चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो

सप्तरी।राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ। तिहार, छठ जस्ता चाडपर्व नजिकिँदै जाँदा यहाँ भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको हो। तिहारमा प्रयोग गरिने माटोको दियो, कलश, घैला तथा छठपर्वमा प्रयोग गरिने बाँसको कोनिया, नाङ्लो, ढाकीलगायतका सामग्रीको माग दसैंपछि बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले जानकारी दिइन्। उनले भनिन्, “बाँसले बनाएको सामग्री बेचेको एक दशक भयो। अन्य समयमा ठिकठिकै व्यापार भए पनि दसैंदेखि छठसम्म राम्रो व्यापार हुँदै आएको छ।’ अन्य सिजनमा दिनको एक हजारको हाराहारीमा व्यापार हुँदै आए पनि दसैंदेखि तिहारसम्म दोब्बर व्यापार हुँदै आएको उनले बताइन्। विवाह व्रतबन्ध, मृत्युु संस्कार घरमा लगाइने पूजा बाहेकमा माटो र बाँसका सामग्री आवश्यकता नपर्ने हुनाले किन्नुपर्ने बाध्यता छैन। तर, तिहार र छठ मधेसमा सबैले अनिवार्य मनाउने हुनाले किन्नैपर्ने बाध्यता भएको राजविराज नगरपालिका वडा नं २ की ममता झाले बताइन्। उनले मधेसको हरेक चाडपर्व तथा पूजामा माटोका भाँडा र बाँसका सामग्री नभई नहुने हुनाले यो सिजनमा उक्त सामग्रीको व्यावसायिक कारोबार बढ्ने गरेको बताइन्। जिल्लाको विभिन्न पालिकामा बसोबास गर्ने स्थानीय कुमालले बनाएको माटोका र मरिक (डोम) समुदायले बनाएको बाँसका सामग्रीले बजार लिएपछि स्थानीयस्तरको लगानी स्थानीयस्तरमै रहने सकारात्मक रहेको राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले बताए। उनले माटो र बाँसबाट निर्माण गरिएका सामग्री स्थानीयले आफ्नै ठाउँमा खरिद–बिक्री गर्नु सकारात्मक पक्ष रहेको बताए। बाँस र माटोका सामग्री खरिद–बिक्री गर्न जिल्लावासीले अन्य जिल्लाको भर पर्नुपरेको छैन।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सलिको गल्फ प्रतियोगिता शनिबार
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा हुने एकदिने प्रतियोगितामा करिब एक सय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन्। ...

क्युबामाथिको अमेरिकी नाकाबन्दी हटाउन चीनको माग
क्युबाको भविष्य र भाग्यको फैसला गर्ने अधिकार त्यहाँका जनतालाई मात्रै छ । कसैलाई पनि अन्य देशमाथि प्रतिबन्ध लगाउने, उनीहरुका इच्छा र विकासको बाटो रोक्ने अधिकार छैन : चीन ...

पोखरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु
पोखरा । पोखराको न्यूरोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सभागृह चोकस्थित न्यूरोडको ग.१६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनाबाट स्कुटरमा सवार पोखरा... ...

स्याङ्जाकाे फूल पोखरा र बुटवलसम्म
स्याङ्जा।पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूल खेती गर्ने किसानको संख्या बढदै गएको छ। कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय यहाँ फूलको व्यावसायिक उत्पादन थालिएको हो। अरु अन्नबालीको तुलनामा बाँदरले क्षति नपुर्याउने र बजारमा सहजै खपत हुने भएकाले किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका हुन्। जिल्लाभित्रै फूलको व्यावसायिक उत्पादन सुरु भएपछि फूल तथा माला आयात गर्ने क्रम ...


