नेपाल प्रिमियर लिगमा डीआरएस प्रविधि भित्र्याउने तयारी, डेढदेखि दुई करोडसम्म खर्च हुने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ ।

क्यानका सचिव पारस खड्काकाअनुसार यस अत्याधुनिक प्रविधिलाई प्रतियोगितामा समावेश गर्न करिव डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस विषयमा आगामी तीन दिनभित्र औपचारिक घोषणा गरिने खड्काले बताए ।

काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै क्यान सचिव खड्काले एनपीएललाई निष्पक्ष र व्यावसायिक बनाउन डीआरएस प्रविधि भित्र्याउने गृहकार्य भइरहेको जानकारी दिए । यद्यपि यसको आधिकारिक निर्णय भने प्रक्रिया पूरा भएपछि मात्र सार्वजनिक गरिने उनले प्रष्ट पारे ।

डीआरएस लागू गर्दा म्याचको समय आधा घण्टासम्म लम्बिन सक्ने भएकाले प्रतियोगिताको खेल तालिकामा केही हेरफेर हुनसक्ने देखिएको बताए । हाल निर्धारित कार्यतालिकाअनुसार खेल दिउँसो साढे ४ बजे शुरु गर्ने योजना रहे पनि डबल हेडर (एकै दिन दुई खेल हुने) दिनहरूमा समय व्यवस्थापनका लागि केही फेरबदल गर्नुपर्ने अवस्था आउन सक्ने खड्काले बताए । म्याच सकिने समय बेलुका सवा ७ देखि साढे ७ अनुमान गरिएकोमा डीआरएसका कारण ८ देखि सवा ८ सम्म पुग्न सक्ने आँकलन गरिएको छ ।

चिसो मौसम र शीत (ड्यू) को प्रभावलाई समेत दृष्टिगत गर्दै खेल केही छिटो शुरु गर्ने विकल्पमा पनि छलफल भइरहेको छ । डीआरएस प्रविधि जडानका लागि लाग्ने करिव डेढदेखि दुई करोड रुपैयाँ खर्चको व्यवस्थापन क्यान र सहभागी आठवटै फ्रान्चाइजी टोलीहरूले संयुक्त रूपमा वहन गर्ने योजना छ ।

कमर्सियल मिडिया राइट्सबाट आउने ५० प्रतिशत आम्दानी बाँडफाँडको हिस्साबाट यो खर्च समायोजन गरिनेछ । जसले गर्दा कुनै एकल पक्षमाथि आर्थिक भार नपर्ने सचिव खड्काको भनाइ छ । क्रिकेट समर्थक, सहभागी टोली र समग्र नेपाली क्रिकेटको प्रतिष्ठाका लागि यो प्रविधि अत्यावश्यक रहेको उल्लेख गर्दै क्यानले प्रक्रिया टुंगो लागेपछि सबै विवरण सार्वजनिक गर्ने जनाएको छ ।

Read Complete Original Article
Published originally on पर्दाफास
Related News

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले शिष्टाचार भेटवार्ता गरेकी छन्। मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटवार्तामा उनीहरुबीच नेपाल र ब्रुनाईबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ। ...

नेपालका लागि भारतको राजदूतमा सुधाकर दलेला नियुक्त
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनी नियुक्त भएकोबारे औपचारिक जानकारी गराएको हो । ...

एनएसएल अनिश्चित भएपछि कसरी जन्मियो एनएफएल?
३० असोज, काठमाडौं । गत ३ जेठमा तामझामका साथ चौथो संस्करणको नेपाल सुपर लिग -एनएसएल) को घोषणा भयो । आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले २० भदौबाट नयाँ मोडालिटीका साथ प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको थियो । तर, घोषित मितिमा लिग हुन सकेन । त्यसपछि पनि लिग कहिले हुने भन्ने स्पष्ट छैन ।… ...

‘रङ्गभेदविरुद्ध नेपाल र दक्षिण अफ्रिका सँगै थियौं, अब आर्थिक साझेदारीको पालो’
माल्दिभ्सका संयुक्त राष्ट्रसङ्घीय महासभाका एक पूर्वअध्यक्षले कुनै समय भनेझैँ, 'हामी साना हुन सक्छौँ, तर शक्तिहीन छैनौँ।' ब्रिक्सजस्ता मञ्चमार्फत नेपालजस्ता देश र साना राष्ट्रहरूले बहुपक्षीय मञ्चमा आफ्ना आवाजलाई थप सशक्त बनाउन सक्छन्। ...