चक्रवातको प्रभावले नेपालमा भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, कात्तिक १२। बङ्गालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बन्दै गएपछि नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार चक्रवात हिजो भारतको भूभागमा प्रवेश गरिसकेको छ। यसको प्रभाव बिहीबार रातिदेखि नेपालमा सुरु हुने अनुमान गरिएको छ। चक्रवातको प्रभावका कारण शुक्रबार कात्तिक १३ र शनिबार कात्तिक १४ गते कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यी प्रदेशमा वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने जोखिम रहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको छ। प्रतिकूल मौसमका कारण विशेषगरी हिमाली क्षेत्रको यात्रा तथा दैनिक गतिविधिमा कठिनाइ हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ। सम्भावित विपद्को जोखिम कम गर्न मौसमको अवस्थाबारे नियमित जानकारी लिन, अनावश्यक यात्रा नगर्न तथा चट्याङ, हावाहुरी, भारी वर्षा र हिमपातबाट जोगिन आवश्यक सतर्कता अपनाउनुपर्नेछ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

बहुमत नपाएपछि नेतान्याहूको आरोप- चुनावमा जालसाजी भयो
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले चोरी गरेका छन्। यो ...

‘भारतविरोधी उग्र राष्ट्रवादले देशको विकास हुँदैन’- धमला
काठमाडौं । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले भारतविरोधी उग्र राष्ट्रवादले नेपालको विकास सम्भव नरहेको बताएका छन् ।... ...

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने
काठमाडौं, कात्तिक १२। नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि सवारीको वर्गअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णयअनुसार सार्वजनिक गरिएको सूचनामा सुरुङमार्ग प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क कात्तिक १५ गतेदेखि लागु हुने भएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सार्वजनिक गरेको सूचनाअनुसार नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई चार वर्गमा विभाजन ...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन् । केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा […] ...


