Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

10/27/2026, 5:02:02 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन्। मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् । पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान जन्मिन थालेको उनको टिप्पणी छ । भारततिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्ति रहेको उनले बताए । उनले पछिल्लो समय योगलाई पनि ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए । योग शुरुवाती चरणमा कुनै ईश्वरसँग सम्बन्धित नरहेको उनको दाबी छ । अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, असत्य नबोल्न, सत्य बोल्न, शान्तिको मार्गमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने उनले बताए । यसलाई नै आधार बनाएर हिड्नुपर्नेमा उनले जोड दिए । अरूको सम्पतीमा लोभ नगर्ने, आफ्नो जायज हकमा मात्र सीमित रहने मान्यता आफूहरूले खोजेको सामाजिक आदर्शसँग मेल खाने उनको भनाइ छ । अध्यक्ष ओलीले पतञ्जलिको योगमा आइपुग्दा योग दर्शन ईश्वरवादसँग मिसिएको दाबी गरे । त्यसअघि सांख्य र शैव परम्परामा योग ईश्वरवादसँग नमिसिएको उनको दाबी थियो । उनले भने, “सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौँ । त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट । यसैकारण यो अष्टाङ्ग योगको अष्टाङ्गमध्येको पहिलोले के भन्छ भन्दाखेरि– यम, दोस्रोले के भन्छ– नियम । यो गर, यो नगर । यम, नियम भनेको त्यो । हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिँड, सबैको सुरक्षा भन्छ । अस्तेय, अर्काको सम्पतीमा लोभ नगर । आफ्नो हकको, जायज हकको चीजमा बाहेक अन्त कुनै लोभ नगर भन्छ । हामीले खोजेकै त्यही त हो नि ! तर यसमा के छ भनेदेखि यहाँ आइपुग्दाखेरि योग पतञ्जलिमा आइपुग्दाखेरि ईश्वरवादमा मिसिन गएको छ । त्योभन्दा अगाडि ईश्वरवादमा योग मिसिँदैन । सांख्यमा ईश्वरवादमा योग मिसिँदैन, शैवमा ईश्वरवादमा योग मिसिँदैन । आदियोगी शिवले ईश्वरवादको कुरा गर्दैनन्, योगको कुरा गर्छन् । बलियो, स्वस्थ दिमाग, स्वस्थ शरीर राख । शिवको योगमा त्यो हुन्छ र सांख्य योगमा पनि त्यही हुन्छ । अब यो २२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दाखेरि चाहिँ अनि भगवान्हरू छ्याप्छ्याप्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए, धन्न पार्वतीले सराप दिइछन् र त्यसपछि देवता जन्मिन पाएनन् । पार्वतीले ’अब उप्रान्त निसन्तान हुनु’ भनेर भन्ने सराप दिइन् । अब कुनै देवताको पनि तिमीहरूको सन्तान नहोस् । भनेपछि ठप्प भए देवताहरू अब । अब देवता, बढी देवता जन्मिदैनन् । तर पार्वतीले सराप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ । हामी आफैँले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ ।” उनले योगले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकासमा सहयोग गर्ने बताए । उनले मदन भण्डारी स्मृति प्रतिष्ठानलाई नयाँ खोज अनुसन्धान र रैथाने ज्ञान सिप र परम्पराको खोजीलाई ध्यान दिन पनि आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

कर्णाली याक्सको ५० रन पूरा
ताजा खबरJust now

कर्णाली याक्सको ५० रन पूरा

काठमाडौँ। जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले अर्धशतक बनाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा याक्सले ९ ओभरमा ३ विकेटमा गुमाउँदै ६२ रन बनाएको हो । ...

रातोपाटी
सप्तकोशी पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन, सात दिनको समय
ताजा खबरJust now

सप्तकोशी पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन, सात दिनको समय

विराटनगर । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुबाहक पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार दुर्घटनाको सत्यतथ्य अध्ययन गरी प्रतिवेदन बुझाउन समितिलाई सात दिनको समय दिइएको छ। आइतबार दिउँसो धनकुटा, भोजपुर र उदयपुरको संगमस्थल त्रिवेणीस्थित सप्तकोशी ...

केन्द्रबिन्दु
बागमतीका ४ पालिका खोरेतमुक्त घोषणा गरिँदै
ताजा खबरJust now

बागमतीका ४ पालिका खोरेतमुक्त घोषणा गरिँदै

हेटौँडा । बागमती सरकारले प्रदेशका चार स्थानीय तहलाई खोरेतमुक्त पालिका घोषणाको तयारी गरेको छ । सरकारले प्रदेशको ४ वटा स्थानीय तहहरूलाई ५ वर्षभित्र खोरेतमुक्त बनाउने उद्देश्यले कार्यक्रम लागु गरेको हो । प्रदेशको... ...

रातोपाटी
एनपीएलको डेब्युमै १६ वर्षीय राहुलको धमाका, पहिलो बलमै विकेट
ताजा खबरJust now

एनपीएलको डेब्युमै १६ वर्षीय राहुलको धमाका, पहिलो बलमै विकेट

जनकपुर बोल्ट्सले ट्यालेन्ट हन्टबाट आइकनिक प्लेयरका रुपमा लिएका १६ वर्षीय युवा प्रतिभा राहुले यादवले नेपाल प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गरेका छन्।  एनपीएलको डेब्यु खेलमा उनले आफ्नो पहिलो बलमै विकेट हात पारेका हुन्।  मंगलबार साँझ भएको खेलमा राहुलले आफ्नो पहिलो बलमै कर्णाली याक्सका दिपक डुम्रेलाई बोल्ड आउट गरे। इनिङ्सको तेस्रो ओभरमा कप्तान हर्मित सिंह... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play