Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी
Photo / Coverage: पर्दाफास

सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा उपचाररत एक गर्भवती महिलाको मृत्यु भएपछि आफन्त तथा अन्य व्यक्तिहरूले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेका छन्। गएराति करिब ८ः३० बजे बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड तथा आगजनी भएको हो । नौ महिनाकी गर्भवती सिमा विगत तीन दिनदेखि बिरामी भई नगर अस्पताल बरहथवामा उपचाररत थिइन्। उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण बिरामी अचानक बेहोस भएको भन्दै उनका आफन्तले अस्पतालभित्रै विरोध जनाउँदै इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए । प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा अस्पतालमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। यसैबीच, थप उपचारका लागि सिमालाई राति १०ः४५ बजे चन्द्रनिगाहपुरस्थित अस्पताल पु¥याइएकोमा चिकित्सकले राति १०ः५३ बजे मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याएर शवगृहमा राखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनी महरा र २० वर्षीय राजन राम रहेका छन्। त्यस्तै, अस्पतालको इमर्जेन्सी कक्षमा पेट्रोल छर्केर आगजनी तथा तोडफोड गरेको आरोपमा अस्पतालमै करारमा कार्यरत बरहथवा–५ निवासी ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य जारी रहेको छ। अस्पतालमा तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। घटनापछि अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित
OthersJust now

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गरेको ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणाले मोफसलका क्लबका सञ्चालक उत्साहित भएका छन् । प्रधानमन्त्री शाहले आठ वटै क्लबका आफ्नै ‘फ्लडलाइट’ सहितका क्रिकेट रंगशालाको निर्माण नेपाल सरकार पूर्वाधार विकास मन्त्रालयले गर्ने बताएका छन् । क्रिकेट क्लबका सञ्चालकले प्रधानमन्त्रीको भनाइलाई स्वागत गर्दै उत्साहित भएका हुन् । प्रधानमन्त्रीले नेपाल ...

पर्दाफास
कोप–३१ मा सहमति जुट्न नसक्दा निराश यूएन जलवायु प्रमुख, भने– हार मान्दैनौँ
OthersJust now

कोप–३१ मा सहमति जुट्न नसक्दा निराश यूएन जलवायु प्रमुख, भने– हार मान्दैनौँ

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप-३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताएका छन् । टर्किएको अन्ताल्यामा निर्धारित समयभन्दा दुई दिन ढिलो आइतबार आयोजित कोप-३१ को समापन समारोहमा सम्बोधन गर्दै कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनका असर विश्वभर बढिरहेको अवस्थामा अन्तर्राष्ट्रिय जलवायु सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ । कार्यकारी सचिव स्टिलले ...

पर्दाफास
राष्ट्र र राष्ट्रियता जोड्ने सेतु बनेको एनपीएल
OthersJust now

राष्ट्र र राष्ट्रियता जोड्ने सेतु बनेको एनपीएल

सुदूरपश्चिम रोयल्सको जितसँगै सम्पन्न एनपीएलको तेस्रो संस्करण अब क्रिकेट प्रतियोगितामा मात्र सीमित रहेन। निराशा र अधैर्यबाट गुज्रिरहेको नेपाली समाजलाई एकताको सूत्रमा बाँध्दै सङ्गठित राष्ट्रियताको सन्देश दिएको एनपीएलले खेल पर्यटन र वैकल्पिक अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको बहसलाई समेत नयाँ उचाइ दिएको छ। ...

अनलाइन खबर
महाकाली साझा हो : बगर आधा–आधा हो
OthersJust now

महाकाली साझा हो : बगर आधा–आधा हो

महाकाली सन्धि भारतको ठूलो जित थियो । किनकि यसैका आडमा उसले उसले एकतर्फी रूपमा बनाएको टनकपुर बाँधलाई नेपालले स्वीकार गर्न पुग्यो । तर, महाकालीको सन्धिको ३० वर्ष नाघ्दा पनि नेपाललाई बराबरी फाइदा हुने पञ्चेश्वर बहुउद्देश्यीय परियोजना भने अघि बढेन । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement