गोरखाका किसानको समस्या सुनेपछि गृहमन्त्रीले दिए पुल बनाउने आश्वासन

गोरखा । सडक र पुलको अभावमा कृषि उपज बजारसम्म पुर्याउन नसक्दा गोरखाको गण्डकी गाउँपालिकाका किसानले वर्षौंदेखि समस्या भोग्दै आएका छन्। उत्पादित तरकारीले उचित मूल्य नपाउने र बजारसम्म लैजान नसक्दा बारीमै कुहिने अवस्था रहेको भन्दै स्थानीयले गृहमन्त्री सुधन गुरुङसँग गुनासो गरेका छन्। मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसँग स्थानीयले पुल नहुँदा कृषि उत्पादनको बजारीकरणमा समस्या भइरहेको बताएका हुन्। यातायातको सहज पहुँच नहुँदा तरकारी समयमै बजार पुर्याउन नसकिएको र कतिपय अवस्थामा बिक्री नै नभई बारीमै कुहिने गरेको उनीहरूको गुनासो छ। स्थानीयका अनुसार पुलको अभावले कृषि उपजको बिक्री वितरणमा मात्र नभई दैनिक आवागमन र आर्थिक गतिविधिमा समेत असर परेको छ। स्थानीयका गुनासा सुनेपछि गृहमन्त्री गुरुङले ज्यामीरेघाटमा पक्की पुल निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन्। पुल निर्माण भएपछि स्थानीयको आवागमन सहज हुनुका साथै किसानले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज बजारसम्म पुर्याउन सहज हुने उनले बताएका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

आर्थिक लेखक तथा पत्रकार रिसव गौतम ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’बाट सम्मानित
काठमाडौँ । शब्दयात्रा प्रकाशनले लेखन तथा पत्रकारिताको क्षेत्रमा योगदान दिएबापत आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमलाई २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ। शब्दयात्रा प्रकाशनले शनिबार बनेपास्थित आफ्नै सभाकक्षमा... ...

सत्ताको सुनौलो वाचा र विवेकको परीक्षा
सरकार वा पार्टीले आलोचकलाई झन्झट ठान्दा उनीहरूलाई सोध्नुपर्छ: नागरिकको भूमिका ताली बजाउनुमा सीमित छ ? लोकप्रियताले जवाफदेही हुनु नपर्ने छुट दिन्छ? ...

जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
• सिन्धुपाल्चोकको जुगल-२ हिमालमा स्पेनका तीन पर्वतारोहीले पहिलोपटक सफल आरोहण गरेका छन्। • यस सफलताले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ। • जुगल गाउँपालिकाले हिमाल आरोहण र पर्यटन प्रवर्द्धनका लागि 'जुगल भ्रमण वर्ष २०८३' सञ्चालन गरिरहेको छ। ...

सुदूरपश्चिमले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ । यो खेल ५-५ ओभरको हुने भएको छ । सुदूरपश्चिमका विदेशी खेलाडीले मैदान खेल्न योग्य नरहेको बताएर खेल्न तयार नभएपछि टसमा ढिलाई भएको थियो । लामो छलफलपछि म्याच रेफ्रीले खेल नखेलेमा विराटनगर किंग्सलाई २ अंक दिने ...


