Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

राइजिङ स्टार्स एसिया कप क्रिकेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
राइजिङ स्टार्स एसिया कप क्रिकेट
Photo / Coverage: हिमालय टाइम्स

दोहा । राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान-ए ले चिरप्रतिद्वन्द्वी भारत-ए लाई ४८ रनले पराजित गरेको छ । दोहामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.२ ओभरमा ३१३ रन बनाएर अलआउट भएको थियो । जवाफमा उत्रिएको भारतीय टोलीले ४९.१ ओभरमा २६५ रनमात्र बनाउन सक्यो । जितसँगै पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ७९, माज सदाकतले ५९ र फरहान युसुफले ५६ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै टिमलाई बलियो स्थितिमा पुर्‍याउनुभएको थियो । एक समय ३५० रनभन्दा बढीको योगफल बनाउने देखाइरहेको पाकिस्तानलाई भारतीय बलरहरूले केही दबाबमा ल्याए पनि उनीहरू ३१३ रन बनाउन सफल भए । भारतका लागि हर्षित राणा, विप्रज निगम, प्रिंस यादव र सूर्यांश शेडगेले समान दुई-दुई विकेट हात पार्नुभयो । ३१४ रनको लक्ष्य पछ्याउनेक्रममा भारतीय कप्तान तिलक बर्माले १४९ बलमा १०० रनको शतकीय पारी खेले पनि टिमलाई जिताउन सक्नुभएन । यसैगरी अभिषेक शर्माले ७० र शाहबाज अहमदले ५६ रन बनाए पनि अन्य बलरहरूको खराब प्रदर्शनका कारण भारत लक्ष्यसम्म पुग्न असफल भयो । वैभव सूर्यवंशी (११), रिंकु सिंह (६) र कुमार कुशाग्र (२) सस्तैमा आउट हुँदा आयुष बदोनीले खाता खोल्नै सक्नुभएन । पाकिस्तानका हसन नवाज र अली रजाले तीन-तीन विकेट लिँदै भारतीय ब्याटिङ लाइनअपलाई ध्वस्त पार्नुभयो । जितसँगै पाकिस्तान समूह-बीको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपाललाई ३०६ रनले हराएर सानदार सुरुवात गरेको भारत पाकिस्तानसँग पराजित हुँदा ठूलो झड्का लागेको छ । नेपालले भने पहिलो खेलमा भारतसँग लज्जास्पद हार बेहोरे पनि त्यसपछिको खेलमा युएईलाई ६ विकेटले हराउँदै प्रतियोगितामा पुनरागमन गरिसकेको छ । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रितको कप्तानीमा बागमतीको क्रिकेट टोली घोषणा, पहिलो भिडन्त कोशीसँग
Latest NewsJust now

रितको कप्तानीमा बागमतीको क्रिकेट टोली घोषणा, पहिलो भिडन्त कोशीसँग

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशले क्रिकेट टोलीको टुंगो लगाएको छ । प्रदेशले रित गौतमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गर्दै प्रतियोगिताका लागि आफ्नो तयारी अघि बढाएको हो । मंसिर १६ गते औपचारिक उद्घाटन हुने राष्ट्रिय खेलकुदमा क्रिकेटका प्रतिस्पर्धा भने त्यसअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन् । बागमतीले समूह ‘सी’ मा रहेर प्रतिस्पर्धा गर्नेछ । यस ...

हिमालय टाइम्स
विश्व नम्बर एक जेभेरेभलाई हराउँदै कार्लोसले जिते पहिलो एटिपी उपाधि
Latest NewsJust now

विश्व नम्बर एक जेभेरेभलाई हराउँदै कार्लोसले जिते पहिलो एटिपी उपाधि

लण्डन । सातपटकका ग्राण्डस्लाम च्याम्पियन स्पेनी टेनिस स्टार कार्लोस अल्काराजले विश्व नम्बर एक अलेक्जेण्डर जेभेरेभलाई सोझो सेटमा पराजित गर्दै आफ्नो करिअरको पहिलो ‘एटिपी फाइनल्स’ उपाधि जित्नुभएको छ । आइतबार राती सम्पन्न फाइनलमा २३ वर्षीय अल्काराजले जर्मन प्रतिद्वन्द्वी जेभेरेभलाई ६-२, ७-६-७ ले पाखा लगाउनुभएको हो । नाडीको चोटका कारण चार महिना कोर्टबाहिर रहेर युएस ओपनमार्फत् पुनरागमन गर्नुभएका अल्काराजको यो लगातार १४औँ जित ...

हिमालय टाइम्स
बार्सिलोनाको उत्कृष्ट पुनरागमन, युनाइटेडको लज्जास्पद हार
Latest NewsJust now

बार्सिलोनाको उत्कृष्ट पुनरागमन, युनाइटेडको लज्जास्पद हार

मड्रिड । युरोपेली फुटबलअन्तर्गत आइतबार राती स्पेनिस ला लिगामा बार्सिलोनाले रोमाञ्चक पुनरागमन जित निकाल्दा इंग्लिस प्रिमियर लिगमा नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेड लिभरपुलसँग लज्जास्पदरूपमा पराजित भएको छ । घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै बार्सिलोनाले भिल्लारियललाई ३-२ ले पराजित गरी शीर्षस्थानमा तीन अंकको अग्रता कायम राख्यो । खेलको सात मिनेटभित्रै टाजोन बुकानन र टानी ओलुसेयले गोल ...

हिमालय टाइम्स
हत्याको आरोपमा एक जना पक्राउ
Latest NewsJust now

हत्याको आरोपमा एक जना पक्राउ

पाल्पा । पाल्पामा ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तिनाउ गाउँपालिका–६ सिसुवा खहरेमा हत्याको आरोपमा तिनाउ जन्तीलुङ्गका ३५ वर्षीय नारायण लम्तरी पक्राउ परेका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement