Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/काठमाडौँमा आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु, १०२ मा फोन गरे पुग्ने

काठमाडौँमा आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु, १०२ मा फोन गरे पुग्ने

10/16/2026, 5:51:16 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँमा आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु, १०२ मा फोन गरे पुग्ने

काठमाडौँ महानगरपालिकाले ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । अब १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्ससमेत पठाइनेछ । शुक्रबार महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिइन् । उनले काठमाडौँमा एम्बुलेन्सको सङ्ख्या पर्याप्त भए पनि ट्राफिक जाम र भौगोलिक अवस्थाका कारण समयमै सेवा उपलब्ध गराउन चुनौती रहेको बताइन् । कार्यवाहक प्रमुख डंगोलका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने चोक तथा साँघुरा गल्लीमा बिरामीलाई तत्काल प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउन बाइक एम्बुलेन्स परिचालन गरिनेछ । आपत्कालीन अवस्थामा छिटो स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले बाइक एम्बुलेन्सलाई पहिलो प्रतिक्रिया दिने सेवाका रूपमा सञ्चालन गरिने उनले बताइन् । महानगरपालिकाले स्वास्थ्य संस्थाहरूको आवश्यकता र उपलब्ध तथ्याङ्कका आधारमा पूर्वाधार विकास, उपकरण व्यवस्थापन तथा प्रत्यक्ष स्वास्थ्य सेवा प्रवाहमा सहयोग र सहकार्य गर्दै आएको पनि डंगोलले जानकारी दिइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

नेपाल प्रिमियर लिगमा डीआरएस प्रविधि भित्र्याउने तयारी, डेढदेखि दुई करोडसम्म खर्च हुने
OthersJust now

नेपाल प्रिमियर लिगमा डीआरएस प्रविधि भित्र्याउने तयारी, डेढदेखि दुई करोडसम्म खर्च हुने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ । क्यानका सचिव पारस खड्काकाअनुसार यस अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न करिव डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस विषयमा आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने खड्काले बताए । काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै ...

पर्दाफास
‘अधिकार खोस्ने र संघीयता कमजोर पार्ने काम सह्य छैन, अब प्रधानमन्त्रीसँग सिधै कुरा गर्छौं’
OthersJust now

‘अधिकार खोस्ने र संघीयता कमजोर पार्ने काम सह्य छैन, अब प्रधानमन्त्रीसँग सिधै कुरा गर्छौं’

हाम्रा मुख्यमन्त्रीहरूले भन्नुहुन्थ्यो, राम्रो छलफल भयो, उहाँले हाम्रा समस्या सुन्नुभएको छ, हाम्रो विश्वास छ उहाँले समस्या समाधान गर्नुहुन्छ भन्नुभएको थियो । अब ती कुराहरू धेरै भएका छैनन्, हुन्छन् भन्ने विश्वास गर्नुपर्‍यो हामीले । ...

अनलाइन खबर
आईसीसीबाट एनपीएल क्रिकेटलाई आधिकारिक मान्यता
OthersJust now

आईसीसीबाट एनपीएल क्रिकेटलाई आधिकारिक मान्यता

२३ असोज, काठमाडौं । नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) ले आईसीसीबाट आधिकारिक टी-२० मान्यता पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै एनपीएलले आईसीसीबाट मान्यता पाएको जानकारी दिएको हो । मान्यता पाएसँगै फ्रेन्चाइज टोलीहरूले अब निर्वाध रूपमा विदेशी खेलाडीहरू अनुबन्ध गर्न सक्नेछन् । यसअघि आईसीसीले एनपीएलको एक संस्करणमा… ...

अनलाइन खबर
पञ्चाङ्ग निर्णायक समितिले भन्यो– शुक्र अस्तले दशैंका कर्म रोकिँदैन
OthersJust now

पञ्चाङ्ग निर्णायक समितिले भन्यो– शुक्र अस्तले दशैंका कर्म रोकिँदैन

३० असोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दशैं मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ । शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा वृहस्पति अस्त भएर चाड मनाउन फरक नपार्ने समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play