नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने

काठमाडौं, कात्तिक १२। नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि सवारीको वर्गअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णयअनुसार सार्वजनिक गरिएको सूचनामा सुरुङमार्ग प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क कात्तिक १५ गतेदेखि लागु हुने भएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सार्वजनिक गरेको सूचनाअनुसार नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई चार वर्गमा विभाजन गरी शुल्क तोकिएको छ। निर्धारित दरअनुसार कार, जिप, भ्यान, पिकअप, माइक्रोबस, ट्याक्टर तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। त्यस्तै, मिनी बस, मिनी टिपर तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। बस तथा ट्रक (सिंगल रियर एक्सल) का लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौं बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ। मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणका लागि भने काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्ने सूचनामा उल्लेख छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज १२ गतेको निर्णयअनुसार तथा नेपाल राजपत्रमा २०८२ चैत २९ गते प्रकाशित सूचनालाई आधार मानेर उक्त शुल्कसम्बन्धी व्यवस्था सार्वजनिक गरिएको हो। नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीचालक तथा यातायात व्यवसायीले आफ्नो सवारीसाधनको वर्गअनुसार निर्धारित शुल्क बुझाउनुपर्नेछ। सरुङ प्रयोग गर्दा काठमाडौं प्रवेश र निस्कने समय छोटिने छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

न्यायाधीशपछि प्रधानन्यायाधीश शर्माको नामसमेत बिचौलियाको आर्थिक लेनदेनको लिष्ट्मा
काठमाडौं । न्यायालयको सर्वोच्च पदमा आसीन प्रधानन्यायाधीश मनोजकुमार शर्माको नामसमेत बिचौलिया इनम सापकोटासँग जोडिएको आर्थिक लेनदेनको विवरणमा उल्लेख भएको सार्वजनिक... ...

काङ्ग्रेसको नवनिर्वाचित कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने
काठमाडौँ, कात्तिक १२ गते । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ल... ...

बहुमत नपाएपछि नेतान्याहूको आरोप- चुनावमा जालसाजी भयो
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले चोरी गरेका छन्। यो ...

‘भारतविरोधी उग्र राष्ट्रवादले देशको विकास हुँदैन’- धमला
काठमाडौं । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले भारतविरोधी उग्र राष्ट्रवादले नेपालको विकास सम्भव नरहेको बताएका छन् ।... ...


