खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

खोटाङ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका चार जना गम्भीर घाइते भएका छन् । च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा गए राति गरेको खुकुरी प्रहारबाट ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घाइते चारै जनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको छ। “घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई) को अवस्था गम्भीर छ। उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने, “आरोपित नइन्द्रकुमार राईलाई गए राति नै नियन्त्रणमा लिएका छौं। घटनाको विषयमा थप विवरण आउन बाँकी छ।” खुकुरी प्रहारका घटनामा श्रीमती अञ्जना, सासु सेवन्ता र साली टेमिनाको टाउकोको पछाडिपट्टी र हात तथा सालो नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिए। घाइतेमध्ये सालो नरेन्द्रको अवस्था सामान्य रहेता पनि पीडकले सबैको सामूहिक हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरेको पीडित परिवारको आरोप छ। रातको समयमा अन्दाधुन्द भएको खुकुरी प्रहारका घटनाको बारेमा करिब १५ मिनेटपछि प्रहरी चौकी च्यास्मीटारले खबर पाएलगत्तै घटनास्थल पुग्दा आरोपित नइन्द्रकुमार फरार भएकोमा खोजतलास गरेर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घरभित्र सुतिरहेको अवस्थामा मरनासन्न हुने गरी अन्दाधुन्द खुकुरी प्रहार भएपछि रातभर गाउँ नै तनावग्रस्त भएको स्थानीयले बताएका छन्। पीडक राई नेपाली सेनामा कार्यरत रहेको र दसैं मनाउन घर आएको अवस्थामा घटना भएको जनाइएको छ। श्रीमतीसँग घरायसी सामान्य विवादपछि अन्दाधुन्ध खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन्। उक्त घटनाको अनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

खोटाङमा खुकुरी प्रहारबाट चार जना घाइते, एकजना पक्राउ
खोटाङ । खोटाङमा धारिलो हतियार खुकुरी प्रहारबाट चारजना घाईते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार जारबुङ सिम्लेका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली आहालेमा गई धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चारजना घाईते भएका हुन् । नइन्द्रकुमारले असोज ९ गते राती साढे १२ बजे आफ्नै ४० वर्षीया श्रीमती अन्जना राईलाई टाउको पछाडि प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छन् । ६२ वर्षीया सासुआमा ...

दमौलीमा ब्रदरका प्रिन्टर प्रयोगकर्तालाई निःशुल्क प्राविधिक सेवा
काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर तथा मल्टिफङ्सन उपकरण प्रयोगकर्तालाई स्थानीयस्तरमै प्राविधिक सेवा तथा परामर्श उपलब्ध गराउने उद्देश्यले ब्रदर निःशुल्क सेवा शिविर आयोजना हुने भएको छ। नासा कम्प्युटर सप्लायर्सको आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने शिविर कार्तिक १४ र १५ गते दमौलीमा आयोजना हुनेछ। दुई दिन सञ्चालन हुने उक्त सेवा शिविर व्यास–२, दमौलीस्थित बालमन्दिर तथा सत्यवती स्कुल लाइन क्षेत्रमा आयोजना हुनेछ। ...

यस्तो छ आगामी पाँच दिनको मौसम पूर्वानुमान
देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ। ...
![दशैँ बिदापछि काठमाडौँका सडकमा बढ्यो सवारी चाप [भिडियो]](https://hamrakura.com/uploads/news/images/sawari-ktm-09-08.jpg)
दशैँ बिदापछि काठमाडौँका सडकमा बढ्यो सवारी चाप [भिडियो]
काठमाडौँ उपत्यकाको जनजीवन पुरानै लयमा फर्किन थालेको छ। ...


