Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना
Photo / Coverage: टेक्नोलोजी खबर

कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीको पहलमा भरतपुरमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना गरिएको छ। नेपालका प्राकृतिक जलस्रोतमा पाइने जङ्गली ‘जेब्रा फिस’ को पहिचान, आनुवंशिक विविधताको अध्ययन, संरक्षण तथा आधुनिक जैविक अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले भरतपुर महानगरपालिका–७ मा नेपाल जेब्रा फिस इन नेचर सेन्टर (एनजिन्क) स्थापना गरिएको हो । केन्द्रको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ । केन्द्रले नेपालका जङ्गली ‘जेब्रा फिस’ सम्बन्धी अनुसन्धानलाई अन्तरराष्ट्रिय वैज्ञानिक तथा अनुसन्धान संस्थासँग जोड्दै मानव स्वास्थ्य, कृषि, पशु स्वास्थ्य, वातावरण, जल प्रदूषण र जैविक विविधतासम्बन्धी अध्ययन अघि बढाउने लक्ष्य लिएको छ। केन्द्रको उद्घाटन गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ऋषिराम कट्टेलले विश्वविद्यालयले पठनपाठनसँगै अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै आएको बताए। उनले जेब्राफिस अनुसन्धानमा रुचि राख्ने युवाको पहललाई विश्वविद्यालयले अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, वन तथा वातावरण विषयका प्राध्यापक र विद्यार्थीलाई अनुसन्धानमा जोड्नुका साथै मानव स्वास्थ्यसँग सम्बन्धित विश्वविद्यालय तथा अस्पतालसँग सहकार्य गर्न सके अनुसन्धानको दायरा फराकिलो हुने उनको भनाइ थियो। उनले जेब्राफिस आकारमा सानो भए पनि मानव स्वास्थ्य र रोगसम्बन्धी अध्ययनका लागि महत्त्वपूर्ण अनुसन्धान जीव भएको बताए। मानवसँग करिब ७० प्रतिशत जीन समानता रहेको जेब्राफिस भ्रुण विकास, आनुवंशिक रोग, औषधि परीक्षण तथा विभिन्न जैविक प्रक्रियाको अध्ययनमा उपयोगी हुने उनले उल्लेख गरे। नेपालको जैविक विविधता, जडीबुटी, जलस्रोत तथा प्राकृतिक वनस्पतिको वैज्ञानिक अध्ययनमा समेत जेब्रा फिसको प्रयोग गर्न सकिने भएकाले केन्द्रलाई राष्ट्रियस्तरको अनुसन्धान संस्थाका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए। विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राडा पुष्करबहादुर पालले जेब्रा फिस अनुसन्धान नेपालको जैविक विविधता र वैज्ञानिक अनुसन्धानका लागि महत्त्वपूर्ण अवसर भएको बताए। उनले जलवायु परिवर्तन, जल प्रदूषण तथा वातावरणीय प्रभावले जीवहरूको स्वास्थ्य र रोग उत्पन्न गर्ने सूक्ष्मजीवमा समेत परिवर्तन ल्याइरहेको उल्लेख गरे। औषधि तथा रोगसम्बन्धी अनुसन्धानका लागि वैज्ञानिक अध्ययन आवश्यक रहेको बताउँदै उनले जेब्रा फिसको पारदर्शी भ्रुण, छिटो विकास हुने प्रक्रिया र प्रयोगशालामा सहज रूपमा प्रजनन गराउन सकिने विशेषताका कारण यसको अनुसन्धानात्मक उपयोग बढ्दै गएको बताए। दक्षिण एसिया जेब्रा फिसको प्राकृतिक उत्पत्ति तथा बासस्थान क्षेत्र भए पनि नेपालमा यसको प्रजातिगत विविधता र आनुवंशिक अवस्थाबारे पर्याप्त अध्ययन हुन नसकेको उनले बताए। सरकारी प्रक्रियागत जटिलता र अनुसन्धानमा आवश्यक सहकार्यको अभावले नयाँ वैज्ञानिक पहललाई चुनौती दिइरहेको उल्लेख गर्दै उनले केन्द्रलाई व्यावहारिक अनुसन्धानमा केन्द्रित गरी अन्य जैविक विविधतासम्बन्धी विषयसमेत समेटेर अघि बढाउनुपर्ने धारणा राखे। विश्वविद्यालयका पूर्वडीन प्राडा अर्जुनकुमार श्रेष्ठले अनुसन्धान र नवप्रवर्तन विकासका आधार भएको उल्लेख गर्दै युवाको सक्रियतामा स्थापना भएको केन्द्रले भविष्यमा अन्य वनस्पति तथा कृषि उपजसमेत अनुसन्धानको दायरामा समेट्ने विश्वास व्यक्त गरे। राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख देवी घिमिरेले जेब्राफिससँगै नेपालमा पाइने अन्य माछाका प्रजातिलाई पनि अनुसन्धानमा समेट्नुपर्ने बताए। केन्द्रले विश्वविद्यालयका विद्यार्थी, विशेषगरी मत्स्य विज्ञानका विद्यार्थीलाई प्रयोगात्मक ज्ञान र अनुसन्धानको अवसर प्रदान गर्ने उनको भनाइ थियो। केन्द्रले अमेरिकाका युनिभर्सिटी अफ ओरेगन र ड्युक युनिभर्सिटी तथा नेपालका कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयलगायतका अनुसन्धान संस्थासँग सहकार्य विस्तार गरेको जनाएको छ। गत वर्ष अमेरिकी विश्वविद्यालयका अनुसन्धानकर्ताले चितवनका प्राकृतिक जलस्रोतमा पाइने जङ्गली जेब्रा फिसको नमुना सङ्कलन गरी प्रारम्भिक अनुसन्धान गरेका थिए । आगामी मार्चमा अमेरिकी अनुसन्धानकर्ता तथा प्रतिनिधि पुनः नेपाल आउने कार्यक्रम रहेको केन्द्रका अध्यक्ष प्रशान्तकान्त दाहालले बताए। उक्त भ्रमणले नेपाली विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्तालाई अन्तरराष्ट्रिय प्रयोगशाला र वैज्ञानिकसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्ने उनले बताए। केन्द्रका सचिव सुजन चापागाईंले नेपालमै स्वतन्त्र अनुसन्धान प्रयोगशाला स्थापना गरी जेब्रा फिसको आनुवंशिक तहमा अनुसन्धान अघि बढाउने दीर्घकालीन लक्ष्य रहेको बताए। नेपालका नदी, खोला, ताल तथा अन्य प्राकृतिक जलस्रोतमा पाइने जलीय जीवको आनुवंशिक विविधताको अभिलेखीकरण, संरक्षण र वैज्ञानिक अध्ययनलाई केन्द्रले प्राथमिकता दिने उनको भनाइ थियो। कार्यक्रममा विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा उज्ज्वल तिवारी, उपप्राध्यापक मिलन घिमिरे, सरोज रेग्मी, चेतराज पाठक, भरतपुर महानगरपालिकाका पशु चिकित्सक डा रविन बस्ताकोटी, रत्ननगर नगरपालिकाका कृषि प्राविधिक अङ्कित लुइँटेल तथा समाजसेवी बोनोद ढकाललगायत सहभागी थिए। विश्वविद्यालयका विद्यार्थी डा दिवस ढुङ्गानाले केन्द्रका गतिविधिबारे जानकारी गराएका थिए। रासस The post चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
Yamaha Fascino 125 Fi Hybrid launched in Kathmandu
TechnologyJust now

Yamaha Fascino 125 Fi Hybrid launched in Kathmandu

Yamaha Nepal, through MAW Rides Pvt Ltd, officially launched the Yamaha Fascino 125 Fi Hybrid today at the Nepal Art Council, Babarmahal. The gallery was turned into a showcase of style, where the scooter was presented as an expression of personality, creativity and taste. Guests walked through an exhibition of six Fascino Hybrid scooters, each styled around a different persona. Every ...

टेक्नोलोजी खबर
US chip restrictions cast shadow over Chinese AI labs
TechnologyJust now

US chip restrictions cast shadow over Chinese AI labs

Chinese AI labs like Z.ai, DeepSeek and Moonshot AI have been creeping ever closer to their US rivals in their capabilities, but the fallout from the Nvidia scandal could slow their progress. Experts said tighter US restrictions are curbing access to chips in the short term, which adds incentive for Beijing’s efforts to acclerate development of their own cutting-edge semiconductors. – How ...

टेक्नोलोजी खबर
Data center investment drives Australian capital expenditure to 15-year high
TechnologyJust now

Data center investment drives Australian capital expenditure to 15-year high

Private new capital expenditure in Australia surged 12.2 percent in the September quarter, marking its largest quarterly rise since 2011 as businesses ramped up investment in data center equipment, official data showed Thursday. Capital expenditure was 18.6 percent higher than a year earlier, driven by significant investment in equipment for data centers, the Australian Bureau of Statistics (ABS) head of business ...

टेक्नोलोजी खबर
Asian stocks mostly rise as markets calm after tech rout
TechnologyJust now

Asian stocks mostly rise as markets calm after tech rout

Asian stocks rallied Friday, with technology firms building on the previous day’s gains and enjoying a much-needed period of calm following the ructions at the start of the week. With Wall Street closed for the Thanksgiving holiday on Thursday, traders had few business-driving catalysts heading into the weekend, though they took the opportunity to pick up firms beaten down in recent ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement