Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

रितको कप्तानीमा बागमतीको क्रिकेट टोली घोषणा, पहिलो भिडन्त कोशीसँग

Share:WhatsAppFacebookX (Twitter)Telegram
रितको कप्तानीमा बागमतीको क्रिकेट टोली घोषणा, पहिलो भिडन्त कोशीसँग
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशले क्रिकेट टोलीको टुंगो लगाएको छ । प्रदेशले रित गौतमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गर्दै प्रतियोगिताका लागि आफ्नो तयारी अघि बढाएको हो । मंसिर १६ गते औपचारिक उद्घाटन हुने राष्ट्रिय खेलकुदमा क्रिकेटका प्रतिस्पर्धा भने त्यसअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन् । बागमतीले समूह ‘सी’ मा रहेर प्रतिस्पर्धा गर्नेछ । यस समूहमा बागमतीसँगै सशस्त्र प्रहरी बलको एपिएफ क्लब र कोशी प्रदेश रहेका छन् । बागमतीले समूह चरणको पहिलो खेल मंसिर १० गते कोशी प्रदेशसँग खेल्नेछ । त्यसपछि मंसिर १२ गते एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्ने तालिका छ । समूह चरणका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल यात्रा तय गर्नु बागमतीको मुख्य लक्ष्य हुनेछ । ‘लिग कम नकआउट’ प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक समूहबाट शीर्ष स्थान हासिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल मंसिर १५ गते हुनेछ । बागमतीको १४ सदस्यीय टोलीमा कप्तान रित गौतमसहित आयुष घिरैया, रिञ्जीन लामा, रोशन झा, रिजन ढकाल, दयानन्द मण्डल, असिम श्रेष्ठ, मनसुन सिंह, विपिन आचार्य, सोनु देवकोटा, सुमन सुनार, गौतम केसी, विवेक राना मगर र सचिन लेखक रहनुभएको छ । गण्डकीको क्रिकेट टोलीको कप्तानी विपिनले सम्हाल्नेदशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले पनि पुरुष क्रिकेट टोली घोषणा गरेको छ । प्रदेशले विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । आगामी मंसिर ८ गतेदेखि सुरु हुने पुरुष क्रिकेट प्रतियोगितामा गण्डकीले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारी गरेको छ । गण्डकीको १४ सदस्यीय टोलीमा कप्तान विपीन खत्रीसहित कृष्ण पौडेल, मुस्कान थापा, सन्दीप खत्री क्षेत्री, करण पंगेनी, ईश्वर क्षेत्री, सुदीप अर्याल, रोहित चन्द, भान्स क्षेत्री, समीर कँडेल, क्रिविन श्रेष्ठ, विशाल पौडेल, सोहिल कुँवर र अप्रजित पौडेल रहनुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राइजिङ स्टार्स एसिया कप क्रिकेट
Latest NewsJust now

राइजिङ स्टार्स एसिया कप क्रिकेट

दोहा । राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान-ए ले चिरप्रतिद्वन्द्वी भारत-ए लाई ४८ रनले पराजित गरेको छ । दोहामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.२ ओभरमा ३१३ रन बनाएर अलआउट भएको थियो । जवाफमा उत्रिएको भारतीय टोलीले ४९.१ ओभरमा २६५ रनमात्र बनाउन सक्यो । जितसँगै पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ७९, माज सदाकतले ...

हिमालय टाइम्स
विश्व नम्बर एक जेभेरेभलाई हराउँदै कार्लोसले जिते पहिलो एटिपी उपाधि
Latest NewsJust now

विश्व नम्बर एक जेभेरेभलाई हराउँदै कार्लोसले जिते पहिलो एटिपी उपाधि

लण्डन । सातपटकका ग्राण्डस्लाम च्याम्पियन स्पेनी टेनिस स्टार कार्लोस अल्काराजले विश्व नम्बर एक अलेक्जेण्डर जेभेरेभलाई सोझो सेटमा पराजित गर्दै आफ्नो करिअरको पहिलो ‘एटिपी फाइनल्स’ उपाधि जित्नुभएको छ । आइतबार राती सम्पन्न फाइनलमा २३ वर्षीय अल्काराजले जर्मन प्रतिद्वन्द्वी जेभेरेभलाई ६-२, ७-६-७ ले पाखा लगाउनुभएको हो । नाडीको चोटका कारण चार महिना कोर्टबाहिर रहेर युएस ओपनमार्फत् पुनरागमन गर्नुभएका अल्काराजको यो लगातार १४औँ जित ...

हिमालय टाइम्स
बार्सिलोनाको उत्कृष्ट पुनरागमन, युनाइटेडको लज्जास्पद हार
Latest NewsJust now

बार्सिलोनाको उत्कृष्ट पुनरागमन, युनाइटेडको लज्जास्पद हार

मड्रिड । युरोपेली फुटबलअन्तर्गत आइतबार राती स्पेनिस ला लिगामा बार्सिलोनाले रोमाञ्चक पुनरागमन जित निकाल्दा इंग्लिस प्रिमियर लिगमा नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेड लिभरपुलसँग लज्जास्पदरूपमा पराजित भएको छ । घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै बार्सिलोनाले भिल्लारियललाई ३-२ ले पराजित गरी शीर्षस्थानमा तीन अंकको अग्रता कायम राख्यो । खेलको सात मिनेटभित्रै टाजोन बुकानन र टानी ओलुसेयले गोल ...

हिमालय टाइम्स
हत्याको आरोपमा एक जना पक्राउ
Latest NewsJust now

हत्याको आरोपमा एक जना पक्राउ

पाल्पा । पाल्पामा ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तिनाउ गाउँपालिका–६ सिसुवा खहरेमा हत्याको आरोपमा तिनाउ जन्तीलुङ्गका ३५ वर्षीय नारायण लम्तरी पक्राउ परेका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement