क्रिकेटर दीपेन्द्रसिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं । भारतीय उपमहाद्वीपमा मेजरिंग टुल्स उत्पादन गर्ने अग्रणी तथा सबैभन्दा ठूला उत्पादकमध्ये एक फ्रीमांसले चर्चित नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई नेपाली मार्केटका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यो सहकार्य फ्रीमांसको नेपाल आगमनको एक महत्त्वपूर्ण उपलब्धि हो । यससँगै ब्रान्डले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै नेपाली मार्केटमा अग्रणी ब्रान्डका रूपमा स्थापित हुने लक्ष्य लिएको छ । यस साझेदारीमार्फत फ्रीमांसले नेपाली उपभोक्ता, खुद्रा विक्रेता तथा च्यानल पार्टनरहरूसँगको सम्बन्ध थप सुदृढ बनाउनुका साथै आफ्नो विस्तारित उत्पादन सूचीमा रहेका मेजरिंग टेप, पावर टुल्स तथा ह्याण्ड टुल्सप्रति जनचेतना फैलाउने र माग बढाउने लक्ष्य राखेको छ । आफ्नो बहुआयामिक खेल कौशल, निरन्तर उत्कृष्ट प्रदर्शन र प्रतिस्पर्धी भावनाका लागि परिचित दीपेन्द्र सिंह ऐरीमा फ्रीमांसले आफ्नो ब्रान्डको भावनासँग मेल खाने गुणहरू देखेको जनाएको छ । सटीकता, उत्कृष्ट कार्यसम्पादन, विश्वसनीयता र दृढ संकल्पजस्ता गुणहरू फ्रीमांसका पहिचान हुन् । नेपाली क्रिकेटप्रेमीसँग दीपेन्द्रको बलियो सम्बन्धका कारण उनलाई उपभोक्ता तथा व्यावसायिक क्षेत्रका धेरै व्यक्तिहरूसम्म पुग्न चाहने फ्रीमांसका लागि उपयुक्त साझेदार बनाएको जनाइएको छ । यस सहकार्यका बारेमा प्रतिक्रिया दिँदै एफ एम आई लिमिटेड (फ्रीमांस) का कार्यकारी निर्देशक साहिल नायरले भने, “फ्रीमांसका लागि नेपाल एक महत्त्वपूर्ण र रणनीतिक मार्केट हो । हाम्रो लक्ष्य यहाँ आफ्ना उत्पादन उपलब्ध गराउनु मात्र होइन । हामी नेपाललाई बुझ्ने, नेपाली मार्केटप्रति प्रतिबद्ध र आफ्ना साझेदार एवम् ग्राहकहरूको विकासमा सक्रिय योगदान पुर्याउने ब्रान्डका रूपमा आफ्नो पहिचान बनाउन चाहन्छौँ । दीपेन्द्रसिंह ऐरीले महत्त्वाकांक्षी, मेहनती र उत्कृष्ट प्रदर्शनमा विश्वास गर्ने नयाँ पुस्ताको नेपालको सशक्त प्रतिनिधित्व गर्छन् । उनलाई फ्रीमांस परिवारमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । साथै, हामीले उनीसँगको यो सहकार्य अर्थपूर्ण र दीर्घकालीन बन्ने अपेक्षा गरेका छौँ ।” दीपेन्द्र सिंह ऐरीले भने, “फ्रीमांससँग जोडिन पाउँदा म निकै खुसी छु । गुणस्तर, सटीकता र विश्वसनीयताका लागि परिचित यस ब्रान्डसँग यसको नेपाली बजारको यात्रामा हिस्सा बन्न पाउँदा उत्साहित छु । मैले फ्रीमांस सँगको सहकार्य मार्फत नेपाली उपभोक्ता र व्यवसायीहरूसँग यस ब्रान्डको सम्बन्ध स्थापित गर्न योगदान पुर्याउने अपेक्षा गरेको छु ।” फ्रीमांसले मेजरिंग टेपबाट आफ्नो उत्पादन रेन्ज विस्तार गर्दै आफ्नो पोर्टफोलियोमा स्पिरिट लेभल, मेजरिंग ह्वील, ह्याण्ड टुल्स, प्रेसिजन मेजरिंग टुल्स, डिजिटल मेजरिंग टुल्स तथा पावर टुल्स एक्सेसरिज समेत समेटेको छ । यसबाट कम्पनीले व्यावसायिक क्षेत्रका विज्ञ, प्राविधिक कामदार तथा आम उपभोक्ताका लागि आवश्यक पर्ने विभिन्न समाधानहरू उपलब्ध गराउँदै आएको छ । बलियो वितरण सञ्जाल र अन्तर्राष्ट्रिय मार्केटमा स्थापित उपस्थिति भएको फ्रीमांस अहिले नेपालमा आफ्नो पहुँच र संलग्नता थप विस्तार गर्दै डिलर, खुद्रा विक्रेता तथा उपभोक्ताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन केन्द्रित छ । दीपेन्द्रसिंह ऐरीसँगको साझेदारीले स्थापित टुल्स ब्रान्डप्रतिको विश्वास र नेपालका चर्चित खेलाडीको लोकप्रियता तथा पहुँचलाई एकसाथ जोड्दै यस यात्रामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । The post क्रिकेटर दीपेन्द्रसिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ
काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको धरपकड, हस्तक्षेप तथा दमनको निन्दा गरेका छन्। उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको उल्लेख गर्दै... ...

गण्डकीका सदस्य सचिवले मनपरी पदक बाँडे, सरकारले कारबाही गर्न लागेपछि अदालत पुगे
पोखरा। गण्डकी प्रदेश खेलकुद परिषद्ले वितरण गरेको प्रदेश खेलकुद पदक विवाद अदालतमा पुगेको छ । सरकारले सदस्य सचिव सहित संलग्नलाई स्पष्टीकरण सोधेपछि सम्भावित कारबाही रोक्न परिषद्का सदस्य सचिव श्रीधर शर्मा... ...

पत्रकार पक्राउ र धरपकड बन्द गर्न सरकारसँग गगन थापाको माग
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सञ्चारगृहमा प्रहरी परिचालन गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्र रिहा गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै थापाले सरकारलाई कानुनविपरीत पक्राउ र अनावश्यक धरपकड बन्द गर्न माग गरेका छन्। समाचार कक्षमै प्रहरी पठाएर पत्रकारलाई नियन्त्रणमा लिने शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको थापाको भनाइ छ। उनले विगतमा पनि शासकहरूले ...

डीडीसीमा १२ करोडभन्दा बढी हिनामिना : पूर्वमहानिर्देशक झासहित ८ जना पक्राउ
काठमाण्डु– दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोडभन्दा बढी आर्थिक हानी पुर्याएको आरोपमा संस्थानका पूर्वमहानिर्देशक सञ्जीव झासहित ८ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधको आरोपमा झासहित डीडीसीका तत्कालीन तथा कार्यरत कर्मचारीलाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख […] ...


