Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित
Photo / Coverage: पर्दाफास

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गरेको ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणाले मोफसलका क्लबका सञ्चालक उत्साहित भएका छन् । प्रधानमन्त्री शाहले आठ वटै क्लबका आफ्नै ‘फ्लडलाइट’ सहितका क्रिकेट रंगशालाको निर्माण नेपाल सरकार पूर्वाधार विकास मन्त्रालयले गर्ने बताएका छन् । क्रिकेट क्लबका सञ्चालकले प्रधानमन्त्रीको भनाइलाई स्वागत गर्दै उत्साहित भएका हुन् । प्रधानमन्त्रीले नेपाल ‘प्रिमियर लिग’को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने भन्दै क्रिकेट रंगशाला नै तोकेका छन् । कर्णाली एक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले आफ्नै घरेलु मैदानमा आफ्नै माटो र समर्थकको न्यानो साथमा खेल्ने कर्णालीवासीको वषौँदेखिको सपना अब साकार हुने दिशामा अघि बढेको बताए । राज्यको ऐतिहासिक पहलले कर्णालीको खेलकुद, पूर्वाधार विकास, लुकेका स्थानी प्रतिभाको प्रस्फुटन र समग्र कर्णालीको खेल पर्यटन प्रवर्द्धनमा कोसेढुंगा साबित हुने विश्वास लिइएको बताए। कर्णालीमा अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने यस महाअभियानमा नेपाल सरकार, प्रदेश सरकार, नेपाल क्रिकेट संघ र सम्पूर्ण सरोकारवाला निकायसँग हातेमालो गर्दै अघि बढ्न कर्णाली एक्स सधैँ तत्पर र प्रतिबद्ध रहेको उनले बताए। यस्तै, जिल्लामा रंगशाला निर्माण अन्तिम चरणमा पुगेको चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू हुने र आफ्नै घरेलु मैदान विकासको प्रधानमन्त्रीको घोषणाप्रति हार्दिक स्वागत र धन्यवाद व्यक्त गरेका छन् । उनले भने, “आफ्नै सहरमा आफ्नै मैदानमा खेल्ने कुरा केवल खेलसम्म सीमित होइन, यो कर्णालीदेखि चितवनसम्मका समर्थकलाई नजिकैबाट टिमको उत्साह बाँड्ने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र खेल पूर्वाधार आधुनिक बनाउने अवसर हो ।” यो पहलले स्थानीय युवा प्रतिभालाई प्रेरणा दिने, प्रशिक्षण सहज बनाउने र पूरै प्रदेशमा खेलकुदको माहोल बढाउने विश्वास लिइएको उनको भनाइ छ । न्यौपानेले चितवन राइनोजका तर्फबाट नेपाल सरकार, प्रदेश सरकार, भरतपुर महानगरपालिका, क्यान र सबै सरोकारवाला निकायप्रति सहयोगको अपेक्षा राखे । उनले यस राष्ट्रिय अभियानलाई सफल बनाउन तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको अन्तरराष्ट्रियस्तरको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले शीघ्र फ्लडलाइट जडान हुनेमा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्री शाहले चितवन राइनोजलाई गौतमबुद्ध क्रिकेट रङ्गशाला, कर्णाली एक्सलाई सुर्खेत क्रिकेट रंगशाला, विराटनगर किङ्सलाई वैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सलाई सिद्धार्थ क्रिकेट रंगशाला, सुदूरपश्चिम रोयल्सलाई फाप्ला क्रिकेट रङ्गशाला, काठमाडौँ गुर्खाजलाई कीर्र्तिपुर क्रिकेट रंगशाला, पोखरा एभेन्चर्सलाई पोखरा क्रिकेट रङ्गशाला र जनकपुर बोल्ट्सलाई रामजानकी क्रिकेट रंगशाला उपलब्ध गराइने उल्लेख गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कोप–३१ मा सहमति जुट्न नसक्दा निराश यूएन जलवायु प्रमुख, भने– हार मान्दैनौँ
OthersJust now

कोप–३१ मा सहमति जुट्न नसक्दा निराश यूएन जलवायु प्रमुख, भने– हार मान्दैनौँ

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप-३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताएका छन् । टर्किएको अन्ताल्यामा निर्धारित समयभन्दा दुई दिन ढिलो आइतबार आयोजित कोप-३१ को समापन समारोहमा सम्बोधन गर्दै कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनका असर विश्वभर बढिरहेको अवस्थामा अन्तर्राष्ट्रिय जलवायु सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ । कार्यकारी सचिव स्टिलले ...

पर्दाफास
राष्ट्र र राष्ट्रियता जोड्ने सेतु बनेको एनपीएल
OthersJust now

राष्ट्र र राष्ट्रियता जोड्ने सेतु बनेको एनपीएल

सुदूरपश्चिम रोयल्सको जितसँगै सम्पन्न एनपीएलको तेस्रो संस्करण अब क्रिकेट प्रतियोगितामा मात्र सीमित रहेन। निराशा र अधैर्यबाट गुज्रिरहेको नेपाली समाजलाई एकताको सूत्रमा बाँध्दै सङ्गठित राष्ट्रियताको सन्देश दिएको एनपीएलले खेल पर्यटन र वैकल्पिक अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको बहसलाई समेत नयाँ उचाइ दिएको छ। ...

अनलाइन खबर
महाकाली साझा हो : बगर आधा–आधा हो
OthersJust now

महाकाली साझा हो : बगर आधा–आधा हो

महाकाली सन्धि भारतको ठूलो जित थियो । किनकि यसैका आडमा उसले उसले एकतर्फी रूपमा बनाएको टनकपुर बाँधलाई नेपालले स्वीकार गर्न पुग्यो । तर, महाकालीको सन्धिको ३० वर्ष नाघ्दा पनि नेपाललाई बराबरी फाइदा हुने पञ्चेश्वर बहुउद्देश्यीय परियोजना भने अघि बढेन । ...

अनलाइन खबर
चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने
OthersJust now

चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिको बैठक आज (सोमबार) बस्दैछ । बैठकमा विभिन्न विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल हुनुका साथै विज्ञहरूसँग परामर्श गर्ने कार्यसूची रहेको छ । बिहान ११ बजे प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । साथै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने संशोधनकर्तासँग पनि छलफल गरिनेछ । त्यस्तै, बिहान ११ ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement