दाङ। जय नेपाल पार्टीले दाङमा ११ सदस्यीय तदर्थ जिल्ला कार्यसमिति गठन गरेको छ। पार्टीका सभापति धवलशमशेर जबराले सोमबार एक विज्ञप्तिमार्फत दाङको तुलसीपुरमा पार्टीका संस्थापक केन्द्रीय सदस्य विश्वदेव शाह, के.बी. डाङ्गी र प्रभातनाथ योगीको पहलमा सशस्त्र प्रहरी बलका पूर्वएसएसपी भेषबहादुर शाहको नेतृत्वमा जिल्ला कार्यसमिति गठन गरिएको जानकारी दिएका हुन्। नवनियुक्त जिल्ला समितिको अध्यक्षमा भेषबहादुर शाह चयन भएका छन्। उपाध्यक्षमा रमिता चौधरी, सचिवमा झकेन्द्रबहादुर शाह, कोषाध्यक्षमा रेशम चन्द र सहकोषाध्यक्षमा सुषमा योगी रहेका छन्। त्यस्तै सदस्यहरूमा ललिता थापा, नरेश खड्का, रामनारायण शाह, अर्जुन बुढाथोकी, सुमन दुलाल विक र भोला प्रसाद योगी रहेका छन्। पार्टीले दाङमा संगठन विस्तार तथा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले तदर्थ जिल्ला समिति गठन गरेको जनाएको छ।
जय नेपाल पार्टीको दाङमा ११ सदस्यीय तदर्थ जिल्ला समिति गठन

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






