रै पर्याप्त हुँदैन । एउटै ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play