गेटामा एमबीबीएस अनुमति खारेज गर्न डा. केसीको माग

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्न माग गरेका छन्। उनले आफ्ना माग पूरा गर्न सरकारलाई एक साताको अल्टिमेटम दिएका छन्। सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीले आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिनु गैरजिम्मेवार कदम भएको बताएका छन्। यसले चिकित्सा शिक्षाको गुणस्तरमा असर पर्नुका साथै नागरिकको स्वास्थ्य र जीवन जोखिममा पर्न सक्ने उनको भनाइ छ। उनले नेपाली आर्मी मेडिकल कलेजलगायत विभिन्न शिक्षण संस्थामा सिट वृद्धि गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय समेत तत्काल खारेज गर्न माग गरेका छन्। आयोगका उपाध्यक्ष नियुक्त हुनुअघि नेपाली आर्मी मेडिकल कलेजको प्रिन्सिपल रहेका व्यक्तिको पूर्व संस्थामा सिट वृद्धि गर्ने निर्णयले स्वार्थको द्वन्द्वको प्रश्न उठाएको डा. केसीले बताएका छन्। सिट निर्धारणसम्बन्धी समितिमा उपाध्यक्षका परिवारका सदस्यलाई नियुक्त गरिएको विषयमा समेत निष्पक्ष छानबिन गर्न उनले माग गरेका छन्। गेटास्थित शिक्षण अस्पताल अझै पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको अवस्थामा शैक्षिक कार्यक्रम सुरु गर्न अनुमति दिनु उचित नभएको उनको भनाइ छ। आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरी अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा निर्धारित मापदण्ड पूरा भएपछि मात्र गुणस्तरीय शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने उनले बताएका छन्। डा. केसीले निर्णय प्रक्रियामा संलग्न चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारीको भूमिकाबारे निष्पक्ष छानबिन गर्न तथा स्वार्थको द्वन्द्व देखिएका र अयोग्य पदाधिकारीलाई बर्खास्त गर्न पनि माग गरेका छन्। त्यसैगरी, २०८३ साउन ११ गते सरकारसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न उनले आग्रह गरेका छन्। आफ्ना माग एक साताभित्र सम्बोधन नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिँदै डा. केसीले त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

भोटेकोसी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ शोक र प्रतीक्षामा
घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ। तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दसैँ खुसीको पर्व बन्न सकेको छैन। परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोसी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा खुसीभन्दा बढी पीडा छ। बाढीमा बेपत्ता प्रदीप थारुकी श्रीमती सि... ...

राष्ट्रपति पौडेलले गरे काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन
रामचन्द्र पौडेलले बडादशैँका अवसरमा सोमबार काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । ...

मैतीदेवी मन्दिरमा राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल महाअष्टमीका अवसरमा मैतीदेवी मन्दिर पुगेर दर्शन गरेका छन् । ...

फ्रान्समा सुरक्षा असफलताको स्वीकारोक्ति: २ हजार ४०० पक्राउ, गृहमन्त्रीको राजीनामा अस्वीकृत
काठमाडौं । फ्रान्समा महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध उर्लिएको जनप्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रों सरकारमाथि दबाब चुलिएको छ। देशभर भएको प्रदर्शनका क्रममा २ हजार ४०० जनाभन्दा बढी पक्राउ परेका छन् भने झन्डै एक हजार प्रहरी तथा सुरक्षाकर्मी घाइते भएका छन्। सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र व्यापक तोडफोड भएपछि सरकारको सुरक्षा तयारीमाथि गम्भीर प्रश्न उठेको छ। सुरक्षा व्यवस्थापनमा ...


