खगेन्द्र सुनारबारे सरकारले भन्यो- प्रक्रियाअनुसार अनुसन्धान हुन्छ

सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथि प्रक्रियाअनुसार अनुसन्धान गरेर अघि बढ्ने बताएको छ । शुक्रवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकपछि निर्णयहरु सुनाउने क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले यस्तो बताएका हुन् । सांसद सुनारले एक महिलामाथि अश्लिल शब्दहरु प्रयोग गरी धम्की दिएको आरोपसहितको अडियो बाहिरिएको थियो । सोही बारेमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा मन्त्री तिमिल्सिनाले सरकारले आवश्यक पर्दा अनुसन्धान गरेर विधिवत रुपमा हेरी अघि बढ्ने बताएका हुन् । उनले सरकारले घटनाबारे आवश्यक चासो नदेखाएको भन्नेकुरामा सत्यता नरहेको भन्दै मन्त्री तिमिल्सिनाले आवश्यक प्रक्रियाअनुसार सरकार अघि बढ्ने बताए । उनले भने, ‘सरकारले आवश्यक पर्दा खेरी अनुसन्धान गरेर यसलाई विधिवत रुपमा कसरी अगाडि बढाउनु पर्छ । तपाईले कुन प्रमाणको आधारमा कुन तथ्यको आधारमा के आधारमा दबाउन खोजिएको भन्नुभयो, सरकारको त्यस्तो कुनै नियत छैन । त्यस्तो हुनु हुँदैन, हुँदैन । आवश्यक सबै प्रक्रिया अगाडि बढ्छ । मन्त्रिपरिषद्मा आज भएका निर्णयहरु मैले सुनाएँ । यो विषयमा मन्त्रिपरिषदको कुनै निर्णय भएको छैन ।’ मन्त्री तिमिल्सिनाले मन्त्रीपरिषद्ले सांसद सुनारको बारेमा पनि कुनै निर्णय नगरेको दाबी गरे ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

काठमाडौँमा आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु, १०२ मा फोन गरे पुग्ने
काठमाडौँ महानगरपालिकाले ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । अब १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्ससमेत पठाइनेछ । शुक्रबार महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिइन् ...

गण्डकी प्रदेशमा औषधिजन्य जडीबुटी उत्पादन बढ्यो १३५ प्रतिशत
बैंक तथा वित्तीय संस्थाले गण्डकीमा प्रवाहित कुल कर्जाको ७.९९ प्रतिशत अर्थात् २९ अर्ब ९ करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् । ...

त्रिविले सातै प्रदेशमा दीक्षान्त समारोह गर्ने, कसरी हुँदैछ ?
त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह सातै प्रदेशमा गर्ने भएको छ । काठमाडौंमा मात्र गर्दै आएको त्रिविले विद्यार्थीको सहजताको लागि सातै प्रदेशमा गर्न लागेको हो । ...

खोकनामा सिकाली जात्राको धूमधाम (तस्वीरहरु)
३० असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित ललितपुरको खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा धुमधामका साथ मनाइएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाएका हुन् । दशैंको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्छन् । हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ… ...


