Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

कोप–३१ मा सहमति जुट्न नसक्दा निराश यूएन जलवायु प्रमुख, भने– हार मान्दैनौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप–३१ मा सहमति जुट्न नसक्दा निराश यूएन जलवायु प्रमुख, भने– हार मान्दैनौँ
Photo / Coverage: पर्दाफास

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप-३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताएका छन् । टर्किएको अन्ताल्यामा निर्धारित समयभन्दा दुई दिन ढिलो आइतबार आयोजित कोप-३१ को समापन समारोहमा सम्बोधन गर्दै कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनका असर विश्वभर बढिरहेको अवस्थामा अन्तर्राष्ट्रिय जलवायु सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ । कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनका कारण विश्वका विभिन्न क्षेत्रमा प्रभाव गम्भीर बन्दै गएको, जीवाश्म इन्धनको लागतले अर्थतन्त्रमा मुद्रास्फीति बढाइरहेको र विश्व तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम नजिकिँदै गएको उल्लेख गरे। ‘विश्वले यस्तो अवस्थाको पुनरावृत्ति धान्न सक्दैन । हाम्रो प्रक्रिया, नियमावली र स्थापित नजिरहरू विश्वका करिब २०० देशलाई एकै ठाउँमा ल्याउनका लागि बनाइएका हुन्’, उनले भने । कार्यकारी सचिव स्टिलले विगत एक दशकमा जलवायु वार्तामार्फत तापक्रम वृद्धिको लक्ष्य निर्धारण, नयाँ जलवायु वित्त लक्ष्य तय, जीवाश्म इन्धनबाट न्यायोचित, व्यवस्थित र समतामूलक रूपान्तरण तथा अनुकूलनसम्बन्धी विश्वव्यापी लक्ष्य निर्धारणमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए। कार्यकारी सचिव स्टिलले कोप प्रक्रिया १९४ पक्ष राष्ट्रहरूको साझा भएकाले सहमतिका लागि सबै पक्षका विचारलाई पारदर्शी रूपमा सुन्ने र विगतका उपलब्धिलाई आधार बनाएर अघि बढ्ने पद्धति आवश्यक रहेको धारणा व्यक्त गरे। जलवायु वार्ताको प्रक्रियालाई सुधार, आधुनिकीकरण र पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले विश्व अहिले प्रतिबद्धता जनाउने चरणबाट कार्यान्वयनको युगमा प्रवेश गरिसकेको बताए। त्यसैले बदलिँदो परिस्थितिअनुसार अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रक्रियालाई पनि विकसित गर्नुपर्ने उनको भनाइ थियो । कोप-३१ अन्तर्गत वार्ताका क्रममा अपेक्षित सहमति कायम हुन नसके पनि कार्यसूची (एक्सन एजेन्डा) अन्तर्गत भने महत्त्वपूर्ण प्रगति भएको कार्यकारी सचिव स्टिलले उल्लेख गरे। कृषि तथा खाद्य प्रणालीको रूपान्तरणदेखि सहर तथा पूर्वाधारको उत्थानशीलता अभिवृद्धिसम्मका छवटा प्रमुख कार्यक्षेत्रमा ठोस उपलब्धि हासिल भएको उनले बताए। विभिन्न देशका प्रतिबद्धता तथा नेताहरूको शिखर सम्मेलनमार्फत विश्व अर्थतन्त्रको करिब आधा हिस्सा विद्युतीकरणलाई तीव्रता दिन अग्रसर भएको देखिएको कार्यकारी सचिव स्टिलले उल्लेख गरे। कोप-३१ को विद्युतीकरण कार्यान्वयन प्याकेजले पनि वास्तविक अर्थतन्त्रमा महत्त्वपूर्ण प्रगति गरेको उनको भनाइ थियो । यी उपलब्धिले नवीन प्रविधि, लगानी र सकारात्मक परिवर्तनलाई गति दिने विश्वास व्यक्त गर्दै कार्यकारी सचिव स्टिलले अन्ताल्यामा भएका प्रगतिले आगामी दिनमा थप महत्त्वाकाङ्क्षी जलवायु परिणाम हासिल गर्ने प्रतिबद्धतालाई बलियो बनाउने बताए। कार्यकारी सचिव स्टिलले विगतमा पनि जलवायु वार्ता प्रक्रियाले विभिन्न अवरोध र असफलता सामना गरे पनि पुनः सशक्त रूपमा अघि बढेको स्मरण गराउँदै यसपटक पनि त्यस्तै हुनुपर्ने बताए । आगामी कोप–३२ लाई महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै कार्यकारी सचिव स्टिलले दोस्रो विश्वव्यापी समीक्षा (ग्लोबल स्टकटेक-२)ले पहिलो समीक्षाका उपलब्धिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। पहिलो समीक्षाबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने नभई थप प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो । कार्यकारी सचिव स्टिलले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी अभियानमा नागरिक समाजको भूमिका अहिले झन् महत्त्वपूर्ण भएको बताउँदै सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई सहकार्यको गति कायम राख्न आग्रह गरे। दुई सातासम्म चलेको सम्मेलन सफल बनाउन योगदान पुर्‍याउने टर्की सरकार तथा जनता, कोप अध्यक्षता, वार्ता अध्यक्षता र संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सचिवालयका कर्मचारीलाई धन्यवाद दिँदै उनले जलवायु सहकार्यले विगतका कोप सम्मेलनमार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। विश्वलाई विनासकारी तापक्रम वृद्धिको बाटोबाट बाहिर निकाल्न जलवायु सहकार्यले महत्त्वपूर्ण योगदान पुर्‍याए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको निष्कर्ष थियो । ‘जलवायु परिवर्तनविरुद्धको संघर्ष जारी रहनेछ, हामी कहिल्यै हार मान्नेछैनौँ’, उनले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित
OthersJust now

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गरेको ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणाले मोफसलका क्लबका सञ्चालक उत्साहित भएका छन् । प्रधानमन्त्री शाहले आठ वटै क्लबका आफ्नै ‘फ्लडलाइट’ सहितका क्रिकेट रंगशालाको निर्माण नेपाल सरकार पूर्वाधार विकास मन्त्रालयले गर्ने बताएका छन् । क्रिकेट क्लबका सञ्चालकले प्रधानमन्त्रीको भनाइलाई स्वागत गर्दै उत्साहित भएका हुन् । प्रधानमन्त्रीले नेपाल ...

पर्दाफास
राष्ट्र र राष्ट्रियता जोड्ने सेतु बनेको एनपीएल
OthersJust now

राष्ट्र र राष्ट्रियता जोड्ने सेतु बनेको एनपीएल

सुदूरपश्चिम रोयल्सको जितसँगै सम्पन्न एनपीएलको तेस्रो संस्करण अब क्रिकेट प्रतियोगितामा मात्र सीमित रहेन। निराशा र अधैर्यबाट गुज्रिरहेको नेपाली समाजलाई एकताको सूत्रमा बाँध्दै सङ्गठित राष्ट्रियताको सन्देश दिएको एनपीएलले खेल पर्यटन र वैकल्पिक अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको बहसलाई समेत नयाँ उचाइ दिएको छ। ...

अनलाइन खबर
महाकाली साझा हो : बगर आधा–आधा हो
OthersJust now

महाकाली साझा हो : बगर आधा–आधा हो

महाकाली सन्धि भारतको ठूलो जित थियो । किनकि यसैका आडमा उसले उसले एकतर्फी रूपमा बनाएको टनकपुर बाँधलाई नेपालले स्वीकार गर्न पुग्यो । तर, महाकालीको सन्धिको ३० वर्ष नाघ्दा पनि नेपाललाई बराबरी फाइदा हुने पञ्चेश्वर बहुउद्देश्यीय परियोजना भने अघि बढेन । ...

अनलाइन खबर
चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने
OthersJust now

चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाअन्तर्गतका चार संसदीय समितिको बैठक आज (सोमबार) बस्दैछ । बैठकमा विभिन्न विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल हुनुका साथै विज्ञहरूसँग परामर्श गर्ने कार्यसूची रहेको छ । बिहान ११ बजे प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । साथै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने संशोधनकर्तासँग पनि छलफल गरिनेछ । त्यस्तै, बिहान ११ ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement