Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Others/शोकको घडीमा संयमित रूपमा चाडपर्व मनाउन पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आग्रह

शोकको घडीमा संयमित रूपमा चाडपर्व मनाउन पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आग्रह

10/19/2026, 9:40:31 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
शोकको घडीमा संयमित रूपमा चाडपर्व मनाउन पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आग्रह

यस वर्षको दशैँ तिहार र छठ पर्व संयमित रूपमा मनाउन पर्वतारोही तथा एशियन ट्रेकिङ प्रालिका संस्थापक अध्यक्ष आङ छिरिङ शेर्पाले आग्रह गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी र यहि असोज २५ मा गोरखाको बूढीगण्डकी नदीमा आएको भिषणबाढीबाट ज्यान गुमाएका मानिसहरु प्रति सम्मान व्यक्त गर्दै यसवर्ष चाडपर्व मनाउनुपर्ने उनले बताए । देश शोकमा रहेका बेला चाडपर्वका नाममा तडकभडक नगरी अरूलाई असर नपर्ने गरी उत्सव मनाउनुपर्ने उनको भनाइ छ । दशैँ तिहार र छठको शुभकामना दिँदै उनले विपत्तिका कारण प्रभावित परिवार र समुदायको संवेदनशीलतालाई ध्यानमा राख्न सबैलाई अनुरोध गरेका हुन् । शेर्पाका अनुसार पछिल्लो समय चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन आएको छ । पहिले सानो हुँदा दशैँ–तिहार नयाँ लुगा लगाउने र परिवारसँग रमाइलो गर्ने विशेष अवसरका रूपमा लिइन्थ्यो । त्यो बेलामा नयाँ लुगा लगाउँदाको उत्साह र चाडपर्वको प्रतीक्षा बेग्लै हुने गरेको उनी सम्झन्छन् । तर अहिले नियमित रूपमा नयाँ लुगा लगाउने अवसर बढेकाले पहिलेको तुलनामा चाडपर्वप्रतिको उत्साह केही घटेको उनको बुझाइ छ । त्यसैगरी, क्रिसमस र अन्तर्राष्ट्रिय नयाँ वर्षलगायतका पर्व मनाउने चलन बढ्दै जाँदा नेपाली चाडपर्वको सामाजिक परिवेश पनि बदलिएको उनले बताए । यस्ता परिवर्तनका बीच आफ्ना संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । पर्यटन व्यवसायीका लागि भने दसैँ–तिहारको समय व्यस्त हुने गरेको शेर्पाले बताए । यही समयमा पर्यटकको आगमन बढी हुने भएकाले व्यवसायीले चाडपर्व मनाउनुका साथै पर्यटकलाई सेवा दिनुपर्ने दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्छ । कर्मचारीलाई बिदा दिनुपर्ने र उनीहरूको अनुपस्थितिमा पनि पर्यटकलाई नियमित सेवा उपलब्ध गराउनुपर्ने भएकाले पर्यटन व्यवसायीले परिवारसँग समय बिताउनसमेत कठिन हुने उनले बताए । उनका अनुसार पर्यटन व्यवसायीले चाडपर्वका अवसरमा आयोजना हुने सबै कार्यक्रममा सहभागी हुन नसके पनि नेपाली संस्कृति र परम्पराको प्रचारप्रसारमा योगदान दिन सक्छन् । पर्यटन क्षेक्रमा आबद्ध व्यत्तिहरूले नेपालका चाडपर्व, संस्कृति र परम्पराबारे अध्ययन तथा अनुसन्धान गरी त्यसको सकारात्मक सन्देश पर्यटकमाझ पुर्‍याउनुपर्ने उनले बताए । शेर्पाले पर्यटनलाई रोजगारी र राजस्व सिर्जनासँग जोड्दै नयाँ सम्भावनाको खोजी पनि निरन्तर गर्नुपर्ने बताए । उनका अनुसार पर्यटनसँग सम्बन्धित उद्योग तथा व्यवसाय विस्तारले देशमा रोजगारीका अवसर बढाउनुका साथै राजस्व वृद्धिमा सहयोग पुर्‍याउन सक्छ । उनले चाडपर्वलाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली संस्कृति बुझ्ने, त्यसको सम्मान गर्ने र अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको पहिचान प्रवर्द्धन गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

एसियन पारा खेलकुद : स्वीमिङका हर्कमान घर्ती फाइनलमा
OthersJust now

एसियन पारा खेलकुद : स्वीमिङका हर्कमान घर्ती फाइनलमा

२ कात्तिक, काठमाडौं । नेपाली पारा पौडी खेलाडी हर्कमान घर्ती जापानमा जारी आइची–नागोया २०२६ एसियन पारा खेलकुदको पुरुष ५० मिटर फ्रिस्टाइल एस–५ स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय पारा पौडी संघ नेपाल (एनपीएसएएन) का अनुसार हर्कमानले हिट्स चरण पार गर्दै फाइनलमा स्थान बनाएका हुन् । एसियन पारा खेलकुदको यस स्तरमा फाइनल पुग्ने उनी पहिलो… ...

अनलाइन खबर
राजनीतिक आडम्बरभित्रको ‘छ माया छपक्कै–२’
OthersJust now

राजनीतिक आडम्बरभित्रको ‘छ माया छपक्कै–२’

४० को दशकमा टेलिभिजन भएको घर चरिकोटमा निकै कम थियो । साँझ परेपछि महाभारत सिरियल हेर्न टेलिभिजन भएको घरमा छिमेकीको भीड लाग्ने गर्थ्यो । मेरा कान्छा मामा (श्यामकृष्ण श्रेष्ठ) को घरमा पनि २४ इन्चको रङ्गीन टेलिभिजन थियो । हरेक साँझ हामी उहाँको कोठामा महाभारत सिरियल हेर्न जम्मा हुने गर्थ्यौँ । सिरियलको बीचबीचमा आउने विज्ञापनको समयमा… ...

अनलाइन खबर
रोहित शेट्टीदेखि सलमान खानसम्म, बलिउडका यी सेलिब्रेटीमाथि कसले गरे आक्रमण ?
OthersJust now

रोहित शेट्टीदेखि सलमान खानसम्म, बलिउडका यी सेलिब्रेटीमाथि कसले गरे आक्रमण ?

बलिउड अभिनेता टाइगर श्राफको कारमा आइतबार साँझ मुम्बईमा अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन् । गोली प्रहारको घटनामा दुई जना घाइते भएका छन् । पछिल्ला केही वर्षमा बलिउडसँग सम्बन्धित विभिन्न सेलिब्रेटीमाथि ज्यान लिने उद्देश्यले आक्रमण गर्ने प्रयास भएका छन् । टाइगर श्राफमाथि भएको आक्रमणले फेरि एकपटक यस्ता व्यक्तिको सुरक्षाबारे चिन्ता बढाएको छ । पछिल्लो समय… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play