Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Others/परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

10/16/2026, 8:09:39 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले शिष्टाचार भेटवार्ता गरेकी छन्। मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले राजदूत जैनीलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटवार्तामा उनीहरुबीच नेपाल र ब्रुनाईबीच रहिआएको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा समेत छलफल गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त
OthersJust now

नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त

नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले दलेला नेपालका लागि राजदूत नियुक्त भएको शुक्रबार जनाएको हो। ‘सुधाकर दलेला जो मन्त्रालयमा सचिव हुनुहुन्छ, नेपालका लागि भारतको आगामी राजदूत नियुक्त हुनुभएको छ,’ विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ। उनले चाँडै आफ्नो पदभार ग्रहण गर्ने विदेश मन्त्रालयले जनाएको छ। यसअघि राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि उनको ठाउँमा भारतले दलेलालाई ...

पर्दाफास
गहनाका ग्राहक र व्यवसायी जोड्ने जेजे लाइट
OthersJust now

गहनाका ग्राहक र व्यवसायी जोड्ने जेजे लाइट

३० असोज, काठमाडौं । आईटी कम्पनी मात्रिका टेक्नोलोजिजले गहनाका ग्राहक र व्यवासायीलाई प्लेटफर्म जेजे लाइट सार्वजनिक गरेको छ । नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै कारोबार, लेखा व्यवस्थापन, कालिगढको हिसाब र ग्राहक सेवासम्मका कामलाई एउटै प्रणालीबाट व्यवस्थित गर्ने उद्देश्यले जेजे लाइट सार्वजनिक गरेको जनाएको छ । गहना व्यवसाय विस्तार हुँदै जाँदा बिक्री तथा… ...

अनलाइन खबर
स्कटल्यान्डका पेस बलर ब्राड्ली व्हीलले ३० वर्षको उमेरमै लिए सन्यास
OthersJust now

स्कटल्यान्डका पेस बलर ब्राड्ली व्हीलले ३० वर्षको उमेरमै लिए सन्यास

३० असोज, काठमाडौं । स्कटल्यान्डका पेस बलर ब्राड ह्‍वीलले व्यावसायिक क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। ३० वर्षीय ह्‍वीलले लगातारको चोटका कारण खेलाडी जीवन टुंग्याउने निर्णय लिएका हुन्। दायाँहाते तीव्र गतिका बलर ह्‍वीलले सन् २०१६ मा हङकङविरुद्ध खेल्दै स्कटल्यान्डको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। त्यसयता एक दशकको अवधिमा उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा… ...

अनलाइन खबर
सरकारले कालोपत्रेको ठाउँमा सिमेन्टको सडक निर्माणलाई प्राथमिकता दिने
OthersJust now

सरकारले कालोपत्रेको ठाउँमा सिमेन्टको सडक निर्माणलाई प्राथमिकता दिने

३० असोज, काठमाडौं । सरकारले अबदेखि सडक निर्माणका कार्यमा प्रयोग हुँदै आएको कालोपत्रे (बिटुमिन) का ठाउँमा सिमेन्ट प्रयोगलाई प्राथमिकता दिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गरेसँगै सम्भव भएसम्म आयातित सामग्री प्रयोगमा रोक लगाएको हो । यस निर्णयसँगै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा आयातित सामाग्रीप्रतिको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play