Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कोप-३१ मा नेपालको सहभागिता उपलब्धिमूलक बनाउन संसदीय समितिको निर्देशन

कोप-३१ मा नेपालको सहभागिता उपलब्धिमूलक बनाउन संसदीय समितिको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप-३१ मा नेपालको सहभागिता उपलब्धिमूलक बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आगामी कोप-३१ सम्मेलनमा नेपालको सहभागितालाई ठोस उपलब्धिमुखी बनाउनुपर्नेमा जोड दिएको छ। सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा सभापति गणेश पराजुलीले जलवायु कूटनीति र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। सभापति पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता केवल औपचारिक भ्रमणमा मात्र सीमित हुन नहुने स्पष्ट पारे। उनले अन्तर्राष्ट्रिय वार्तामा सहभागी हुने प्रतिनिधिहरू विषयविज्ञ हुनुपर्ने र नेपालको हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम हुनुपर्नेमा जोड दिए। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेतासमेत रहेका पराजुलीले नेपालको पेभिलियन तथा वृत्तचित्रमार्फत हालैका बाढीपहिरो र जलवायुजन्य विपद्बाट भएको क्षतिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्ने बताए। साथै, विपद्को क्षतिसँगै नेपाल सुरक्षित र पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको सकारात्मक सन्देश पनि प्रवाह गर्नुपर्ने उनको भनाइ छ। बैठकमा सम्बन्धित मन्त्री, मन्त्रालयका सचिव तथा वातावरण महाशाखा प्रमुखसँग कोप-३१ सम्मेलनमा नेपालले उठाउनुपर्ने विषय र रणनीतिबारे छलफल भएको थियो। समितिले संयुक्त राष्ट्रसङ्घमा प्रधानमन्त्री र अन्तर-संसदीय सङ्घमा सभामुखले व्यक्त गरेका धारणालाई ध्यानमा राख्दै राष्ट्रिय हितअनुकूल वार्ता अघि बढाउनुपर्नेमा जोड दिएको छ। यसका साथै, समितिका १५ सदस्यलाई नौवटा विषयगत क्षेत्र समेट्ने गरी पाँच समूहमा विभाजन गर्ने प्रस्तावमाथि पनि छलफल भएको छ। सदस्यहरूको रुचि र विषयगत दक्षताका आधारमा जिम्मेवारी निर्धारण गरिने समितिले जनाएको छ। समितिले जलवायु न्याय र हानि-नोक्सानीका सवाललाई प्रभावकारी रूपमा उठाउँदै नेपालको सहभागितालाई ठोस उपलब्धिमा रूपान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

निर्वाचन केन्द्रित हुन मंसिरमा राष्ट्रिय भेला गर्दै एमाले
ताजा खबरJust now

निर्वाचन केन्द्रित हुन मंसिरमा राष्ट्रिय भेला गर्दै एमाले

मंसिरमा काठमाडौंमा हुने भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका प्रमुख तथा उपप्रमुख, संघीय र प्रदेश सांसद सहभागी हुनेछन् । ...

कान्तिपुर
आठौँ पश्चिम म्याग्दी कपको उपाधि आयोजकलाई
ताजा खबरJust now

आठौँ पश्चिम म्याग्दी कपको उपाधि आयोजकलाई

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बुधबार सम्पन्न आठौँ पश्चिम म्याग्दी कप ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । पश्चिम म्याग्दी युवा क्लबले बडादसैँ पर्वको अवसरमा... ...

रातोपाटी
चक्रवात अर्नबको असर नेपालमा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
ताजा खबरJust now

चक्रवात अर्नबको असर नेपालमा, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं।शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा क्रमशः बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार चक्रवात आजदेखि नेपालको वायुमण्डलमा देखिन थालेको छ। भोलि कार्तिक १२ गते बिहीबारदेखि कार्तिक १४ गते शनिबारसम्म चक्रवातको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा तथा हिमपात हुने सम्भावना छ। यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन ...

नेपालन्युज
हत्या गरेर फरार अभियुक्त १० वर्षपछि पक्राउ
ताजा खबरJust now

हत्या गरेर फरार अभियुक्त १० वर्षपछि पक्राउ

जनार्जन खत्रीसर्लाही, कात्तिक ११ गते । सर्लाहीको रामनगरमा दश वर्षअघि भएको एक हत्याको घटनामा सङ्लग्न अभियुक्त अहिले पक्राउ परेका छन् । कर्तव्य ज्यान कसुरमा दश वर्षदेखि फरार रहेका र... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play