Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

खप्तड गोल्डकप पुस २९ देखि, विजेतालाई २१ लाख पुरस्कार

Share:WhatsAppFacebookX (Twitter)Telegram
खप्तड गोल्डकप पुस २९ देखि, विजेतालाई २१ लाख पुरस्कार
Photo / Coverage: हिमालय टाइम्स

धनगढी । सुदूरपश्चिमको प्रतिष्ठित फुटबल प्रतियोगिता खप्तड गोल्डकपको सातौं संस्करण आगामी पुस २९ गतेदेखि माघ १ गतेसम्म आयोजना हुने भएको छ । सुदूरपश्चिम-११ स्पोर्ट्स क्लब धनगढीको आयोजनामा प्रतियोगिता धनगढी रंगशालामा सञ्चालन हुनेछ । सुदूरपश्चिममा फुटबल खेलको विकास, स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने र प्रदेशको खेल पहिचानलाई स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । २०७३ सालदेखि निरन्तर आयोजना हुँदै आएको खप्तड गोल्डकपलाई यस वर्ष थप व्यवस्थित, भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउने तयारी क्लबले गरेको छ । प्रतियोगिताले सुदूरपश्चिमको फुटबल विकासमा योगदान पुर्‍याउनुका साथै स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताको विजेताले २१ लाख एक रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ११ लाख एक रुपैयाँ पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ द म्याचले समेत १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विजेता र उपविजेता टोलीलाई नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । आयोजकका अनुसार खप्तड गोल्डकप केवल खेल प्रतियोगितामा सीमित नभई सुदूरपश्चिमको खेल पर्यटन प्रवर्द्धन र प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक पहिचान उजागर गर्ने माध्यमसमेत बन्ने अपेक्षा गरिएको छ । स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर जुटाउँदै युवापुस्तामा फुटबलप्रतिको आकर्षण बढाउने लक्ष्य प्रतियोगिताले लिएको छ । प्रतियोगितामार्फत् सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल नक्सामा थप चिनाउने आयोजकको विश्वास छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रितको कप्तानीमा बागमतीको क्रिकेट टोली घोषणा, पहिलो भिडन्त कोशीसँग
Latest NewsJust now

रितको कप्तानीमा बागमतीको क्रिकेट टोली घोषणा, पहिलो भिडन्त कोशीसँग

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशले क्रिकेट टोलीको टुंगो लगाएको छ । प्रदेशले रित गौतमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गर्दै प्रतियोगिताका लागि आफ्नो तयारी अघि बढाएको हो । मंसिर १६ गते औपचारिक उद्घाटन हुने राष्ट्रिय खेलकुदमा क्रिकेटका प्रतिस्पर्धा भने त्यसअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन् । बागमतीले समूह ‘सी’ मा रहेर प्रतिस्पर्धा गर्नेछ । यस ...

हिमालय टाइम्स
राइजिङ स्टार्स एसिया कप क्रिकेट
Latest NewsJust now

राइजिङ स्टार्स एसिया कप क्रिकेट

दोहा । राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान-ए ले चिरप्रतिद्वन्द्वी भारत-ए लाई ४८ रनले पराजित गरेको छ । दोहामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.२ ओभरमा ३१३ रन बनाएर अलआउट भएको थियो । जवाफमा उत्रिएको भारतीय टोलीले ४९.१ ओभरमा २६५ रनमात्र बनाउन सक्यो । जितसँगै पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ७९, माज सदाकतले ...

हिमालय टाइम्स
विश्व नम्बर एक जेभेरेभलाई हराउँदै कार्लोसले जिते पहिलो एटिपी उपाधि
Latest NewsJust now

विश्व नम्बर एक जेभेरेभलाई हराउँदै कार्लोसले जिते पहिलो एटिपी उपाधि

लण्डन । सातपटकका ग्राण्डस्लाम च्याम्पियन स्पेनी टेनिस स्टार कार्लोस अल्काराजले विश्व नम्बर एक अलेक्जेण्डर जेभेरेभलाई सोझो सेटमा पराजित गर्दै आफ्नो करिअरको पहिलो ‘एटिपी फाइनल्स’ उपाधि जित्नुभएको छ । आइतबार राती सम्पन्न फाइनलमा २३ वर्षीय अल्काराजले जर्मन प्रतिद्वन्द्वी जेभेरेभलाई ६-२, ७-६-७ ले पाखा लगाउनुभएको हो । नाडीको चोटका कारण चार महिना कोर्टबाहिर रहेर युएस ओपनमार्फत् पुनरागमन गर्नुभएका अल्काराजको यो लगातार १४औँ जित ...

हिमालय टाइम्स
बार्सिलोनाको उत्कृष्ट पुनरागमन, युनाइटेडको लज्जास्पद हार
Latest NewsJust now

बार्सिलोनाको उत्कृष्ट पुनरागमन, युनाइटेडको लज्जास्पद हार

मड्रिड । युरोपेली फुटबलअन्तर्गत आइतबार राती स्पेनिस ला लिगामा बार्सिलोनाले रोमाञ्चक पुनरागमन जित निकाल्दा इंग्लिस प्रिमियर लिगमा नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेड लिभरपुलसँग लज्जास्पदरूपमा पराजित भएको छ । घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै बार्सिलोनाले भिल्लारियललाई ३-२ ले पराजित गरी शीर्षस्थानमा तीन अंकको अग्रता कायम राख्यो । खेलको सात मिनेटभित्रै टाजोन बुकानन र टानी ओलुसेयले गोल ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement