कौशलटार चोकमा बसबाट धुवाँ निस्किएपछि भागाभाग, ५० भन्दा बढी यात्रु थिए सवार

काठमाडौं । काठमाडौंको भक्तपुरतर्फ आइरहेको यात्रुवाहक बसबाट अचानक धुवाँको मुस्लो निस्किएपछि यात्रुहरूको उद्धार गरिएको छ। मंगलबार बिहान करिब ११ बजे ७ नम्बर रुटमा चल्ने बा ३ ख ९६६३ नम्बरको बसबाट धुवाँ निस्किएको हो। बसबाट निस्किएको बाक्लो धुवाँले भक्तपुरको कौशलटार चोक ढाकेपछि बसमा आगलागी भएको आशंका गरिएको थियो। तर, बसको वायरिङ सर्ट हुँदा धुवाँ निस्किएको र आगलागी नभएको घटनास्थलमा रहेका ट्राफिक प्रहरी पूर्णेश्वर कुशवाहाले बताएका छन्। जिल्ला प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार बसमा ५० भन्दा बढी यात्रु सवार थिए। उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरी गन्तव्यतर्फ पठाइएको उनले जानकारी दिए। थापाका अनुसार बसको क्लच प्लेटबाट धुवाँ निस्किएको थियो। घटनामा कुनै मानवीय तथा भौतिक क्षति नभएको उनले बताए। यात्रुवाहक बसमा आगलागी भएको भन्ने हल्ला मात्र रहेको र घटना सामान्य प्राविधिक समस्याका कारण भएको प्रहरीले स्पष्ट पारेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द
बङ्गालको खाडीमा आएको चक्रवाती आँधी ‘अर्नब’ को अप्रत्यक्ष प्रभावले श्रीलङ्कामा भारी वर्षा भएपछि सरकारले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले मङ्गलबार मौसमको वर्तमान अवस्थालाई ध्यानमा राख्दै... ...

भारतीयका यस्तो छ चीनको नयाँ भिसा प्रक्रिया, आवेदन सेवा शुल्क हटाइयो
नयाँदिल्ली- चीनले दक्षिणी छिमेकी भारतमा भिसा आवेदन प्रक्रिया परिवर्तन गरेको छ। फेरिएको व्यवस्थाअनुसार अक्टोबर २६ देखि नयाँ भिसा आवेदन तथा कन्सुलर प्रमाणीकरणसम्बन्धी सेवा चीनका कूटनीतिक नियोगले प्रत्यक्ष रूपमा सम्हाल्ने भएका छन्। यसअघि यी सेवा प्रदान गर्दै आएका नयाँदिल्ली, मुम्बई र कोलकाताका चिनियाँ भिसा आवेदन केन्द्रले नयाँ आवेदन लिन बन्द गरेका छन्। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका […] ...

व्यावसायिक केरा खेतीः ११ लाख आम्दानी
स्याङ्जा । प्रेमनारायण पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक ११ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–१० आँधीघाटका पङ्गेनीले आफ्नै थातथलोमा व्यावसायिक केरा खेती गरेर उक्त आम्दानी गर्न सफल... ...

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाद्वारा करिब डेढ करोड सहयोग
काठमाडौँ। भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय पशुपतिनाथ फाउन्डेसन लस एन्जलसको पहलमा रु. डेढ करोड आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको छ। फाउन्डेसनका अध्यक्ष विमल श्रेष्ठका अनुसार अमेरिकामा रहेका नेपाली समुदायबाट संकलित ९९ हजार ६४ अमेरिकी डलर सहयोग संकलन गरिएको थियो। उक्त रकमबाट बैंक शुल्क कटाएर ९७ हजार ८७५ अमेरिकी डलर प्रधानमन्त्री राहत ...


