Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

10/31/2026, 9:55:16 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

नेपाल विद्युत प्राधिकरणले केरौन १३२र३३ के.भि. सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार शनिबार र आइतबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म (८ घण्टा) झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाहरूको सम्पूर्ण भागहरू तथा मोरङ जिल्लाको उर्लाबारी र पथरी आसपासका क्षेत्रहरूमा पूर्ण वा आंशिक रूपमा विद्युत आपूर्ति बन्द हुनेछ ।

केरौन सबस्टेसनको उपकरणहरू परीक्षण तथा सबस्टेसन सञ्चालनका लागि दुहबी ग्रिड महाशाखा अन्तर्गत दुहबी—दमक १३२ के.भि. प्रसारण लाइनको केरौनस्थित टावर नं. ६८ तथा ६९ को बीचमा डेड इण्ड टावरदेखि टेक अफ ग्यान्ट्रीसम्म लुप—इन लुप—आउट (LILO) गर्नुपर्ने भएकाले विद्युत आपूर्ति प्रभावित हुने भएको छ ।

अर्नब चक्रवातको प्रभावका कारण शनिबारको दिन काम सुरु हुन नसकेको वा आंशिक रूपमा मात्र काम गर्न सक्ने अवस्था सिर्जना भएको खण्डमा आइतबार बिहान ४ बजेदेखि १६ बजेसम्म तथा सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म समेत विद्युत आपूर्ति बन्द हुन सक्ने प्राधिकरणले जनाएको छ ।

निर्धारित समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा त्यस अगावै सुचारु हुन सक्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
OthersJust now

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

भोलि सोमबारदेखि देशभरका सरकारी कार्यालयमा जाडोयामको समयतालिका लागू हुने भएको छ। कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ बजे खुल्ने र अपराह्न ४ बजे बन्द हुनेछन्। नेपाल राजपत्रमा यसअघि प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सम्बन्धित सार्वजनिक निकायमा जाडोयामको कार्यालय समय लागू हुनेछ। नयाँ समयतालिका अनुसार यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै ...

पर्दाफास
एमटीभी रोडिजमा दुई नेपाली ट्रान्सजेन्डर
OthersJust now

एमटीभी रोडिजमा दुई नेपाली ट्रान्सजेन्डर

काठमाडौं । ‘म गर्वका साथ ट्रान्सजेन्डर महिला हुँ । मेरा दुई छोरी छन् ।’ भारतको चर्चित रियालिटी शो ‘एमटीभी रोडिज रिबर्थ’को अडिसनमा २३ वर्षीया नेपाली सरोसी न्यौपानेले आफ्नो परिचय दिँदा निर्णायकहरू उनको जीवनबारे थप जान्न उत्सुक भए । ‘तिमीसँग दुई छोरी छन् ?’ प्रस्तोता रणविजय सिंहाले सोधे । ‘हजुर, धर्मसन्तानका रूपमा अपनाएका,’ सरोसीले जवाफ दिइन्… ...

अनलाइन खबर
नेपाल आइपुगे ७ देशका कन्टेन्ट क्रिएटर, पोखरा, चितवन र बर्दिया जाने
OthersJust now

नेपाल आइपुगे ७ देशका कन्टेन्ट क्रिएटर, पोखरा, चितवन र बर्दिया जाने

नेपालका हिमाल, प्रकृति र संस्कृतिलाई विश्वका विभिन्न देशका दर्शकमाझ पुर्‍याउने यो पहलले डिजिटल पर्यटन प्रवर्द्धनलाई थप विस्तार गर्ने विश्वास बोर्डले लिएको छ । ...

अनलाइन खबर
‘पाँच पाण्डव’मा मेरो प्रवेशपछि हलमा सिठ्ठी र ताली बज्नेछ : दीपाश्री निरौला
OthersJust now

‘पाँच पाण्डव’मा मेरो प्रवेशपछि हलमा सिठ्ठी र ताली बज्नेछ : दीपाश्री निरौला

दीपाश्री निरौला को हुन् ? अहिले चिनाइरहनुपर्दैन । उनलाई चिनाउन एउटा विशेषण मात्र पनि काफी छैन । रेडियो, टेलिभिजन हुँदै सिल्भर स्क्रिनमा छाएकी उनी कलाकार मात्र होइनन्, निर्माता र निर्देशक पनि हुन् । ब्लकबस्टर फिल्मकी निर्देशक दीपा पछिल्लो समय भने कलाकारका रूपमा फिल्म ‘पाँच पाण्डव’मा भित्रिएकी छिन् । उनी भीमकी श्रीमतीको भूमिकामा छिन् । उनी… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play