Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Others/चाडपर्व लक्षित निकुञ्जको सुरक्षा योजना : तालिमप्राप्त कुकुरबाट समेत निगरानी

चाडपर्व लक्षित निकुञ्जको सुरक्षा योजना : तालिमप्राप्त कुकुरबाट समेत निगरानी

10/19/2026, 9:23:50 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्व लक्षित निकुञ्जको सुरक्षा योजना : तालिमप्राप्त कुकुरबाट समेत निगरानी

चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरुको चहलपहल बढी हुने हुँदा चोरी शिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो । अहिले संम्बेदनशिल क्षेत्रहरुमा ३५ ‘स्पाई क्यामेरा जडान गरेर सुरक्षा दिइएको उनले बताए । चोरी शिकारीका हिसावले जोखिम रहेका क्षेत्रहरुमा स्पाई क्यामेरासहित क्याम्पिङ् एण्ड एम्बुसिङ् लगायतका कामहरु गरिने उनको भनाइ छ । सूचना अधिकारी मगरका अनुसार बिगतमा हुने गरेका नियमित गस्ति सहित स्विपिङ्, पट्रोलीङ्, साईकल गस्ति, मोटरसाईकल गस्ति, बोट, गाडी र हात्तीबाट गस्ति गरिने छ । चार्डपर्वको समयमा निकुञ्ज आसपासमा बसोबास गर्ने स्थानीय पर्व मनाउन लाग्ने भएकाले चोरी शिकारीका बढी सम्बेदनशील मानिने गरिन्छ । सम्बेदनशील क्षेत्रहरुमा ‘लिङ्क पट्रोलीङ्’ लगायतका कामहरु भईरहेको छ । चुरे क्षेत्रमा समेत चोरी शिकारी हुन सक्ने भएकाले सो क्षेत्रलाई समेत मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाईएको छ । निकुञ्ज क्षेत्रभित्र ५७ स्थायी पोष्ट र ३ अस्थायी पोष्टहरुबाट सुरक्षा दिने काम भइरहेको छ । यसलाई अझै चुस्त वनाउँदै स्थानीय संगको साझेदारीमा निकुञ्ज सुरक्षा गरिने छ । शंकास्पद स्थानहरुमा तालिम प्राप्त कुकुर ९स्निफर डग० मार्फत निगरानी गरिने छ । आबश्यकता अनुसार अन्य सुरक्षा निकाय संग समेत समन्वय गरेर निकुन्ज क्षेत्रमा रहेका बस्तिहरुमा समेत तदारुपता वढाइएको सूचना अधिकारी मगरले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

राजनीतिक आडम्बरभित्रको ‘छ माया छपक्कै–२’
OthersJust now

राजनीतिक आडम्बरभित्रको ‘छ माया छपक्कै–२’

४० को दशकमा टेलिभिजन भएको घर चरिकोटमा निकै कम थियो । साँझ परेपछि महाभारत सिरियल हेर्न टेलिभिजन भएको घरमा छिमेकीको भीड लाग्ने गर्थ्यो । मेरा कान्छा मामा (श्यामकृष्ण श्रेष्ठ) को घरमा पनि २४ इन्चको रङ्गीन टेलिभिजन थियो । हरेक साँझ हामी उहाँको कोठामा महाभारत सिरियल हेर्न जम्मा हुने गर्थ्यौँ । सिरियलको बीचबीचमा आउने विज्ञापनको समयमा… ...

अनलाइन खबर
रोहित शेट्टीदेखि सलमान खानसम्म, बलिउडका यी सेलिब्रेटीमाथि कसले गरे आक्रमण ?
OthersJust now

रोहित शेट्टीदेखि सलमान खानसम्म, बलिउडका यी सेलिब्रेटीमाथि कसले गरे आक्रमण ?

बलिउड अभिनेता टाइगर श्राफको कारमा आइतबार साँझ मुम्बईमा अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन् । गोली प्रहारको घटनामा दुई जना घाइते भएका छन् । पछिल्ला केही वर्षमा बलिउडसँग सम्बन्धित विभिन्न सेलिब्रेटीमाथि ज्यान लिने उद्देश्यले आक्रमण गर्ने प्रयास भएका छन् । टाइगर श्राफमाथि भएको आक्रमणले फेरि एकपटक यस्ता व्यक्तिको सुरक्षाबारे चिन्ता बढाएको छ । पछिल्लो समय… ...

अनलाइन खबर
शोकको घडीमा संयमित रूपमा चाडपर्व मनाउन पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आग्रह
OthersJust now

शोकको घडीमा संयमित रूपमा चाडपर्व मनाउन पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आग्रह

यस वर्षको दशैँ तिहार र छठ पर्व संयमित रूपमा मनाउन पर्वतारोही तथा एशियन ट्रेकिङ प्रालिका संस्थापक अध्यक्ष आङ छिरिङ शेर्पाले आग्रह गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी र यहि असोज २५ मा गोरखाको बूढीगण्डकी नदीमा आएको भिषणबाढीबाट ज्यान गुमाएका मानिसहरु प्रति सम्मान व्यक्त गर्दै यसवर्ष चाडपर्व मनाउनुपर्ने उनले बताए । देश शोकमा रहेका बेला चाडपर्वका नाममा तडकभडक नगरी ...

पर्दाफास
स्टेयरिङ समातेपछि बदलिएको सपना
OthersJust now

स्टेयरिङ समातेपछि बदलिएको सपना

बागलुङबाट डेनमार्क पुगेकी सपनाले बस चालक बन्ने सपना कहिल्यै देखेकी थिइनन्। डेनमार्क पुगेपछि उनको ध्यान हाउस किपिङ र होटल-रेस्टुरेन्ट क्षेत्रमा काम गर्ने सिप सिक्नेतिर थियो। तर संयोगले रोजेको ६ हप्ते बस चालक तालिमले उनको जीवनको बाटो नै बदलिदियो। पाँच वर्षदेखि उनी डेनमार्क सार्वजनिक बसको स्टेयरिङ सम्हालिरहेकी छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play