प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाद्वारा करिब डेढ करोड सहयोग

काठमाडौँ। भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय पशुपतिनाथ फाउन्डेसन लस एन्जलसको पहलमा रु. डेढ करोड आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको छ। फाउन्डेसनका अध्यक्ष विमल श्रेष्ठका अनुसार अमेरिकामा रहेका नेपाली समुदायबाट संकलित ९९ हजार ६४ अमेरिकी डलर सहयोग संकलन गरिएको थियो। उक्त रकमबाट बैंक शुल्क कटाएर ९७ हजार ८७५ अमेरिकी डलर प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको उनले जानकारी दिए। नेपाली राजदूतावास वासिङ्टन डिसीका अधिकारी सम्मिलित जुममार्फत आयोजित कार्यक्रममा फाउन्डेसनका पदाधिकारी, विभिन्न संघ-संस्थाका प्रतिनिधिको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष श्रेष्ठले उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको घोषणा जानकारी गराइएको छ। प्रवासमा रहेर पनि मातृभूमिमा परेको विपद्लाई आफ्नै पीडा सम्झँदै सहयोग गर्नु नेपालीको देशप्रेम, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण भएको फाउन्डेसनले जनाएको छ। यसअघि पनि फाउन्डेसनले भूकम्पका बेला राहत तथा सहयोगका कार्यक्रममा सहयोग पुर्याएको थियो। विश्वभर नेपाली संस्कृति, सम्पदा तथा भाषाको संरक्षण गर्दै पशुपतिनाथ र बुद्ध भूमि नेपालको पहिचान प्रवर्द्धन गर्ने लक्ष्यका साथ स्थापित फाउन्डेसनले क्यालिफोर्नियामा मन्दिर, बुद्ध स्तूप र एकीकृत सांस्कृतिक केन्द्र निर्माण अघि बढाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

व्यावसायिक नवप्रवर्तनले अन्तरिक्ष क्षेत्रको स्वरूप बदल्दै, भारतको अन्तरिक्ष उद्योग तीव्र विस्तारमा
प्रणाली र व्यावसायिक अन्तरिक्ष नवप्रवर्तनको उदय ...

अमेरिकी मध्यावधि निर्वाचन : विज्ञापनमै १२ अर्ब डलर खर्च हुने प्रक्षेपण
• अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ, जसमा कङ्ग्रेसका दुवै सदन र ३६ राज्यका गभर्नरका लागि निर्वाचन हुनेछ। • मत सर्वेक्षणमा डेमोक्रेटले राष्ट्रिय स्तरमा अग्रता देखाएका छन्, जबकि ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर ३२ देखि ४१ प्रतिशत बीचमा छ। • यस निर्वाचन चक्रमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने ...

धनकुटामा ९२ वर्षीया वृद्धाको जलेर मृत्यु
धनकुटाको सागुरीगढी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर ९२ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। सागुरीगढी गाउँपालिका–६ मुक्तेनकी ९२ वर्षीया पबि माया मगरको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। प्रहरीका अनुसार आफ्नै आँगनको चुलोमा खोले पकाएर आगो ताप्ने क्रममा उनले ओढेको बर्कोबाट अचानक आगो सल्किएको थियो। आगोबाट कम्मरभन्दा मुनिक... ...

साउनदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा
काठमाडौँ । गत साउन १ गते आर्थिक वर्ष सुरु भएदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती)ले दिएको जानकारी अनुसार राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी... ...


