क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

काठमाडौं । ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ। ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो। क्यानडाका लागि सम्राले ११७ बलमा १०५ रनको शतकीय इनिङ्स खेले। त्यस्तै, आरोज जोनसनले ३६, हर्ष थाकरले ३४ र हम्जा तारिकले ३० रन बनाए। एक समय २१९ रनमा तीन विकेट गुमाएको क्यानडाले त्यसपछि लगातार विकेट गुमाउँदै २५६ रनमा समेटिएको थियो। नेपालका लागि ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३९ रन खर्चेर चार विकेट लिए। सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई र रोहित पौडेलले एक विकेट हात पारे। जारी शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई पराजित गरिसकेको छ। सुरुआती दुई खेलमा ओमान र नेपालसँग पराजित भएको क्यानडाले बिहीबार ओमानलाई हराएको थियो। लिग–२ को अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंक जोड्दै छैटौँ स्थानमा छ। क्यानडा भने ३५ खेलबाट २७ अंकसहित सातौँ स्थानमा रहेको छ। आजको खेलमा नेपालले क्यानडालाई पराजित गरे छैटौँ स्थान सुरक्षित गर्नेछ। नेपाल पराजित भए क्यानडा अंकतालिकामा छैटौँ स्थानमा उक्लनेछ। त्यस अवस्थामा नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
![टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ [फोटोफिचर]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/phulpati-1-17102026012545-watermarked.jpg)
टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ [फोटोफिचर]
नेपाली सेनाले हरेक वर्ष बडादसैँको फूलपातीका दिन टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दै आएको छ। यो समारोह नेपाली संस्कृति, परम्परा र सैनिक गौरवको प्रतीकका रूपमा लिइन्छ। ...

टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति पौडेललाई सलामी
काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ।समारोहमा राष्ट्रपति रामचन्द्र... ...
![फूलपातीका अवसरमा टुँडिखेलमा सेनाको बढाइँ, राष्ट्रपति र प्रधानमन्त्री सहभागी [तस्वीरहरु]](https://ehimalayatimes.com/wp-content/uploads/2026/10/1-watermarked-3.jpg)
फूलपातीका अवसरमा टुँडिखेलमा सेनाको बढाइँ, राष्ट्रपति र प्रधानमन्त्री सहभागी [तस्वीरहरु]
काठमाडौं । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सहभागी हुनुभएको थियो। त्यसैगरी प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी तथा अन्य विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई ...

कुटपिटबाट बालाजुमा युवकको मृत्यु, एक जना पक्राउ
काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङ रहेका छन्। तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकारबिच काठमाडौं महानगरपा... ...


