Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/खुल्यो एन्फा कार्यालयको ताला

खुल्यो एन्फा कार्यालयको ताला

Share:WhatsAppFacebookX (Twitter)Telegram
खुल्यो एन्फा कार्यालयको ताला

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको ताला खुलेको छ । फरार रहेका अध्यक्ष पंकजविक्रम नेम्बाङले २१ दिनसम्म कार्यसमितिको बैठक नडाकेपछि बुधबार एन्फाका बहुमत सदस्यहरुले सादोबाटोमा रहेको मुख्यालयको ताला खोलेका हुन् । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाबाट २४ जुन यता एन्फा निलम्बनमा छ । खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । तर हालसम्म उनीहरु पक्राउ परेका भने छैनन् । कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डे भने धरौटीमा छुटेका छन् । ठप्प रहेको फुटबल क्षेत्रलाई पुनः चलायनमान बनाउन भन्दै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यहरुले आज ताला खोलेका हुन् । साथै उनीहरुले आगामी कार्तिक १३ गते एन्फा कार्यसमितिको बैठक बस्ने समेत जनाएका छन् । एन्फाको विधान अनुसार २१ दिन अघि एकतिहाइ बढी सदस्यहरुले एन्फा कार्यसमितिको बैठक आह्वान गर्न माग गर्दा पनि बैठक आह्वान नभएपछि २२ औं दिनमा एन्फा कार्यालयको ताला खोल्दै बैठक बस्ने बिषयमा छलफल भएको एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए । एन्फामाथि लागेको प्रतिबन्ध र नेपालमा फुटबल क्षेत्रमा भइरहेको विवादको निकास दिनुपर्ने आवश्यकता रहेकाले फिफाबाट भएको प्रतिबन्ध, सरकारसँगको सहकार्य, र तहगत निर्वाचनको अवरोधलाई कसरी हटाउने भन्ने विषयमा छलफल गर्ने उद्देश्यका साथै कार्तिक १३ गते बैठक बस्ने उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा तीन जना पक्राउ
ताजा खबरJust now

विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगरमा लामो समयदेखि व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य अभियुक्त विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम र शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका दुई जना नाबालक छन्। पक्राउ परेका आलम विराटनगर–६ महावीर चोकमा हार्डवेयर गोदाम सञ्चालन गर्दै आएका थिए। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ...

केन्द्रबिन्दु
अमेरिकन संस्था पिस कोर र मधेश कृषि विश्वविद्यालयबीच शैक्षिक सम्झौता
ताजा खबरJust now

अमेरिकन संस्था पिस कोर र मधेश कृषि विश्वविद्यालयबीच शैक्षिक सम्झौता

विश्वविद्यालयका उपकुलपति डा. वैधनाथ महतो र कोरका तर्फबाट नेपालका राष्ट्रिय निर्देशक डा. किम नजबुल्लाले सम्झौतापत्रमा बुधाबार हस्ताक्षर गरेका हुन् । ...

कान्तिपुर
विज्ञापनमा विभेद रोक्ने फैसला अविलम्ब कार्यान्वयन गर्न निर्देशन
ताजा खबरJust now

विज्ञापनमा विभेद रोक्ने फैसला अविलम्ब कार्यान्वयन गर्न निर्देशन

सर्वाेच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी विज्ञापनमा विभेदविरुद्धको फैसला ‘अविलम्ब कार्यान्वयन गर्न’ सरकारलाई निर्देशन दिएको छ। सर्वाेच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले सो फैसला अविलम्ब कार्यान्वयन गरी कार्यान्वयनको जानकारी निर्देशनालयलाई गराउन पनि पत्रमा भनिएको छ। असार ३० को फैसला कार्यान्वयनको माग गर्दै दायर गरिएको निवेदनउपरको कार... ...

नेपालखबर
बाँकेमा कालानमक धानको संरक्षण गरिँदै
ताजा खबरJust now

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके, कात्तिक ११ गते । सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ । परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play