गुल्मीमा स्कार्पियो दुर्घटनाः ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी– गुल्मीको कालीगण्डकी गाउँपालिका- २ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका- १ सिरकोट हुँदै राक्सेतर्फ जाने क्रममा बा ०२२० नम्बरको स्कार्पियो सोमबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा चालक स्याङ्जा वालिङ नगरपालिका- २ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका- १० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका- १ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे, सोही स्थानकी सीता पाण्डे र कुलानन्द पाण्डे तथा वालिङ नगरपालिका- २ की नीता बगाले रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउनेहरुमा पाँच जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । नीता बगालेको उपचारका क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी कालीगण्डकी गाउँपालिका- १ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका- १० का बालकृष्ण सुवेदी घाइते भएका छन् । घाइतेमध्ये छविलालको अवस्था गम्भीर रहेको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य जारी गर्न आयल निगमको निर्देशन
नेपाल आयल निगमले एलपी ग्यास बिक्री वितरण गर्ने विक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्न निर्देशन दिएको छ। निगमले सोमबार सूचना जारी गरेर ग्यास बिक्री गरेपछि बिल बिजक जारी नगरेको गुनासो आएको भन्दै विक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्न भनेको हो। निगमले यसअघि २०८१ साउन ३० र २०८१ कात्तिक १० गते पनि सबै ग्यास उद्योगहरुलाई पत्राचार गरेर अनिवार्य रुपमा... ...

सिफारिस चार न्यायाधीशमाथि उजुरी आह्वान
संघीय संसदको सुनुवाई समितिले सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका चार न्यायाधीशमाथि उजुरी आह्वान गरेको छ। जसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत तथा सर्वाेच्च अदालतमा काजमा रहे... ...

एनपीएल सिजन ३ डिसहोममा अतिरिक्त शुल्कबिना एचडीमा हेर्न पाइने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को रोमाञ्चक क्रिकेट डिसहोम डीटीएच तथा आईपीटीभी मार्फत प्रत्यक्ष एचडी गुणस्तरमा हेर्न पाइने भएको छ । डिसहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले अतिरिक्त... ...

भगवतीमाई गाउँपालिकामा २ बालिका मृत फेला
दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा २ बालिका मृत अवस्थामा फेला परेका छन् । भगवतीमाई गाउँपालिका–४ स्थित मनघरमा १३ र १४ वर्षीया बालिका घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् । नाताले दिदीबहिनी पर्ने उनीहरू दुवै जना जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज […] ...


